‘निकट भविश्यमा पाउडर दुध प्लान्ट स्थापना गर्दैछौं ’
हिरा बहादुर केसी
सञ्चालक, शिवगंगा डेरी उद्योग
देवदह–१० भलुहि रुपन्देही ।
वि.स. २०६५ सालमा देवदह–१० भलुहिमा स्थापना भएको शिवगंगा डेरी उद्योगले उत्पादन गरेका दुग्धजन्य परिकारहरु यस क्षेत्रमा मात्र नभई काठमाण्डौमा समेत निर्यात हुने गरेका छन् । उद्योगले किसानबाट संकलन भएको दुधलाई प्रशोधन गरी पुन प्याकिङ्ग गरेर विक्रि वितरण समेत गर्दै आएको छ भने अन्य विभिन्न दुग्धजन्य परिकार समेत बनाएर विक्री गर्दै आएको छ । डेरीले अगाडी सारेका विभिन्न उदेश्य र विविध विषयमा केन्द्रीत रहेर डेरीका सञ्चालक हिरा बहादुर केसी संग बुटवल टुडेकर्मी कृष्ण प्रसाद खनाल ले गरेको कुराकानी । डेरी उद्योगमा कति लागानी गर्नुभएको छ ?
–अहिले सम्म करिव २ करोड लगानी पुग्यो होला ।
डेरी कसरी स्थापना गर्नुभयो ?
–मेरो बुबा आमाले पहिला देखि नै गाई भैसी पाल्ने, दुध विक्रि गर्ने लगायतका काम गर्नुहुन्थयो । म पनि विद्यालय उमेर विद्यालय जाने समयमा दुध क्यानमा बोकेर साईकलमा पु¥याउथे । विद्यालयमा अध्यायन गरेर साँझ घर फर्कन्थे । जसको कारण मलाई यो व्यवसायमा लाग्ने पेरेणा प्रदान भयो ।
के के उत्पादन हुन्छ यहाँबाट ?
– अहिले हामीले प्याकिङ्ग गरिएको शुद्ध प्रशोधित दुध, दहि, पनिर र ध्यू समेत उत्पादन गरेर विक्रि वितरण गर्ने गरेका छौं ।
उद्योगको क्षमता कती छ ?
–हामीले १ हजार लिटर प्रति घण्टा दुध प्रसोधन गर्न सक्छौं । उत्पादन भएका दुग्धजन्य परिकारहरु हाम्रीले बुटवल , भैरहवा, नवलपरासी, कपिलवस्तु लगायत काठमाण्डौमा समेत निर्यात गर्ने गरेका छौं ।
किसानबाट कसरी संकलन हुन्छ दुध ?
–हामीले विभिन्न स्थानहरुमा चिलिम भ्याट(दुध चिस्यान केन्द्र) स्थापना गरेका छौ । किसानबाट उत्पादन भएको दुध ति दुध संकलन केन्द्रमा जान्छ । त्यहाँबाट हामिले ल्याएर यहा प्रसोधन गरी विक्रि वितरण गछौं । किसानबाट हामीले ल्याक्टोको आधारमा ४८ देखि ५० रुपैयाँ प्रतिकेजीमा खरिद गछौं । फ्याटको मात्राको आधारमा ३६ रुपैयाँ देखि ८० रुपैयाँ प्रतिकिलो पनि हामीले दिने गरेका छौं ।
उद्योगबाट कति जनाले रोजगारी पाएका छन त ?
ण्डौमा जाने गरेको छ ।
भविश्यको योजना के हो ?
–अहिले यहाँ रहेको उद्योगबाट दुध र दुग्ध जन्य उत्पादनहरु हुने गरेका छन् । तर किसानको दुध बढि भएको समयमा किसानले दुध पोख्नुपर्ने तथा सस्तो दरमा विक्रि गर्नुपर्ने बाध्यता रहेको छ । जसको कारण किसानहरुलाई घाटा नहोस भन्ने उदेश्यका साथ पाउडर दुध प्लान्ट स्थापना गर्ने योजनामा छौ । जसको लागि करिव ३० करोड भन्दा बढि लगानी लाग्ने अनुमान रहेको छ । यस क्षेत्रमा धुलो दुध उत्पादन गर्ने उद्योग नभएको कारणले पनि यसले किसान तथा आम उपभोत्तामा राम्र्रो प्रभाव पार्छ भन्ने योजनामा छौं । हाम्रो ब्रान्ड भनेको‘गोधुली’ ब्राण्ड हो । यसलाई नेपालमा मात्र नभएर अन्र्तराष्ट्रिय स्तरमा समेत पहिचान गराउने योजनामा छौं ।