‘अविलम्ब स्वाथ्य ऐन ल्याउनुको विकल्प छैन’


डा. नन्दा गुरुङ्ग
अध्यक्ष, नेपाल चिकित्सक संघ, लुम्बिनी । 
ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा जन्मीएकी नन्दा गुरुङ्ग वि.स. २०६२ साल देखि भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्यायन  संस्थान (रणअम्बीका आँखा अस्पताल)मा नेत्र विशेषज्ञको रुपमा कार्यरत रहेकी छिन् । विपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठानबाट एमविविएस उत्तीर्ण गरी भैरहवामा कार्यारत रहेकी गुरुङ्ग हालै सम्पन्न नेपाल चिकित्सक संघ लुम्बिनीको अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएकी छिन् । बुटवल टुडेको अतिथि वार्तामा उनै अध्यक्ष गुरुङ्ग संघ बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी । 

 चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्वाचित हुनुभएको छ, अबको योजना के छ ? 
– हो, म विहिबार मात्रै चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा  सर्वसम्मत रुपमा चयन भएकी  छु । हाम्रो कार्यसमितिको पहिलो बैठक अझै बस्न सकेको छैन । शुक्रबार या शनिवार हाम्रो बैठक बस्ने छ । पहिलो मिटिङ्गबाट एजेण्डाका विषयमा हामीले विविध एजेण्डाहरु तयार गर्ने छौ । बैठकबाट आएका एजेन्डाहरुलाई हामीले अगाडी बढाउने छौं । 
अन्य संघ संस्थामा अध्यक्ष बन्नको लागि चुनाव हुन्छ, प्रचारवाजी हुन्छ, तर तपाईको संगठनमा किन हुदैन ? 
–हाम्रो केन्द्रमा त चुनाव हुने गरेको छ । तर लुम्बिनीमा हाम्रो संगठगनका डाक्टर सा’वहरुले मलाई विश्वास गरेर होला सर्वसम्मत रुपमा चयन गर्नुभयो । सर्वसम्मत रुपमा मलाई चयन गर्नुभयो । 

पहिलोपटक महिला अध्यक्ष हुनुभएको छ ? केही चुनौती छकी ?
–अँ, खासमा महिला पुरुष भनेर केही विभेद गर्नुहुदैन । यो पेशामा केही फरक हुन्छ जस्तो मलाई लाग्दैन । हाम्रो पेशा नै यस्तो छ की जहाँ विभेदको आभास नै गर्दैनौं । त्यस्तो चुनौतीको कुरा गर्दा खासमा डाक्टरी पेशा भनेको नै चुनौतिको पेशा नै हो ।  यसमा हामी के महिला के पुरुष चुनौतिको सामान गर्न सक्छौं ।

चिकित्सकहरुले आफु कार्यरत रहेको सरकारी अस्पताल भन्दा नीजि क्लिनीक तथा अस्पतालमा बढि समय दिन्छन् भन्ने गुनासो छ नी के भन्नुहुन्छ ? 
– त्यसमा चाँही यो सरकारले हेर्नुपर्ने कुरा हो । सरकारले कतिखेर सरकारीमा काम गर्ने, कतिबेला नीजिमागर्ने भन्ने नियम बनाउनुपर्दछ । सरकारले नै अवधि तोक्नुपर्दछ । यसरी समय तोकिदियो भने राम्रो होला । प्र्राईभेटमा जाननहुने भन्ने नियम बनेको छैन ।  तर सरकारीमा जागिर खाएपछि सरकारीमा बढि समय दिनुपर्दछ । यो हाम्रो धर्मपनि हो । लुम्बिनी अञ्चलका  चिकित्सकहरुले शनिवारको दिन आफ्नो स्वाथ्यको लागि अनिवार्य विदा बस्ने भन्ने नियम लागू भएको छ । तर क्लिनीकमा र अस्पतालमा विरामीलाई हेर्ने  कुरामा विभेद हुनुहुदैन । जाहाँ सम्म हामीले आँखाका विरामीको कुरा गर्दा क्लिीनक भन्दा पनि नीजी क्षेत्रमा पनि अस्पताल नै  खोलिएको हुन्छ ।  सरकारी अस्पताल र नीजी अस्पतालको विषयमा विभेद गर्नुहुदैन । 

शनिबार डाक्टर विदामा बस्दा सर्वसाधार मर्कामा परेको भन्ने गुनासो आएको छ  के भन्नुहुन्छ ? 
–त्यसमा चाँही यस्तो छ, ईमेरजन्सी(आकत्समीक) सेवाचाँही २४ सैँ घण्टा सञ्चालन हुन्छ । किल्निक भनेको चाही विरामीको साधारण चेक जाँच गर्ने मात्र हो । चिकित्सकीय सेवाको लागि  विरामी अस्पतालमा नै जानुपर्दछ । यसले प्रत्यक्ष असर नपार्ला । एउटा भन्नुपर्ने कुरा के छ भने डाक्टले पनि त आफ्नो स्वाथ्यको लागि ख्याल गर्नुपर्दछ नी होईनी र ? यदि डाक्टनर नै स्वाथ्य भएन भने उसले कसरी आमविरामीको स्वाथ्य ख्याल गर्न सक्छ । यसमा बिरामीले पनि ख्याल गर्नुपर्दछ । अहिले जनमानसमा भएको भ्रम छ जुन पछि विस्तारै कमी हुन जान्छ । डाक्टरको पनि छ परिवार हुन्छ, ऊ पनि त विरामी हुन्छ, २४ सै घण्टा काम काम मात्र भनेर पनि त भएन नी । 

डाक्टरहरु रोेटेशनमा विदामा बस्न सकिथ्यो होला नी हैन, कि संभव छैन ? 
–रोटशेन अलिसंभव छैन । डाक्टर भएपछि २४ सै घण्टा काम गर्नुपर्दछ भन्ने मान्यता छ तर  त्यस्तो होईन् । विभिन्न डाक्टरहरुको विधागत रुपमा हुन्छ । कुनै डाक्टरहरु आँखा, गाईनो, फिजिसियन लगायत विभिन्न विधागत हुनुहुन्छ । एउटा विधाको डाक्टर विधामा बस्दा अर्को विधाको डाक्टर पठाउने कुरा त हुदैन नी होईन् । त्यसकारण एक दिन विदामा बसेर अर्को दिन विरामीले उपचार गर्दा राम्रो हुन्छ । जुन क्षेत्रको विशेषज्ञ डाक्टरहो, त्यो क्षेत्रमा विशेषज्ञ हुनुपर्दछ । कुनै डाक्टरले बच्चा मात्र, कुनैले आँखा मात्र, कुनैले महिला मात्र, कुनैले पुरुष मात्र हेर्नुहुन्छ त्यसको सट्टामा डाक्टर पाउन  मुस्कील छ । जसको कारण समस्या छ । 

सरकारसंग चिकित्सका मागहरु के के छन् ? 
–हाम्रो अञ्चलको त खास केही माग छैन । तर केन्द्रमा अहिले डा. गोविन्द  केसी जुन स्वाथ्य ऐन लगायत स्वाथ्य क्षेत्रमा भएका विभिन्न विकृतीको अन्त्यका माग राखेर आमरण अनसनमा हुनुहुन्छ । यस विषयमा सबैलाई विधितै छ । नेपालमा अहिले सम्म स्वाथ्य सम्बन्धी  ऐन(हेल्थ एक्ट) बनेको छैन । जसको कारण जस्ले जे गर्दा पनि हुन्छ भन्ने परिपाटीको  विकास भएको छ ।  यसको अन्त्यको लागि पनि स्वाथ्य ऐन अबिलम्ब ल्याउनुको विकल्प छैन । सरकारले चिकित्सक संग गरिएका सम्झौता कार्यान्वयन गर्नु आवश्यक छन् । सम्झौता कार्यान्वयन गर्दैमा स्वाथ्य क्षेत्र नराम्रो बन्ने होइन, यसले त स्वाथ्य क्षेत्रको विकास लागि झनै टेवा पु¥याउँदछ । 

डा. केसीको मागमा चिकित्सकहरु दुई धारमा विभाजित भएका छन् यसमा यहाँको मत के हो ? 
–यसमा स्वाथ्य सम्बन्धी–विकृती विसङ्गगतीको अन्त्य हुनुपर्दछ भनेर अगाडी बढिरहनुभएका चिकित्सकको दुईधार छ जस्तो मलाई लाग्दैन । खासगरी दोहोरो भुमिका भएका चिकित्सकहरुले डा. केसीको मागलाई विरोध गरेका हुन जस्तो मलाई लाग्छ । जुन चिकित्सकहरु चिकित्सक मात्र नभएर एउटा मेडिकल, अस्पतालको  सञ्चालक  समेत हुनुहुन्छ वहाँहरुले केही विरोध गर्नुभएको छ । तर एउटा चिकित्सकको हिसावले डा. केसीले उठाएका मागको विषयमा विरोध गर्नु आफैमा लज्जास्पद हो । एउटा विजनेश गर्ने थलोको रुपमा स्वाथ्य क्षेत्रलाई बुझ्नु हुदैन । 
अन्त्यमा, 
आम पाठकहरुलाई म के भन्न चाहान्छु भने स्वाथ्य रहनको लागि स्वाथ्यरहने बानीअवलम्बन  गर्नुहोस् । कुनै पनि समस्या आएमा  नजिकैको  अस्पतालमा गएर पुर्णरुपमा चेकजाँच गरेर मात्र औषधी सेवन गर्नुहोस् । चिकित्सको सल्लाह र सुझाव विना औषधी प्रयोग गर्ने  कदापी गर्नुहुदैन । धन्यवाद । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै