आय–आर्जले विर्सायो अपाङ्गताको पिडा, उत्पादित बस्तु बजारीकरणमा समस्या

कृष्ण खनाल
बुटवल, १५ साउन । 
शुसिला गिरीले आफ्नो आमाको अनुहार कस्तो थियो भन्ने चिन्न पाईन्न् । आमा वितेको ६ महिना पछि बुबाले अर्की विहे गरे । पुर्ण दृष्टिविहिन शुसिला सौतेनी आमाको टोकस सहदै कक्षा १० सम्म अध्ययन गरिन् । तर उच्च शिक्षा पढ्न पाईन्न । 
१० कक्षा सम्म चितनको रत्ननगर नगरपालिका –११ मा  रहेको आफ्नै घरमा बसेर पढेकी उनलाई उच्च शिक्षा पढउनको लागि परिवारले  आर्थिक व्यवस्थापन गर्न सकेन् । जसको कारण उनी  घर छोडेर हिडिन् । रुपन्देहीमा आएपछि अर्की दृष्टिविहिन कुन्ती पौडेलको सरणमा परेकी पिडीत गिरी अहिले रुपन्देही नेत्रहिन संघको शरणमा छिन् । उनी भन्छन्–‘आमाको अनुहार कस्तो थियो भन्ने देख्न पाईन्, जान्ने हुँदा बुबाले अर्के आमा(श्रीमती) ल्याउनुभएको थाहा पाए, दृष्टिविहिन भएपछि परिवारको बोझ भए अनी बुटवल आएकी छु ।’ 
विगत ३ महिना देखि बुटवल–१७ तामनगरमा रहेको रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको अपाङ्गता पुर्नस्थापना कार्यक्रममा त्यहि बसेर अगरवत्ती बनाउने सिप सिकेकी उनी त्यहि विक्रिबाट संस्थाले खान बस्नको सुविधा दिएको छ । रुपन्देही नेत्रहिन संघका अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल रुपन्देहीका अध्यक्ष बालकृष्ण मरासेनीका अनुसार करिव ३ हजार रुपैयाँ विना व्याज संस्थाले प्रदान गरेको छ ।  सोही बाट ८ जना दृष्टिविनिहरु जसमा ३ जना अल्पदृष्टिविहिन र ५ जना पुर्ण दृष्टिविनिहरु रहेका छन् । 
अध्यक्ष मरासेनीको पहलमा सेमलारमा रहेको नवरत्न उच्च माविमा पिडीत विद्यार्थी गीरीलाई निःशुल्क अध्यायापन गराउने सम्झौता भएको भएनि अध्यायनको लागि आवश्यक ब्रेल कापीको अभावको कारण विद्यालय जान नसेकेको पिडीत विद्यार्थी बताउछन् । उनी भन्छन्–‘मलाई पढेर अगाडी बढ्ने सहर छ, तर यहाँ बस्न र खान पाएकी छु तर विद्यालय जानको लागि ब्रेलकापी(ब्रेल पेपेर) किन्न सक्ने पनि रकम भएन ।’

२०७० सालको प्रवेशिका परिक्षामा ६२ प्रतिशत अंक ल्याएर उत्र्तीण गरेकी गीरीको शिक्षक बन्ने धोको रहेको छ । सोही संस्थामा बसेर अगरवत्ती बनाउने काम गर्दै आएकी पाल्पाको खस्यौली गाविस–९ माल्भुङ्गकी ईन्दीरा थापाले पनि अगरवत्ती बनाउने काम गर्दै आएकी छिन् । पुर्णरुपमा दृष्टिविहिन भएकी थापाले पहिला कपडा बुन्ने तालिम(उनको स्वीटर, टेवल म्याट, कुर्सि म्याट र सल) लिएको भएपनि  आर्थिक अभावको कारण व्यवसायीकरण गर्न  नसकेको बताउछन् । घरपरिवारमा आफुलाई हेर्ने कोही नभएको कारण ८ जना दृष्टिविहिनरुसंग मिलेर अगरवत्ती बनाउने र विक्रि वितरण गर्ने काम गर्दै आएको उनको अनुभव छ । उनी भन्छिन्–‘घर परिवारबाट केही सहयोग भएन, कक्षा ५ सम्म मात्र पढे, अहिले आँखाको ज्वोति पुरै गुम्यो, यहि अगरवत्ती बनाउने काम गरेर, पिडा भुलेकी छु ।’ हातमा सीप भएपनि अपाङ्गता भएका व्याक्तिहरुसंग आर्थिक अभाव हुने भएकोले व्यवसायीकरण गर्न नसकेको उनीको भनाई रहेको छ । 
 दृष्टिविनिहरुलाई  तालिमको लागि तथा अगरवत्ती बनाउनको लागि संयोजककोरुपमा भुमिका खेलेका अल्पदृष्टिविहिन ओम बहादुर जिसीले सिंहले दृष्टिविनिहरुले उत्पादन गरेको बस्तु बजारीकरणमा समस्या भएको बताउछन् । भारत, चितवन तथा भैरहवाबाट कच्चा पदार्थ ल्याएर त्यसलाई प्याकेजीङ्ग गरी  अगरवत्ती विक्रि वितरणको  लागि घर घरमा जाने र त्यसबाट आएको रकमबाट आर्यआर्जनको बाटो भएको उनको भनाई रहेको छ । अहिले सम्म करिव १ लाख रुपैयाँ बराबरको सामान खरिद र विक्री गरेको जानकारी दिदै उनले त्यहिबाट ८ जना व्याक्तिहरु पालिएका छन् ।  नेत्रहिन संघको आश्रय स्थलमा कुन्ती पौडेल, ओम बहादुर सिंह, विष्णु सापकोटा, पुर्ण बहादुर थापा, मनकली थापा, ईन्दीरा थापा, सुशिला गिरी र रेवती श्रेष्ठ बस्दै आएका छन् । 
दृष्टिविनिहरुले उत्पादन गरेको अगरवत्ती सानो १० देखि १२ रुपैयाँ मा फुटकर विक्रि गर्दै आएका छन् भने ठुलो १ सय रुपैयाको प्याक, ११० रुपैयाँ, १४० रुपैयाँ, १ सय ८
० रुपैयाँमा विक्रि गर्दै आएका छन् ।
उत्पादन भएको अगरवत्ती विक्रि वितरणमा समस्या भएको भन्दै नेपाल नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष बालकृष्ण मरासेनीले बजारीकारणको लाग सबैको सहयोगको अपेक्षा गरेको बताउछन् । उनी भन्छन्–‘बजारमा हाम्रो सामान आवश्यकताले भन्दा पनि सहानुभुतीले किन्ने गरेका छन्, निकट भविश्यमा नै हामीले झोल साबुन, कुचो,  सरफ बनाउने कामको सुरु गर्ने छौं ।’

तस्वीरः अगरवत्ती प्याकिङ्ग गर्दै दृष्टिविनिहहरु, उनले उत्पादन गरेका आफै बजारमा लगेर विक्रि गर्दै आएका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै