विदेश मोह त्यागेर पशु फर्म सञ्चालन, आफु स्वरोजगार,११ जनालाई रोजगार


कृष्ण खनाल
बुटवल, २ साउन ।

वि.स.२०५२ सालमा  मात्र ३ वटा गाईबाट आफ्नो व्यवसाय सुरु गरेका यज्ञमुर्ती खनालले विदेशी विलाशिताको मोह त्यागेका छन् । भारती सैनिकको जागिर त्यागेर उनले नेपालमा आएर व्यवसायीक गाई, भसी फर्म  स्थापना गरेका छन् । 
गुल्मी जिल्लामा सिर्सेनी गाविसमा स्थायी  घर भएका खनालले अहिले तिलोत्तमा नगरपालिका ७ नयाँमिलमा व्यवसायीकरुपमा पशु पालन व्यवसाय अपनाएका छन् । १० धुर जग्गामा ३ वटा गाई पालनबाट व्यसायमा हात हालेका खनालले ‘उमादेवी पशु विकास फर्म‘नामको  पशुफर्म समेत दर्ता गरि सञ्चालनमा ल्याएका छन् । उनको फर्ममा अहिले गाई तथा भैसी गरेर १ सय ३० वटा रहेका छन् । आफु, छोरा र श्रीमति त्यहि व्यवसायबाट स्वरोजगार बनेका खनालको परिवारले गाईको स्याहार सुसार गर्ने, घाँस काट्ने, दुध संकलन तथा ढुवानी देखि लिएर विभिन्न प्रयोजनको लागि ११ जनलाई रोजगारी समेत दिएका छन् । 
अहिले ५ विघा क्षेत्रफल लिज (भाडा)मा लिएर व्यववसायी रुपमा  अगाडी बढेका उनको फर्ममा अहिले ५६ वटा दुहुनो गाई मात्र छन् भने अन्य केही व्याउने गाई र भैसी छन्  । फर्ममा केही संख्यामा स–साना पशुका बच्चाहरु समेत रहेका छन् । खनाल भन्छन्–‘विदेश जान्न भन्ने अठोट लिएर अहिले फर्ममै लागिपरेको छु, विदेशीको सरकारी जागिर  पनि खाईयो तर छोडेर आए । ’
अहिले सम्म करिव डेड करोड रुपैयाँ लागत लागेको बताउने उनले दैनिक ५ सय लिटर दुध उत्पादन गर्दै आएका छन् । उत्पादन भएको दुध नजिकैको  डेरी तथा उपभोक्ताहरुको घर घरमा गएर  छोड्ने काम गर्दछन् भने कतिपय उपभोत्ताहरुले आफै फर्ममा आएर दुध लैजाने गर्दछन् ।  ५ विघा क्षेत्रफल जमिन भाडा लिएका उनले १० बर्षको सम्झौता गरेका छन् । दाना र परालमा बढि जोड दिदाँ उत्पादन कम भएको कारण हरियो घासमा अहिले जोड दिएको उनको भनाई रहेको छ । 

घास खेतीको लागि उनले थप जग्गा लिजमा लिएका छन् । जसमा आधुनिक र पोशिलो घाँस खेती गरिरहेका छन् ।  फम्र्रमा १८ वटा भैसी समेत पालेका छन् । छोरा केशव खनाल जर्मन जान छोडेर गाई पालन सुरु गरेका छन् ।  केशव खनाल भन्छन्–‘ पुशपालनमा राम्रो संभावना देखेको कारण, जर्मन जान लागेको पनि यहि बसे ।’ 
 देश क्रमस दुध उत्पादनमा राम्रो भएको भएपनि अझै पनि अवैध तथा बैध रुपमा विदेशबाट दुध आयात हुदै आएको भन्दै उनले राम्रो दुध उत्पादन गरेर विदेशबाट दुध आयातमा रोक्न सरकारले पहलको थालनी गर्नुपर्ने  बताउछन् ।   किसानलाई अनुदान भन्दा पनि शुल्य व्याजदरमा  ऋण प्रदान गर्नुपर्ने खनालको भनाई रहेको छ । उमादेवी फर्मबाट दुधलाई तिन भागमा विभाजन गरी  विक्रि गर्दै आएको छ । ५० रुपैयाँ प्रतिलिटर, ६० रुपैयाँ प्रतिलिटर र ७० रुपैयाँ प्रलिटर  । फर्ममा हालिस्टीक फिजिसन, ब्रान सुची, जर्सी, साईवाल जातका  गाई रहेका छन् ।  

यदि कुनै पनि युवाले मैले फर्मबाट दुध खरिद गरेर लगेर आम्दानी गर्छुभनेर आउछ भने उसलाई ५ रुपैयाँ प्र्रति लिटरमा गाईको दुध दिने र मिहिनेत बापत उसले प्रतिलिटरमा १०  रुपैयाँ पाउने गरेको फर्म सञ्चालकले जानकारी दिए । यदि फर्ममा आएर खरिद गर्ने उपभोक्ताहरुको लागि ६० रुपैयाँमा गाईको दुध विक्रि गर्ने गरेको छ । भने भैसीको दुधलाई प्रतिशलिटर ७०  रुपैया्रँमा विक्रि गर्ने गरेको फर्म सञ्चालकले जानकारी दिए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै