‘मिल्क होलिडे’ले नछुने किसान, उत्पादित सबै दुधको पनिर

कृष्ण खनाल
बुटवल, साउन । 
कयौं पटक नेपालमा दुधको  मिल्क होलीडे हुँदा
किसानहरुले सडकमा दुध पोखेर विरोध गरेको घटनाहरु सुनिदै आएको छ । तरु रुपन्देहीका एक किसान जसले उत्पादन भएको दुधको सबै मात्र पनिर बनाएर विक्रि गर्दै आएका छन् । जसबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् । कोरिया र हङ्गकमा बसेर नेपाल फर्किएका किसान हर्क बहादुर पुनले तिलोत्तमा–१६  भुपु सैनिक टोलमा व्यवसायीक  गाई फर्म खोलेर मनग्य आम्दानी समेत गर्दै आएका हुन । आज भन्दा करिव ३ बर्ष पहिला ‘रुहाना पसु फर्म’ नमको व्यवसायीक पशु फम खोलेका उनले त्यहिबाट  ६ जनालाई रोजगारी समेत  प्रदान गर्दै आएका छन् । 
फर्ममा अहिले ३८ वटा गाई रहेका छन् भने निकट भविश्यमा करिव ५० वटा गाई पु¥याउने लक्ष्य लिएको  पुनको भनाई रहेको छ । उनी भन्छन्–‘निकट भविश्यमा नै ५० वटा भन्दा बढि गाई पाल्ने योजना रहेको छ  । ’ करिव ६० लाख लगानीमा सुरु गरेको  फर्मबाट अहिले दैनिक १  सय ५० लिटर दुध उत्पादन हुने गरेको छ । आफ्नो घर परिवार र केही प्रतिशत मात्र दुध विक्रि गर्दै आएका पुनले अन्य सबै दुधको पनिर बनाएर विक्रि गर्ने गरेका छन् । कयौ किसानहरुल दुध विक्रि नभएको कारण मिल्क होलिडे भन्दै सडकमा दुध पोख्नुभन्दा पनि बैकल्पीक दुग्धजन्य उत्पादन बनाएर विक्रि गर्नुर्दछ भन्ने धारणाका साथ अगाडी बढेको बताउने पुनले अहिले दैनिक २० देखि २५ किलो पनिर बनाएर विक्रि गर्ने गरेका छन् । बुटवलका ठुल ठुला होटल तथा  डेरी उद्योगहरुले उनले उत्पादन गरेको पनिर लैजाने गरेको उनी बताउछन् । ‘प्र्रमुख बजार भनेको नै बुटवल हो, बुटवलको अलवा, भैरहवा, देवदह, परासी सम्म कहिलेकाही पनिर जाने गरेको छ ।’

१७ कठ्ठा जग्गा आफ्नो र  करिव ढाई विघा जग्गा लिजमा लिएर उनले फर्म स्थापना गरेका हुन ।  घाँस खेतीको लागि जग्गा भाडामा लिएको र अहिले  एक बर्सिय तथा बहुबर्षिय घास खेती गरिरहेको उनको भनाई रहेको । पुनले आफ्नो फर्ममा लिपिए, मौलाटार, ईपिललिपीलका साथै अन्य बहुबर्षिय  डालेघास समेत रोपेका छन् । उनले उत्पादन गरेको पनिर सस्तो मुल्यमा विक्रि गर्ने गरेका छन् । बजार मुल्य भन्दा धेरै सस्तो ४ सय २० रुपैयाँ प्रतिकिलोमा पनिर विक्रि गर्दै  आएका उनले दैनिक उत्पादन भएको पनिर आफै व्यवपारिहरुले फर्मबाट किनेर लैजाने गरेको जानकारी दिए । 
एक किलो पनिर बनाउनको लागि करिव ७।५ लिटर दुध आवश्यक पर्ने  गर्दछ । घासको लागि भाडामा लिएको जग्गानै प्रायाप्त भएको जानकारी दिदै  उनले जाडो मौसममा केही पराल किनेर गाईलाई खुवाउने गरेको भएपनि अन्य समयमा घाँस प्रायाप्त मात्रामा रहेको बताउँछन् । यता, जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका पशु चिकित्सक डा।  प्रदीप शर्मा पौडेल ले उत्त फर्ममा  कोशेवाली अन्र्तगतका घाँसको अभाव भएको भन्दै जिल्ला पशु विकास कार्यालयले यसको व्यवस्थापन गर्ने जानकारी दिए । उनले भने–‘पशु चौपायालाई पोषिलो दुधका लागि समेत राम्रो भनेको कोशेवाली पनि हो, यसको व्यवस्थापन  हुन सकेमा राम्रो हुन्छ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै