धागो जोडिन ५० करोड, ‘मन्त्रीको आश्वासन मात्र’


कृष्ण खनाल 
बुटवल, साउन ।
उद्योग क्षेत्रमा नेपालकै गहनाको रुपमा रहेको बुटवल धागो कारखाना २०६४ फागुनदेखि पूर्णरूपमा बन्द छ । बन्द उद्योगका अधिकांस मेसिनहरुमा अझै पनि धागो बेरिएकै अवस्थामा छन् । धागो कारखानाको अवलोकनको लागि जाने जो कोहीले पनि अनुमान लगाउन सक्छ की धागो कारखाना चल्दा चल्दैको अवस्थामा बन्द भएको हो । 
चीन सरकारको सहयोगमा निर्माण भएको नेपालकै पहिलो र ठुलो ‘बुटवल धागो कारखाना’ पूर्णरुपमा बन्द भएको ९ बर्ष पुगेको छ । धागो कारखानाको उत्पादन बन्द भएपछि नयाँ मन्त्री मण्डल गठन हुनासाथ बुटवल आउने  उद्योग मन्त्रीहरुले ‘कारखाना अविलम्ब चलाउने’ ‘आश्वासन’ बाडेर जान छुटाउदैनन् ।
 ०६४ सालबाट पुर्णरुपमा बन्द भएको बुटवल धागो कारखाना सञ्चालनको लागि पहल गर्ने भन्दै वि.स.२०६७ सालमा उद्योग मन्त्री भएका अनिल कुमार  झाले उद्योगलाई पुरानै अवस्थामा सञ्चालन गर्ने आश्वासन बाडेर फर्किए । सरकार परिर्वतन भयो वि.स.२०७० सालमा  अर्का उद्योग मन्त्री कर्ण बहादुर थापा पनि बुटवल आएर धागो कारखानाको अवलोकन गर्न छुट्याएनन् । उनले पनि धागो कारखानालाई पुरानै अवस्था जस्तै सञ्चालन गर्ने आश्वासन बाडे । उनको सरकार पनि लामो समय टिकेन । ०७१ सालमा युवा नेताको रुपमा पहिचान बनाएका अर्का उद्योग मन्त्री महेश बस्नेत दलबलका साथ आएर बुटवल धागो कारखानाको अवलोकन गरे । उनले आफु काठमाण्डौ गएपछि धागो कारखाना सञ्चालन गर्न ‘तत्काल  कार्य सुरु गर्ने आश्वासन बाडे । उनको आश्वासनले धागो कारखाना सञ्चालन भएन । 

वि.स.२०७२ सालमा यस क्षेत्रका (पाल्पा क्षेत्र नम्बर ३) का  सांसद सोम प्रसाद पाण्डेय उद्योग मन्त्री भए । उद्योग मन्त्री भएपछि बुटवल आएका उनले  मन्त्री हुन भन्दा पहिला पटक पटक त्यहि बाटो ओहोर–दोहार गरेपनि  कहिल्यै कारखानामा पस्न सकेका थिएन्न । उनी मन्त्री भएपछि यस क्षेत्रका उद्योगी, नेता तथा कार्यकर्ताहरुको दलबलका साथ गत बर्ष धागो कारखाना गए, अवलोकन गरे । धागो कारखानामा कार्यरत रहेका निमित्त प्रमुख डोलराज शर्माले टर्च बालेर उद्योगको विभिन्न स्थानको  अवलोकन गराए । मन्त्री पाण्डेयले पनि पुरानै मन्त्रीहरुले जस्तै ‘धागो कारखाना अविलम्ब सञ्चालनको लागि क्याविनेटमा कुरा उठाउने’ भन्दै उद्योगी व्यवसायीहरुलाई विश्वस्त हुन आग्रह गर्दै गए  । उनी काठमाण्डौं गएपछि धागो कारखाना सञ्चालनको लागि कुनै पहल गर्र्न सकेका छैनन् ।  
गत  चैत महिनामा उद्योग मन्त्री मात्र होईन, उद्योग राज्यमन्त्री मेघराज नेपाली निसाधले समेत बुटवल धागो कारखानाको अवलोकन गरेका थिए । तर उनले पनि खास केही प्रक्रिया अगाडी बढाउन सकेका छैन्न् । धागो कारखानाको अवस्था पुरानै अवस्थामा छ । 
मन्त्रीहरुको आश्वासन मात्र पाएको धागो काराखाना पुरानै अवस्थामा सञ्चालन गर्नको लागि करिव ५० करोड लागत लाग्न सक्ने धागो कारखानाका नीमित्त प्र्रमुख. डोलाराज शर्मा बताउँछन् । वि.स.२०४८ सालदेखि उत्पादन प्रबन्धको रुपमा कार्यरत अहिले निमित्त प्रमुखको रुपमा कार्यभार सम्हालेका धागो कारखानाका प्रमुख शर्मा भन्छन्–‘अहिलेसम्म जतिजना मन्त्री हुनुहुन्छ, प्राःय सबैजना मन्त्री निरिक्षणको लागि भनेर आउनुभयो, कारखाना सञ्चालन गर्ने आश्वासन बाहेक केही पाउन सकिएको छैन ।’ उनका अनुसार उद्योग औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको १७३ दशमलब ७ रोपनी क्षेत्रफलमा रहेको छ । जसको अहिलेको कुल सम्पत्ती ९ करोड २६ लाख मुल्यांकन गरिएको छ ।  
शर्माका अनुसार अहिले उद्योगमा रहेका  मेसिन सबै पुराना भैसकेका छन् । यदि त्यहि मेसिनबाट धागो उत्पादन गर्ने हो भने धेरै कामदारहरु चाहिन्छ  तर अहिले रहेको  पुरानो प्रविधिका मेसिनहरुलाई विस्तापित गरी नयाँ मेसिन ल्याएर सञ्चालन गर्नको लागि करिव २० करोड रुपैयाँ लाग्छ । जसबाट दैनिक ७ देखि  ८ टन धागो उत्पादन हुन्छ । अहिलेको पुरानो प्रविधिलाई विस्तापीत गरी नयाँ भौतिक संरचनाका साथ धागो कारखानालाई अगाडी बढाउनुपर्ने बाध्यता छ । पुनो प्रविधीमा जनशक्ति बढि लाग्ने र लागत पनि बढि हुने भएको कारणले पनि नयाँ प्रविधिको मेसिन ल्याउनुको विकल्प  छैन  । 
बुटवल धागो कारखाना उद्योगमा कार्यरत रहेका कर्मचारीहरुलाई वि.स.२०६६ फागुनमसान्त देखि अनिवार्य अवकास सहित विदाई गरिएको थियो । अहिले ७ जना मात्र कर्मचारी रहेका छन् । एक जना अधिकृत स्तरका, १ जना लेखा सहायक र १ जना काठमाण्डौमा कर्मचारी छन् भने अन्य  ४ जना सुरक्षाकर्मी र अन्य कर्मचारीहरु रहेका छन्  । सरकारले २०६६ सालमा ४ सय १६ जना कर्मचारी मजदुरलाई ४७ करोड २२ लाख ४५ हजार  रुपैयाय प्रदान गरि अवकाश दिएर कारखानामा ताला लगाएको थियो ।  
उद्योगीहरु पनि आएनन्  
अहिलेको जे जस्तो अवस्थमा रहेका छन् ति मेसिनहरुलाई मर्मत संहार गरी धागो कारखाना सञ्चालनको लागि करिव २० करोड लाग्दछ  । तर ति मेसिन सञ्चालन गर्न करिव ८ सय जना कर्मचारी आवश्यक पर्दछ । कर्मचारी बढि तर उत्पादन कम भएमा   घाटा लाग्ने भएको कारण उद्योगीहरुले पनि पनि धागो कारखाना सञ्चालनको लागि चासो देखाएका छैनन् । उद्योगमा रहेका मेसिनहरुलाई कर्वाडमा विक्रि गरी नयाँ मेसिन राखेर सञ्चालन गर्ने सोँचका साथ केही उद्योगीहरुले यसमा  चासो देखाएका थिए । तर उनीहरुले जग्गा  औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको  नाममा रहेको कारणले पनि यदि उद्योग सञ्चालन नभएमा जग्गा विक्रिबाट समेत लाभ लिन नपाउने भएको कारणले पनि उद्योगीहरुले यसमा चासो नदिएको बताइन्छ । 
नीजीकरण कागजमा मात्र 
बुटवल धागो कारखानालाई महेश बस्नेत उद्योग मन्त्री हुँदा  नीजी क्षेत्रलाई दिने भनेर गरिएको निर्णयमन्त्री परिषद्बाट पारित हुन सकेन । जसको कारण यो योजना कागजको मात्र योजना भएको छ । कुनै पनि निर्णय गर्दा  मन्त्री परिषद्को बैठकबाट आएको निर्णय नै अन्तिम हुने भएको कारणले पनि यसमा ढिलाई भएको सरोकारवालाहरु बताउछन् । 
धागो कारखानामा  वि.स.२०६७ साल देखि दङ्गा नियन्त्रण प्रहरी गण बसेको छ । अहिले सुनवलमा दंगा नियन्त्रण प्रहरीको भवन बनिरहेको अवस्थमा  अन्य स्थानमा भौतिक संरचना नभएको कारणले प्रहरी बस्दै आएको धागो काराखा प्रसासन स्रो बताउछन् । कारखाना सञ्चालनमा नआए पनि सरकारको मासिक रू. २० लाख खर्च भइरहेको छ ।  
दैनिक १० टन धागो उत्पादन गर्ने क्षमताको उक्त कारखानाले सञ्चालनको बेला दैनिक ७ टन धागो उत्पादन गथ्र्यो । कारखानामा नेपाल सरकारको ५९ दशमलव ७५, सर्वसाधारणको ८ दशमलव३१ र जनकपुर चुरोट कारखानाको ७ दशमलव ८७ प्रतिशत र खेतान समूह, साल्ट ट्रेडिङ कर्पोरेशनलगायतको शेयर लगानी रहेको छ । २०३९ सालमा स्थपना भएको कारखानाले २०४८ मंङीसरदेखि व्यावसायिक उत्पादन शुरू गरेको थियो । सरकारी स्वामित्वका विराटनगर जूट मिल, हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, बुटवल धागो कारखानालगागत उद्योग अहिले बन्द छन् ।
बेरोजगार युवा संघको  पहल पनि  हरायो
बेरोजार युवा संघको तत्कालिन संयोजक हुँदा  पहिलो संविधान साभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर ३ बाट विजयी भएका चन्द्र बहादुर थापाले बुटवल धागो कारखाना सञ्चालनको लागि पहल गरेका  थिए । तर त्यो पहललले सार्थकता पाउन सकेको छैन । बेरोजगार युवालाई रोजगारीको वातावरण सृजना गर्ने उदेश्यका  साथ  धागो कारखाना पुना सञ्चालन गर्न कस्सीएका तत्कालिन एमाओवादीका नेता थापाले अहिले भने यो विषयमा खास  ठोस पहन नभएको बताउछन् । 
ण्ण्ण्ण्
कति सालमा कुन मन्त्री आए ? 
वि.स.२०६७ अनिल कुमार झा
वि.स. २०७० कर्ण बहादुर थापा
वि.स.२०७१  महेश बस्नेत 
वि.स.२०७२  सोम प्रसाद पाण्डे 
वि.स.२०७२  मेघराज नेपाली निसाध(उद्योग राज्यमन्त्री) 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै