रुपन्देहीका किसानलाई परिचयपत्र कहिले ?

कृष्ण खनाल
बुटवल, २२ असार ।
जिल्ला कृषि विकास कार्यालय नवलपरासीले यहि असार २० गते बटा किसान परिचय पत्र वितरण सुरु गरेको छ । कृषि विकास कार्यालय नवलपरासीका
योजना अधिकृत एवं सुचना अधिकारी श्रीकान्त घिमिरेका अनुुसार पहिलो चरणमा जिल्लाका ६ हजार किसानले किसान परिचय पत्र पाउनेछन् । लुम्बिनी अञ्चलमा पहिलो पटक नवलपरासीमॉकिसान परिचय पत्र’ वितरण गरिएको थियो । तर खाद्यान्न उत्पादनमा देशकै नमुना जिल्लाको रुपमा रहेको रुपन्देहीमा भने किसान  परिचय पत्र यो बर्ष वितरण नहुने पक्का भएको छ । 
कृषि मन्त्रालयबाट ‘पाईलट पोजेक्ट’को रुपमा नवलपरासी जिल्ला छनौट गरेपछि रुपन्देहीका किसानहरुले यस बर्ष ‘किसान परिचय पत्र’ पाउने छैनन ।  किसान परिचय पत्रको आधारमा किसानहरुले अहिले सम्म के कस्तो प्रकृतिको सेवा सुविधा सरकारी निकायबाट प्राप्त गरे, कुन किसानको के कती  जमिन छ, कुन किसानले के कस्तो प्रकृतिको खेतीवाली तथा पशुपालन गरेको छ भन्ने विषयमा जानकारी हुन्छ । तर  लुम्बिानी अञ्चलका गुल्मी, पाल्पा, अर्घाखाँची सहित कपिलवस्तु र रुपन्देहीका किसानहरु किसान  परिचय पत्र  पाउन सकेका छैनन् । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधि कृत भोजराज सापकोटाका अनुसार यो बर्ष मन्त्रालयबाट नै किसान परिचय पत्र वितरण गर्ने कार्यक्रम रुपन्देही जिल्लामा नपरेको कारण परिचय पत्र वितरण नहुने पक्का भएको जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका किसानहरुको अवस्था के कस्तो  रहेको छ, जिल्लामा के कती मात्रामा कस्तो कस्तो प्र्रकृतिका किसानहरु रहेका छन् भन्ने विवरण किसान परिचय पत्रमा उल्लेख भएको हुन्छ । जसको कारण कृषि कार्यालयले कार्यासम्पादनमा समेत परिचय पत्रकले महत्वपूर्ण भुमिका खेल्ने कार्याल्य प्रमुख सापकोटाको भनाई रहेको छ । उनले भने–‘किसान परिचय पत्रको माध्यमबाट कृषिकार्यालयबाट अहिले सम्म केही पाएनौं भन्दै ढाट्ने किसानहरुलाई समेत प्रमाणको रुपमा यसले काम गर्दछ ।’

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले किसान परिचय पत्रको लागि माग गरेको भएपनि केन्द्रबाट स्वीकृत नआएको कारण वितरण हुने कार्यक्रम तय नभएको उनको भनाई रहेको छ । 
जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न समयमा अनुदान लगायतका विभिन्न सेवा उपभोग गरेका किसानहरुले समेत बेला बेलामा कार्यालयबाट केही  सेवा पाउन सकेनौं भन्दै गुनासो गर्ने र ढाट्ने प्रवृत्तीको अन्त्य परिचय पत्रले गर्ने कृषि कार्यालयको विश्वास  रहेको छ । 
आगामी आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालयलाई केन्द्रीय कार्यक्रम अन्र्तगत रुपन्देहीको ५ सय हेक्टरमा फिस मिसन कार्यक्रम लागू हुदैछ । जसको लागि माछाको लागि प्रख्यात मानिएको छपिया  क्षेत्रको दयानगर, मानपकडी, प. अमुवा लगायतका ३ गाविसका किसानहरुलाई किसान परिचय पत्र वितरण गर्ने योजना अगाडी बढाइएको जिल्ला कृषि विकास कार्यालले जनाएको छ । 
नेपाल सरकारले किसानहरुलाई परिचय पत्र वितरण गर्ने उदेश्य अनुरुपम पहिलो चरणमा पुर्वाञ्चलमा धानकुटा, मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा बारा जिल्ला, पश्चिमाञ्चल जिल्लाको बाग्लुङ्ग,  मध्यपश्चिमाञ्चल विकास क्षेत्रको बाँके, र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको डढेलधुरा जिल्ला लाई छनौट गरि किसान परिचय पत्र वितरण गरेको थियो । 
सरकारीले कृषि नीति २०६१ मा उल्लेख भए अनुसार किसान परिचय पत्र निर्देशिका २०७१ जारी गरेको छ । जस अनुसार किसान  परिचय पत्रमा किसानहरुले जिल्ला कृषि विकास कार्यालयबाट पाएका सेवा , सुविधा र अनुदानका विवरणका साथै किसानसंग भएको जमिन, उपभोग भएको जमिन क्षेत्र, उत्पादन भएका कृषि जन्य बस्तु, लगायतका सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ । जसबाट वास्तविकास किसानको बारेमा पहिचान गर्न सहज हुने जनाइएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै