बाढि पिडीत भन्छन्–टुट्यो तिनाउ वारीपारिको सम्बन्ध’

लगातार परेका पानीको कारण तिनाउ नदीमा आएको बाढिले बुटवल –१३ देवीनगर(वारी) र दुर्गानगर(पारी) जोड्ने झोलुङ्गे पुल बगाएको छ । झोलुङ्ग पुल संगै दर्जन भन्दा बढि घरमा क्षती पुगेको छ भने करिव २ सय जना विस्तापित भएका छन् । बाढि पिडीतहरु  भन्छन्–‘झोलुङ्गेपुल संगै   टुट्यो वारीपारीको सम्बन्ध’ प्रस्तुत छ बुटवल टुडे स्तम्भ टुडे मतमा बाढिपिडितहरुले व्यक्त  गरको पिडा जस्ताको तस्तै । 

वारीपारी नै विरानो हुन्छ की 
यम बहादुर राना
बुद्धनगरमा बस्दै आएको छु । विगत लामो सयम देखि टिचिङ्ग गर्दै आएको थिए, अहिले छोडेको छु । भाडामा बस्दै आएको छु ।  पुल भत्कीएपछि बाणिज्य क्याम्पसमाा यहाँबाट फर्साटिकर देखि पनि विद्यार्थीहरु आउथे । नविन उमावि, कालिका उमावि, तिना बोडिङ्ग, बाणिज्य तथा  बहुमुखिमा पनि विद्यार्थीहरु यहि बाटो प्रयोग गरेर जान्थे । बोडिङ्ग स्कुलका विद्यार्थीहरु, कामदारहरु पनि यहाँ बाट सयौ संख्यामा जान्थे । तर पुलभत्केपछि असर परेको छ । यहाँ हाटबजार पनि  लाग्थे । तर यहाँबाट अव जाने बाटो परिर्वतन हुनेछ । खासगरी विद्यार्थीहरुमा असर परेको छ ।  यस क्षेत्रबाट व्यापार र किनमेलको लागि पनि कयौ सर्वसाधारणहरु जान्थे अव पहिला ५ मिनेटमा पुग्ने समयम अव करिव एक घण्टा लाग्ने छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
विद्यार्थीहरुलाई झनै सास्ती होला 
अमर बहादुर वोहरा क्षेत्री

मेरो घरको पछाडीको भाग गएको छ । दुईवटा कोठाको घर बनाएको थिए  । पछिडीबाट बाढिले लैसक्यो । म, बुहारी छोरी र नातिनी घरमा बस्दै आएका थियौं ।  पहिला सानो झुप्रो थियो । २०५९ साल देखि म यहाँ बस्दै आएको हुन । यहि फागुनमा टिनको छानो सहितको करिव ७ लाखमा घर बनाएको हुँ ।  छोरा कतारमा छ । नातिनीले यहि ज्ञानपुञ्जमा पढ्छिन । पुल भत्कदा वारीपारिको सम्बन्ध टुटेको छ । भेटघाटको पनि नहोला अव । यहाँका बासिन्दाहरुमा पनि ठुलो नोक्सान पु¥याएको बुटवलको मुटुको रुपमा रहेको छ थियो यो क्षेत्र । आवदी–ठुलो भएको क्षेत्र हो । तर यहाँका वासिन्दाहरु कामको लागि, व्यवसाय, व्यापार तथा अध्यायनको लागि पनि जाने गर्दछन् । त्यो सम्बन्ध टुटेको छ । विहान करिव ३ बजे बाढि आएको थाहा पाएपछि विहान नै घरको सामान सारेका हौं । साढे ९ बजे पुल पल्टीयो । लठ्ठाले केही असर पारेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्
घर लग्यो, समान सबै स्कुलमा राखेका छौं 
पवित्रा परियार 
खेलाले लान लाग्यो  । करिव ५ लाख रुपैयाँ लगाएर घर बनाएको हु ।  एक बर्ष भयो । घर बनाएको बुवा, आमा हामी गरि करिव ८ जना बस्दै आएका  थियौ । अहिले   घर सबै सारेर हामी स्कुलमा बसेका छौं ।   विद्यालयका कोठा बाहिर छौं ।  श्रीमान विरामी हुन्हुन्छ, काम गरेर खाने कोही छैन । सामान जति लैजान सकेका छौ त्यति स्कुलमा लगेर राखेका छौ ।   अरु लैजान नसेकेको  सामान त्यहि घरमा नै छ । के गर्ने हिउदको समयमा कसैले पनि तार जाली लागाउन ध्यान दिएनन्  जव बर्खा लाग्यो तब मात्र तात्ने बानीको कारण समस्यामा परियो । 
ण्ण्ण्ण्ण्ण्ण्ण्
हिदउदैमा जाली लगाएको भए यस्तो हुन्थेन 
शान्ती श्रेष्ठ
हिउँदको  समयमा खासै चासो नदिने यहाको सरकार, टोल विकास संस्था, बस्ती विकास समितिले केही समय पहिला मात्र जब बर्खा लाग्यो तव मात्र काम गरेको छ । हिउँदमा अन्त अन्त मात्र लगेर जाली बुने तर बर्खा लागेपछि  यहाँ जालि बुन्ने काम भयो । त्यो पनि बगाएर लग्यो । दिउँसभरी त हामी बसेका छौं । तर रातपरेपछि लैजाने हो की कुन्नी थाहा छैन । पुल बगायो । कोही विरामी हुँदा यहाँबाट पुलभरि बोकेर लगेपछि पारि लगेपछि गाडी पाईथ्यो समयमा उपचार पाईन्थो तर यहाँबाट भनेको समयमा गाडी पाईन्न , कठको पुलमा पनि गाडी खासै जान्न बेलबासबाट जाँदा ढिला हुने निश्चित छ । हामीलाई दशा लाग्यो  कि कुन्नी । 
ढण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
हामी सधै त्रासमा हुनेभयौं 
शेर बहादुर खड्का
अहिले घरमा त केही क्षती पु¥याएको छैन । तर रातभर फेरी बाढि आउदा नबगाउला भन्न सकिन्छ । अहिले पनि बाढिको बहाव घटेको छैन । पुल भत्कीदा त्यसको लठाले घरमा असर पारेको छ । ५७ साल देखि यहाँ बस्दै आएको थिए । ४ धुरमा पहिला  खरको टहरो थियो तर अहिले टिनको छानो बनाएको थिए । बाढि आएको विहान करिव ५ बजेबाट थाहा पाए । हामी दौडधुप गरियो । पुल पनि गयो । म, बुहारी बस्दै आएका थियौ । समान सारेको छैन् अर्को दिन सार्ने तयारीमा छौं । अव बेल्बासबाट मात्र जान प¥यो काठको मिस्त्रीको काम गर्दै आएका थियौ । 
 ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
रातीमा भागा–भाग होला भन्न सकिन्न 
पावती साई
५५ बर्षकी भए, सुकुम्बासी बस्ती बस्दा देखि नै बसेको छु । अहिले सम्म यहाँ बसेकी छु । राती भाग्नुपर्ने हो की  कुन्नी । हामी यहाँ छोरा, बुहारी, नाति नातिनाहरु सबै बस्दै आएका छौं । म विरामी भएकी छु । विगत लामो समय देखि म बुटवल–१३ मा नियमित रुपमा उपचारमा जान्थे । तर अहिले जान पाएको छैन । अव करिव १ घण्टा भन्दा बढि समय लाग्छ जस्तो छ । विगतका दिनहरुमान १० मिनेटमा जान्थे । 
ण्ण्ण्ण्ण्ण्
घरको आधा भाग लग्यो, अव आशा नै हरायो 
 बुद्धिमायाँ आले 
२०५९ साल देखि बस्दै आएकी थिए ।  घरको पछाडीको भाग लगिसक्यो । आधा भन्दा बढि लगिसक्यो । अहिले घरको सामान सबै सारेकी छु ।  २ वटा घर बनाएकी थिए । पहिला एउटा घर बनाएकी थिए तर पछि थपेर अर्को बनाएकी हुँ ।  एउटा घडेरी भन्दा बढि पछाडीको भाग थियो तर अहिले बगायो । दुईवटा कोठाको बनाएकी थिईन् । पुल भत्केपछि सबै असुविधाहरु छन् । पारी जान समय लाग्ने छ । छोराहरुले यहि स्कुलमा पढ्छन् । राती देखि नै बाढि आएको थाहा पाएर जागरमा बसेका छौं । विहानको समयमा झनै ठुलो बाढि अयो जसले गर्दा  बगाएर लग्यो । 

ण्ण्ण्ण्ण्ण्ण्
बंगुर गोठ बग्यो आधा घर मात्र बाँकी छ
 शान्ता माया तामाङ्ग
लामो समय देखि हामी बस्दै आएका थियौै  । पालेका ९ वटा बुंगुङ्ग सबै बगाएर लग्यो । घरमा पनि पुलको लठ्ठाले भत्काइदिएको छ । घरको टिन, गारो सबै  भत्कीएको छ ।  घरमा करिव ७ लाख बराबरको क्षती पुगेको छ । अव  यहाँ बस्न सकिदैन् । रातीको समयमा हामी यहाँ बस्न सक्ने स्थिीत छैन । केही समान लिएर लैजादै गरेर पुन आउदा घर भत्कीसकेको थियो । केही समान लैजान बाँकी छ । ३ जना बच्चा छन् । तिनको विद्यालयपनि समस्या छ । अहिले स्कुलमा लगेर सामान राखेकी छु । हेरौ अव के हुन्छ । अव यहाँ बस्न सक्ने स्थिति छैन । अव विस्थापित भयौं । 
प्रस्तुतीः कृष्ण खनाल÷बुटवल टुडे 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै