घाँसको पोषण कायम राख्न ‘साईलेज’ पद्धती

कृष्ण खनाल
बुटवल, २९  असार । 
रुपन्देहीको सौ. फर्साटिकर गाविस–५ मा रहेको नवदुर्गा गाई भैसी फर्मका सञ्चालन डेम प्रसाद पौडेलको शैक्षिक योग्यता सिभिल ईन्जीनियररिङ्ग हो । अहिले ४९ बर्षमा टेकेका पौडेलले उमेरको अधिकांस समय ईन्जीनियरिङ्ग क्षेत्रमा विताएका छन् । तर स्वदेशमा नै कृषि तथा पशुपालनबाट  राम्रो आम्दानी गर्न सकिने सोँचका साथ उनले वि.स. २०६८ सालमा फर्म नै दर्ता गरी व्यवसायीक रुपमा गाई र भैसी पाल्दै आएका छन् । आफ्ना ८१ बर्षिय बुबा आत्मराम पौडेलले पनि  गाई फर्ममा सघाउ दै आएका छन् । 
२ हेक्टर क्षेत्रफल अर्थात ३ विघा मा हरियो घाँस खेती गर्दै आएका पौडेलले सिजनको बेला उत्पादन भएको घाँस व्यवस्थापनको लागि ‘साईलेज’ पद्धतीको सुरुवात गरेका छन् । करिव २० लाख रुपैयाँ लगानीमा  सुरुगरेको फर्ममा पौडेलले  ३५ वटा गाई र ५ वटा भैसी पालन गरेका छन् । केही बर्ष पहिला जिल्ला पशु सेवा कार्यालयबाट अनुदान पाएका पौडेलले ईन्जीनियरिङ्ग  पेशा भन्दा पनि बढि सन्तुष्टि  पशुपालन व्यवसाय बाट मिलेको बताउछन् । उनी भन्छन्–‘कामको  लागि दिनभर लखर, लखर डुलेर घर परिवारलाई पनि  समय दिन नपाउने तर अहिले पशुपालन तर्फ लागेपछि स्वच्छ, सफा र पौष्टीक खान पाउनुको साथै पारिवारिक  वातावरणमा रामउन पा एको छौं ।’ 
दैनिक  ७० लिटर दुध उत्पादन गर्ने पौडेलले सबै दुध नजिकैको डेरी उद्योग र घरबाट नै स्थानिय उपभोक्ताहरुले लैजाने गरेका छन् । 

जिल्ला पशु सेवा कार्यालयको अनुदानमा उनले घाँसलाई सिन्की बनाएर गाई बस्तुलाई खुवाउने प्रविधि ‘साईलेज प्रविधि’ भित्र्याएका छन् । जिल्लामै पहिलो पटक २ वटा साईलेज निर्माण गरेका पौडेलले जिल्ला पशु सेवा कार्यालयबाट ५० हजार रुपैया  अनुदान पाएका छन् । सिजनको बेला उत्पादन भएको घाँसलाई संकलन गरि एक निश्चित स्थानमा सिमेन्टको साईलेज(विशेष स्थान) निर्माण गरिन्छ । जसमा पिँधमा प्लाष्टिक राखेर त्यसमा ट्याक्टरको सायहताले हरियो घाँस राखेर थिचिन्छ, यसरी थिचिए पछि माथिबाट पुन प्लाष्टिक राखेर पुरेपछि    त्यसको केही  समयमा पुन त्यसलाई निकालेर किसानहरुले पशु चौपायलाई खुवाउन सकिन्छ । रुपन्देहीमा पहिलो पटक फर्साटिकर गाविसको नव दुर्गा गाई भैसी फर्ममा सुरुवात गरेको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका पशु चिकित्सक  डा. प्रदिप राज पौडेलले जानकारी दिए । किसानहरुले सिजनको बेला उत्पादन गरेको हरियो घाँसलाई साईलेज प्रविधि मार्फत स्टोर गर्न सकिने गरी कार्यक्रम ल्याइएको उनले जानकारी दिए । उनले भने–‘यो प्रविधिलाई हामिले अव रुपन्देहीमा विस्तार गर्ने योजना ल्याएका छौं,जसको कारण किसानहरुलाई पशु चौपायलाई हरियो घाँस खुवाउने चिन्ता पनि हट्नेछ भने हरियो घाँस जस्तै पौष्टीक हुन्छ ।’
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. गान्धीराज उपाध्ययका अनुसार रुपन्देहीमा ४ सय ३४ वटा  गाईफर्म रहेका छन् । त्यस्तै २ सय ५१ वटा भैसी फर्म, १ सय ७  वटा बाख्रा फर्म, ९७  वटा बंगुर फर्म, ६ सय ९ वटा पोल्ट्री फर्म र ७ वटा ह्याचरी उद्योग दर्ता भै सञ्चालनमा आएका छन् । 
यस्तै ७ वटा डेरी उद्योग, ६० वटा दुग्ध उत्पादक कृषि सहकारी संस्था रुपन्देहीमा रहेका छन् । विगतग ८ बर्ष देखि  रुपन्देहीमा पशुमा  कृत्रिम गर्भाधान गराउने कार्य सुरु भएकोमा यस बर्ष ३६ हजार ४ सय ९२ वटा पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्लामा बार्षिक १ लाख ३७ हजार १ सय ३ मेट्रिक टन दुध उत्पादन हुदै आएको छ भने २५ हजार ९ सय १३ मेट्रिक टन मासु उत्पादन हुदै आएको छ । प्रत्येक मानिसलाई बार्षिक ९१ लिटर दुध आवश्यक पर्नेमा जिल्लाको उत्पादनले अहिले १ सय ४८ लिटर सम्म पुग्ने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै