रोपारले होईन, मेसिनले धान रोपाईं

कृष्ण खनाल 
बुटवल, १५ असार ।
विगतका बर्षहरुमा रुपन्देहीको धान रोपाई महोत्सवमा पहिला ट्याक्टरले हिलाम्मे बनाएको खेतमा खेतालाको रुपमा प्रमुख अतिथि, विशिष्ठ अतिथि त
था अन्य अतिथिहरुले रोपारको रुपमा भुमिका निर्वाह गर्दथे । रोपार र बाउसेको रुपमा अतिथिहरुले आफै धानको विउ हातमा लिएर रोप्थे तर  बुधवार रुपन्देहीको पट्खौली गाविसमा भने फरक दृश्य देखियो । प्रमुख जिल्ला अधिकारी  विष्णु प्रसाद ढकाल रहेको रोपाई महोत्सवमा प्रमुख अतिथि ढकाल र जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटा हिलोमा पसे तर उनीहरुको हातमा धानको विउ नर्भइ धान रोप्ने मेसिनको ह्यान्डील थियो । पहिलो पटक रुपन्देहीमा भित्र्ीएको धान रोप्ने मेसिनबाट रुपन्देहीमा रोपाई महोत्सव गरिएको छ । प्राविधिकको सहयोगमा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल र कृषि कार्यालय प्रमुख भोजराज सापकोटाले संयुक्तरुपमा मेसिनले धान रोपेर धान दिवसको सुभारम्भ गरेका थिए । छाटो समयमा रोपार विना नै धेरै धान रोप्ने मेसिन रुपन्देही जिल्ला कृषि विकास कार्यालयको अनुदानमा केही समय पहिला भित्र्याइएको हो । 

निर्वावह मुखि कृषिलाई व्यवसायीकरुपमा बनाउनको  कृषिमा यान्त्रीकरणमा जोड दिन सरोकारवालाहरुले जोड दिएका छन् । ‘व्यवसायीकधान खेतीको आधार सामुदायिक नर्सरीको विस्तार’ भन्ने मुल नाराका साथ रुपन्देहीमा १३ औंराष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यत्रमगरी मनाइएइको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको आयोजनामा पट्खौली गाविसमा विशेष धान रोपाई महोत्सव गरिएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि रोपाई महोत्सव गरिएको हो । 
कार्यक्रममा बोल्दै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले धानको व्यवसायीक विकासका लागि यान्त्रीकरणमा जोड  दिनुपर्ने बताए । उनले यान्त्रीकरण कृषिमा व्यवसायीकरण हुन नसकेको भन्दै उनले कृषि क्षेत्रको विकासको लागि सबैजना किसानहरु लाग्नुपर्ने बताएका थिए । उनले भने–‘कृषिको व्यवसायीकरण विना देश विकास संभव छैन, व्यवसायीक कृषि प्रणालीमा देशलाई पु¥याउन सकेमा  देश विकास संभव रहेको छ  । कृषिमा आधुनिकीकरण विना व्यवसायीक कृषि प्रणालीको विकास हुन सक्ने र यसको लागि जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला प्रसासन कार्यालयबाट समेत कृषिको विकासकोलागि प्रतिवद्वता प्रजिअ ढकालले राखे ।
 रोपाई महोत्सवमा  जिल्ला कृषि विकास समितिका अध्यक्ष तथा स्थानिय विकास अधिकारी युवराज सुवेदीले खेतीलाई निर्वाह मुखि भन्दा पनि नाफाको खेतीको रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । उनले भने–‘किसानले गर्ने हरेक कृषि खेतीलाई नाफाको खेती अर्थात व्यवसायीक खेतीमा विकास गर्नुपर्दछ । 
जिल्ल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रुपन्देहीमा मध्य असार सम्म २० प्रतिशत धान रोपाई भएको छ । उनका अनुसार नेपालको कुल ग्रास्थ उत्पादनमा ३३ प्रतिशत योगदान कृषिको रहेको छ भने धान खेतीको मात्रै करिव २१ प्रतिशत रहेको छ । उनले भने–‘पछिल्लो समयमा कृषिको विकासको लागि जिल्लामा यान्त्रीकरणको विकासमा हामी लागिपरेका छौ । किसानहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै पछिल्लो समयमा २ वटा धान रोप्ने, छर्ने मेसिन भित्र्याइएको छ । 
जिल्ला कृषि विकास समितिका अध्यक्ष तथा रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी युवराज सुवेदीको अध्यक्षतामा भएको कार्यत्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले व्यवसायीक कृषिको विकासको लागि सबैको सहार्य जरुरी रहेको बताएका थिए । 
कार्यत्रममा उत्कृष्ठ कृषक तथा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । कार्यत्रममा राष्ट्रपति उत्कृष्ठ कृषक सम्मान पुरस्कार बाट नगद १० हजार सहित अष्ट्रीज नेपाल प्रालिका अध्यक्ष शिपी सर्मा, मण्डल ह्याचरीका अध्यक्ष रामेश्वर मण्डल, स्पीन्जर च्याउ फर्मका प्रमुख गंगाधर आचार्य रहेका छन् । यस्तै कार्यत्रममा सञ्चारकर्मीहरु सम्झनाशर्मा, तेजेन्द्र केसी र हिक्मत चौधरीलाई नगद ४÷४ हजार सहित पुरस्कृत गरिएको हो । कार्यक्रममा पुरस्कृत किसान रामेश्वर मण्डल, गंगाधर आचार्य, सञ्चारकर्मी सम्झना सर्मा, जिल्ला कृषक संमन्वय समितिका अध्यक्ष जय प्रकास यादव, जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका कृषि प्रसार अधिकृत नविन भण्डारी लगायतले बोलेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै