‘गाई पालनमा राम्रो भविश्य छ’–महत


नारायण महत
सञ्चालक, बोलबम पशुपालन फर्म, सैनामैना–१३ 
रुपन्देही दुध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन भएको दुध यहाँको मागलाई पुरा गरी अन्य जिल्लामा समेत निर्यात हुदै आएको छ । रुपन्देहीमा व्यवसायीक रुपमा पशुपालनमा लाग्नेहरुको संख्या पनि पछिल्लो समयमा बढ्दै गएको छ । केही समय पहिला मात्र रुपन्देहीको सैनामैना नगरपालिका–१२  कासीपुरमा  नारायण महतको अगुवाईमा बोलबम पशुपालन फर्म स्थपना भएको छ । उनको व्यवसायीक फर्म र विविध विषयमा केन्द्रीत रहेर कृषि वर्तामा बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी । 

फर्मको स्थापना कहिले भयो ? 
– वि.स.२०७० यो फर्म स्थापना गरेका हु । पहिला फर्निचर उद्योग र ब्लगको उद्योग थियो । पशुपालन क्षेत्रमा राम्रो संभावना देखेर यस क्षेत्रमा प्र्रवेश गरेको हुँ  ।   

फर्ममा कती  गाई छन् अहिले ? 
– अहिले फर्ममा ७२ वटा गाई रहेका छन् । जसमा २८  वटा  दुहुनो गाई हुन भने १५ वटा व्याउने गाईरहेका छन् । 

दैनिक कती दुध संकलन हुन्छ ? 
अहिले २८ वटा गाई मात्र दुहुनो भएको कारण दैनिक हामीले सरदरमा १ सय ५० लिटर दुध  उत्पादन गर्छौ । आफ्नै  डेरी भएको कारण डेरीमा लगेर सबै दुध विक्रि गरिन्छ । 

अन्य दुग्धजन्य परिकार बनाउने गर्नुभएको छ की 
–दुध, दहि, ध्यु उत्पादन हुन्छ डेरीबाट, यस बाहेक हामीले अन्य परिकार बनाएका छैनौं । 

घाँसको लागि समस्या छ की ?
–पहिला हरियो घाँसको समस्या थियो ।  तर अहिले भने छैन । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीको सहयोगमा घाँस मिसन कार्यक्रम लागू भएपछिघासको स्रोत केन्द्रको रुपमा हाम्रो फर्मलाई लिएको छ । त्यसकारण  घाँसको समस्या खासै छैन । 

घाँसको विउ पनि उत्पादन हुन्छ ? 

–हो, हामीले जिल्ला पशु सेवा कार्यालयबाट फोरेज मिसन कार्यक्रम अन्र्तगत घाँसको सोत केन्द्रको रुपमा विकास   गरेको छ । त्यस कारणले गर्दा हामीले घासँको विउ समेत उत्पादनत गरेर जिल्ला पशु सेवा कार्यालयलाई पनि दिन्छौ ।  बाँकी हामी आफै प्रयोग गछौं । ६ विघा जग्गामा हामीले बहुबर्षिय कोसे तथा डाले घास रोपेका  छौ । 

कति  लगानी छ ?
अहिले सम्म करिव ढाई करोड लागानी गरेका छौं ।  जग्गा सहितको कुरा गर्ने हो भने करिव  ६ करोड को लगानी पुगेको छ । 

अनुदान केही पाउनु भएको छ ? 
–छैन, अनुदान भनेर नगद अनुदान पाएको छैन । तर जिल्ला पशु सेवा कार्यालयबाट घाँसको विउ, सिंचाहीको लागि पानी मोटर लगायतका केही उपकरणहरु पाएको छु । 

भविश्यको योजना के हो ? 
निकट भविश्यमा नै फोरेज गार्डेन बनाउने योजना रहेको छ । घाँसको लागि अन्त कोही जान नपर्ने गरी यहि नै व्यवस्थापन गर्ने योजनामा छु । घाँसको विउ उत्पादन गरी कन्ट्रयाक्ट फार्मिङ्गको योजना ल्याएका छौं । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै