विना मल खेतमा रोपाईं

कृष्ण खनाल 
बुटवल, १८ असार । 
जिल्ला कृषक  संमन्वय समितिका अध्यक्ष जय प्र
काश यादवले आफ्नो खेतमा अहिले सम्म करिव ५ प्रतिशत मात्र रोपाईं गरेका छन् । उनले आफ्नो खेतमा विना डिएपी मल विना नै रोपाई गर्न बाध्य भए ।‘ मल पाइएलाकी भन्ने आशाले अझै केही बाँकी खेत राखेको छु, हेरौ कहिले डि एपी आउछ, अनि रोपाई गर्ने हो ।’–उनी भन्छन् । जिल्लाका समग्र किसानहरुको प्रतिनिधित्व गर्ने अगुवा किसानहरु जस्तै हाल अहिले रुपन्देहीका किसानहरुको रहेको छ  । खेतमा धान रोप्ने मध्य असार  सम्म जिल्लामा डिएपी  मलको चरम अभाव भएको कारण किसानहरुले अहिले विना मल धान रोपाई गरेका छन् । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  अनुसार जिल्लामा  असार १५ सम्म करिव २० प्रतिशत रोपाईं भएको छ । ति रोपाई अधिकांस मल विना नै रोपार्इं गरेको किसानहरु बताउँछन् ।  कतिपय किसानहरुले डिएपी मल सहज रुपमा पाउने आशामा ब्यडमै धानको विउ‘बुढ्याए’का छन्   । 
किसानहरुले धान रोप्ने सिजनमा डिएपी मलको अभाव हुदा किषानहरु धान रोप्न पाएका होईनन् । सरकारले तेस्रो मुलुकबाट टेण्डर मार्फत मल ढुवानीमा ढिलाई गर्दा मल अभाव भएको  कृषि कम्पनी लिमिटेड भैरहवाका प्रमुख गोविन्दराज पराजुली बताउँछन् । 
पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल क्षेत्रमा मल आपूर्ति गर्ने कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवामा अहिले डिएपी मल शुन्य रहेको छ । 
कृषि कम्पनी लिमिटेड भैरहवा  शाखा प्रमुख पराजुली भन्छन्–‘डिएपी मल किसानहरुलाई पु¥याउन सकिएको छैन, हेरौ अवको १०÷१५ दिनमा मल आउने छ, अनि विक्रि वितरण हुने आशा छ ।’
क्षेत्रीय कार्यालय भैरहवामा अहिले युरीया ८ हजार टन र पोटास ५ सय मेट्रिक टन मल मौजात रहेको छ । चैत देखि असार १५ सम्म कार्यालयबाट युरीया ३ हजार टन, डिएपी १३ सय ५० र पोटास ६५ टन बिक्री भएको कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवाका कार्यालय प्रमुख गोबिन्द प्रसाद पराजुलीले बताउँछन् । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले  जिल्लामा  मलको अभाव भएको कारण कपिलवस्तु जिल्लाको बहादुर गञ्जबाट ट्रकमा मल ल्याएर किसानहरुलाई वितरण गरेको छ । जसको कारणले पनि केही  राहत मिलेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा जानकारी दिए । उनले भने–‘बहादुरगञ्जमा रहेको केही मौजादा मल  देवदह, भैरहवा, मर्चवार लगायतका विभिन्न स्थानका किसानहरुलाई   थोरै धेरै मात्रामा वितरण गरका छौं ।’

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वालि विकास अधिकृत राजबहादुर खत्रीका अनुसार असार महिनाभरी धान रोप्नका लागि उपयुक्त समय हो । धान खेतीको लागि  रोप्न ठिक् बनाएको हिलोमा पहिला डिएपी मल राख्नुपर्दछ । जसले गर्दा नयाँ रोपीएको धानको विरुवालाई उचित पोषक प्राप्त भै समयमा नै हुर्किन्छ ।  उनले अभावमा धान उत्पादन समेत घटन सक्नेमा आंका समेत व्यक्त गरे । 
रुपन्देहीका किसानहरुले मल नपाएपछि सिमा नजिकका  भारतीय बजारबाट गुणस्तरहिन र पोषकतत्व कम भएको रासायनीक मल राख्ने गरेका छन् । यसले एकातिर रकम बढी खर्च हुने र अर्कोतिर उत्पादन बढाउन नसक्ने भएकाले अनुदानको सरकारी मल आयात समयमै व्यवस्था मिलाउन किसानहरुले माग गरेका छन् । 
कृषि कम्पनी लिमिटेडले प्रत्येक पटक डिएपी तथा युरिया मल आयात गर्दा ग्लोबल टेन्डर गर्दछ । यसरी आह्वान गरिएको ग्लोबल टेण्डरमार्फत नेपालमा मल आयात गर्ने गरिन्छ । तर यस पटक ढिला टेन्डर भएको कारण किसानहरुले समयमा नै मल प्राप्त गर्न सकेका छैनन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै