एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती

कृष्ण खनाल
बुटवल, २५ असार । 
नेपाली साहित्यमा एमफिल गरेका र साहित्यमा नै पि.एच.डी.गर्दै गरेका श्रीमान् र बेलायतको लण्डन युनिर्भरसिटीबाट विजेनेश म्यानेजमेन्टमा एमडि गरेकी श्रीमतीको जोडी अहिले कहाँ व्यस्त होला । सायद सबैको अनुमान हुन्छ वैदेशिक रोजगारीमा वा कुनै प्रख्यात विश्व विद्यालय शिक्षक को भुमिकामा । तर यो अनुमान गर्ने जो कोहीको अनुमान फेल खान्छ । रुपन्देहीको सैनामैना नगरपालिका–४ लखनपारामा यो जोडी अन्यकेही नभएर बाख्र्राको स्याहार सुसार तथा घाँस खेतीमा व्यस्त देखि
न्छ ।
 शुक्रवार दिनको करिज ४ बजे शिक्षित जोडीले सञ्चालन गरेको सैनामैना सामुदायिक  बाख्रापालन तथा नस्ल शुधार केन्द्रमा जाँदा  धुले र हिलै सामान्य पोसकमा त्यो जोडीले बाख्रालाई दाना  पानी खुवाउनै  व्यस्त थियो । ४४ वर्षिय प्रेमसागर पौडेल र उनकी श्रीमती  ज्ञानकुमारी पुनले आफ्ले अध्यायन गरेको सिपलाई व्यवहारमा लागू गरी नमुना बाख्रा फर्म सञ्चालन गरेका छन् । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले नमुना कन्ट्याक्ट फार्मिङ्गको रुपमा समेत लिएको उनको फर्ममा अहिले ३ सय ६४ वटा बाख्रा रहेका छन् । 

२६ वटा विभिन्न विधाका पुस्तकहरु समेत लेखेका पौडेलले स्थानिय पर्रोहा उच्च माविको  बनझडजंगलको रुपमा रहेको करिव ४ हेक्टर जग्गा र अन्य स्थानिय किसानको गरी करिव साढे ६ हेक्टर क्षेत्रफल अर्थात करिव १० विघा मा व्यवसायीक बाख्रा फर्म र घाँस खेती गरेका छन् । बाग्लुङ्ग जिल्लाको कुस्मीसरा गाविस पौयुखर्कमा घर भएका उनी अहिलेको घर भनेको नै बाख्रा फर्म भएको बताउछन् । 
वि.स.२०७० सालमा बाँजो जमिन रहेको क्षेत्रलाई बोरिङ्गमार्फत सिंचाई गरी घाँस खेती गरेका छन् । बाख्राको लागि  चाहिने किम्बु लगाएत आधुनिक र स्थानिय गरी करिव २ दर्जन बढि घाँसका प्रजाती उनले रोपेका छन् । ४ हेक्टर  अर्थात ६ विघामा उनले घाँस मात्र रोपेका छन् । 

उनी भन्छन्–‘अहिले सम्म लगानी करिव डेढ करोड पुगेको छ, सबै केही रकम आफ्नो केही साथिभाईसंग ऋणधन गरेर र केही बैंकबाट ऋण लिएर सुरु गरेका हौं ।’
६ जना कामदार राखेको भएपनि बेला बेलामा कामदार विदामा बस्ने गरेको कारण आफै नै फर्ममा लागिपर्ने उनको भनाई रहेको छ । 
बोयर, बारबरी, विक्टल लगायत स्थानिय जातका बाख्राहरु समेत राखेका उनले अहिले खासगरी बाख्रालाई मासुको रुपमा भन्दा पनि प्रजन्न को लागि प्रयोग गरेका छन् । उन्नत जाँतको बोका लगाएर जन्मीएको बच्चालाई विक्रि वितरण गर्ने र अन्य किसानहरुको माग अनुसारको माउबाख्रा समेत विक्रि वितरण गर्दै आएको उनको भनाई रहेको छ । 
युवार स्वारोजगार अन्र्तगत २ लाख अनुदान पाएका पौडेलले अहिले दोस्रो पुस्ताको बाख्रा उत्पादन भैरहेको उनको फर्ममा व्र्रिडिङ्ग गर्ने गरेका छन् । उनले भने–‘यहाँका माउहरुलाई छनौट गरेर राम्रो जातको बोका लागाउने गरेका छन्, जसबाट हामीले बच्चा उत्पादन गरेर विक्रि वितरण गर्दै आएका छौं । ’ 
व्याउने बाख्रा एभरेजमा ५ सय रुपैयाँ प्रतिकिलोमा विक्रि वितरण गर्दै आएका फर्मले जनाएको छ । २५ वटा  राम्रो जातको बाख्रा  पाल्ने व्याक्तिले विदेशमा भएको आम्दानी गर्न सक्ने उनको  धारणा हो । उनको फर्ममा १३ जातका  बाख्राहरु रहेका छन् । हिमाल देखि तराई क्षेत्रमा किसानहरुले समेत पाल्न सक्ने प्रकृतिका  बाख्रा फर्मले उत्पादन गर्दै आएको छ । 
बार्षिक रुपमा करिव ४ सय वटा बच्चा विक्रि वितरण गर्दैै आएको  फर्मले गत बर्ष सोही अनुपातमा बाख्रा विक्रि गर्ने अनुमान गरिएको छ । बिक्टल क्रस न्युजिल्याण्डबाट  ल्याएको विउलाई क्रस गरी एक वटा बाख्राले ५ वटा सम्म बच्चा जन्माउने गरेको छ । 
रुपन्देही डालेघाँस नर्सरी तथा घाँस खेती नामको छुट्टै फर्म दर्ता गरेर उनले घाँसको विक्रि वितरण समेत गर्दै आएका छन् । 
किम्बुको विरुवा ५ रुपैयाँमा, मेन्डोलमा १ रुपैयाँमा मा विक्रि गर्दै आएका छन् । थोरै  पैसा भएको व्याक्तिलाई सपना मात्र होईन संभावना पनि देखाउँछौ ।  नेपालमा ३६ वटा जिल्लामा उनले उत्पादन गरेको घाँस विक्रि हुने गरेको छ । यस बर्ष ट्रक–का ट्रक घाँस विक्रि गर्न सक्ने क्षमता रहेको पौडेलको भनाई छ । जस्तो घाँस जतिबेला पनि लिन आउने किसानलाई उपलब्ध गराउन  सकिन्छ । ३० किलो भन्दा माथिको बाख्राले दैनिक ५ किलो घाँस  खाने गरेको छ । 
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले रुपन्देहीमा शिक्षित जोडीले गरेको उदाहरणीय कार्य प्रसंसागर्न लायक भएको बताउछन् । गत बर्ष जिल्ला पशु सेवा कार्यालयले युवा स्वरोजगार अन्र्तगत २ लाख अनुदान स्वरुप उपलब्ध गराईको  जानकारी दिए । उनले भने–‘यो जोडीले स्थापना गरेको फर्म नेपालकै नमुना फर्मको रुपमा विकास हुदै छ, घाँस खेतीको लागि कन्ट्याक्ट फर्मिको रुपमा हामीले विकास गरेका छौं ।’
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका पशु विकास अधिकृत डा. प्रदीप शर्मा पौडेलले कषिलाई व्यवसायिक गर्न फरेज मिसन कार्यक्रम अन्र्तगत केही नमुना किसानहरुलाई घाँस खेतीको लागि अनुदानमा विउ उपलब्ध गराउदै आएको बताउछन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै