सहकारी मार्फत पशु पालनमा लगानी बढ्दो

कृष्ण खनाल
बुटवल, १२ साउन ।  
कृषि क्षेत्र आर्थिक संभावना बोकेको क्षेत्र हो । डिभिजन सहकारी कार्यालय रुपन्देहीका अनुसार रूपन्देहीमा बहुउद्देश्यीय तथा कृषि सहकारीको संख्या २ स
य ३३ वटा रहेका छन् भने दुग्ध सहकारी संस्थाको संख्या ५५, जडीबुटी २ वटा सहकारी दर्ता भएका छन् ।
कतिपय सहकारी कृषि सहकारीको नाममा  दर्ता भएपनि व्यवसायीक रुपमा कृषि  क्षेत्रमा खास कार्य गरेका छैनन् । नाम कृषि तर काम बचत तथा ऋणको मात्रै काम गर्ने पनि सहकारीहरु रहेका छन् । तर जिल्लामा  जिल्ला पशु सेवा कार्यालाय रुपन्देही मार्फत जिल्लामा ३ वटा मात्र   सहकारीहरुले पशुपालनमा हात हालेका छन् । 
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायका अनुसार  जिल्लाका ३ वटा सहकारीहरुले पशुपालन क्षेत्रमा हात हालेका हुन । देवदह नगरपालिका–७ सरङ्गटारीमा स्थानिय सरनकाली कृषि सहकारी संस्थाले व्यवसायीक बंगुर फर्म स्थापना गरेको छ । सहकारीका अध्यक्ष मान बहादुर गाहामगरका अनुसार जिल्ला पशु सेवा कार्यालय रुपन्देहीको करिव ४ लाख  १५ हजार अनुदान सहयोगमा सहकारीले व्यवसायीक बंगुर फर्म स्थापना गरेको हो । चीतवन तथा नवलपरासीबाट बंगुरका पाठापाठीहरु ल्याएर केही समय पहिला मात्रै सहकारीले बंगुर फर्म स्थापना गरेको हो । 
सहकारीका अध्यक्ष गाहामगर भन्छन्–‘पशुपालनमा पनि कृषि सहकारीहरुले काम गर्नुपर्दछ भन्ने हेतुले यसमा लगानी गरेका हौं ।’
 फर्ममा अहिले १२ वटा बंगुरका पाठा र २२ वटा पाठी रहेका छन् । ५० वटा राख्ने गरि खोर तयार गरिएकोमा अझै केही बंगुरका पाठा÷पाठी थप्ने योजनामा रहेको सहकारीले जनाएको छ । जिल्ला पशु सेवा कार्यालयको ४ लाख १५ हजार र सहकारीको बाँकी रकम गरी ८ लाख ३० हजार लागतमा बंगुर फर्म स्थापना गरिएको हो । उक्त सहकारीमा ६२ जना साधारण सदस्य रहेका छन् भने ५ कठ्ठा क्षेत्रफलमा बंगुर फर्म खेलेका हुन । 

जिल्ला पशु सेवा कार्यालय मार्फत जिल्लामा अन्य एक वटा  सहकारीले पनि पशुपालनमा लगानी गरेका छन् । गत बर्ष जिल्ला पशु सेवा कार्यालय रुपन्देही मार्फत रुपन्देहीको मनपकडी गाविसमा महाकल्प कृषि सहकारी संस्था लिमिटेडले पनि बंगुर पालनमा लगानी गरेको छ । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीको अनुदानमा उक्त सहकारीले  पनि व्यवसायीक रुपमा बंगुर पालन गरेको हो । अनुदान ४ लाख १५ हजार र अन्य सहकारी मार्फत गरी कुल ड लाख ३० हजारमा उक्त सहकारीले व्यवसायीक बंगुर फर्म खोलेर उत्पादन गरिरहेको छ । 
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा ४ सय ३४ वटा  गाईफर्म रहेका छन् । त्यस्तै २ सय ५१ वटा भैसी फर्म, १ सय ७  वटा बाख्रा फर्म, ९७  वटा बंगुर फर्म, ६ सय ९ वटा पोल्ट्री फर्म र ७ वटा ह्याचरी उद्योग दर्ता भै सञ्चालनमा आएका छन् । 
यस्तै ७ वटा डेरी उद्योग, ६० वटा दुग्ध उत्पादक कृषि सहकारी संस्था रुपन्देहीमा रहेका छन् । जिल्लामा बार्षिक १ लाख ३७ हजार १ सय ३ मेट्रिक टन दुध उत्पादन हुदै आएको छ भने २५ हजार ९ सय १३ मेट्रिक टन मासु उत्पादन हुदै आएको छ । प्रत्येक मानिसलाई बार्षिक ९१ लिटर दुध आवश्यक पर्नेमा जिल्लाको उत्पादनले अहिले १ सय ४८ लिटर सम्म पुग्ने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । 
यता, डिभिजन सहकारी कार्यालय रूपन्देहीका अनुसार आर्थिक बहुउद्देश्यीय÷कृषि सहकारीको संख्या २ सय ३३ वटा रहेका छन् भने दुग्ध सहकारी संस्थाको संख्या ५५, जडीबुटी २ वटा सहकारी दर्ता भएका छन् । 
बहुउद्देश्यीय कृषि सहकारी संस्थाले ८० करोड २८ लाख ५४ हजार रूपैयाँ निक्षेप संकलन गरी कुल १ अर्ब १९ करोड ५१ लाख ९ हजार लगानी गरेको डिभिजन सहकारी कार्यालय रूपन्देही का प्रमुख नेत्र प्रसाद घिमिरेले जानकारी दिए  । दुग्धजन्य सहकारीहरूले बार्षिक रुपमा कुल ७ करोड, ६ लाख ५६ हजार निक्षेप संकलन गरी कुल २ करोड ७५ लाख ९० हजार रूपैयाँ ऋण लगानी गरेका छन् । 
जिल्ला कृषि सहकारी संघकी अध्यक्ष तथा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष झुपा न्यौपानेका अनुसार जिल्लामा कुल १ सय ६ वटा कृषि सहकारी मध्ये ४ वटा निस्कृय छन् भने अहिले सक्रिय रूपमा रहेका १ सय २ वटा सहकारीले कृषि क्षेत्रमा लगानी गरेका छन् । उनको नेतृत्वमा रहेको सहकारी साना किसान कृषि सहकारी संस्था लिमिटेडले गाई तथा भैंसीपालनमा कुल ७२ लाख र व्यापारमा कुल १५ लाख लगानी गरेको छ । कुल पुँजी ८ करोड रहेको उक्त सहकारीले कृषकको लागि व्यवसायिक पशुपालनमा बढि लगानी गरेको अध्यक्ष न्यौपाने बताउँछिन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै