तिनाउ पुलका खाल्डाले झनै जोखिम बढायो

कृष्ण खनाल 
बुटवल, १३ साउन । 
विहिबार बुटवल–१५ बेलबासका शिवप्रसाद भुषाल लाई विहान करिव १० बजे तिनाउ पुल पार गर्न करिवआधा घण्टा लाग्यो । बेलबास  ेखि तिनाउ पुलसम्म करिव १० मिनेटमा आएका उनी विहानको ‘पिक आवर’मा तिनाउ पुलमा करिव आधा घण्टासम्म जाममा परे । पहिला पनि पटक–पटक जाम हुने बुटवलको तीनाउ पुलमा अहिले झनै जामको समस्या बढेको छ । 
विहानको समयमा प्रायःजासो जाम हुने गरेको पुलमा केही दिन यता झनै जाम हुने गरेको कारण यात्रुहरुले सास्ती  खेप्न बाध्य छन् । साईकल तथा तथा सर्वसाधारणहरु आवत जावत गर्ने बुटवल–१३ देवीनगर र बुद्धनगर जोड्ने पुल बाढिले बगाएपछि अहिले बुटवल वारीपारी गर्ने एक मात्र विकल्पको रुपमा तिना नदी को पक्की पुल भएको छ । 
विहान करिव १० बजे आसपासको समयमा कार्यालय समय भएको कारणले पनि कामदार, विद्यार्थी तथा अन्य सर्वसाधारणहरुको चाँपको कारण तिनाउ पुलमा चाँप बढ्दै गएको हो । यति मात्र होईन केही समय पहिला पुलको माथिल्लो भागमा पिच गरिएको भएपनि त्यो पिच एक  महिना नहुदै उप्कीएको छ ।  पुलको पिच मात्र होईन पुलमा राखिएको फलामको रड नै देखिने गरी पिच भत्कीएपछि सर्वसाधारणहरु त्रासमै पुल पार गर्नुपरेको स्थानिय  शिव प्रसाद भुषाल ले जानकारी दिए । उनले भने–‘केही दिन पहिला टालटुल पारेको थियो तर अहिले पुरै उप्कीएर रड नै देखिन थालेछ,  हिड्दा पनि डर लाग्न थाल्यो  ।’ उनी मात्र होईन तिना पुलमा बढ्दै गएको चाँपको कारण यात्रा गर्ने जो कोही पनि त्रासमा  यात्रा गर्न बाध्यछन् । 
तिनाउ पुलमा परेको खाल्डाखुल्डीको कारण पनि बाटो पार गर्न साना सवारीहरुले धेरै समय लगाउने गरेको कारण  पुलमा जाम हुने गरेको  हो । 
केही दिन पहिला बुटवल–१३ देवीनगरमा आफ्नै आँखा अगाडी  झोलुङ्गे पुल भत्काएको देखेका सर्वसाधारणहरुले अहिले तिनाउमा बनेको पक्की पुल जिर्ण बन्दै जाँदा झनै चिन्ता  थपिएको बताएका छन् । करिव ५ मिनेटको बाटोमा झोलुङ्गपुल पार गरेर बुटवल १३ देवीनगर हुदै विद्यालय आउने विद्यार्थीहरु समेत करिव एक घण्टाको बाटो लगाएर पक्की पुल हुदै विद्यालय जान बाध्य छन् । सबैस्थानियहरुको एउटै मात्र विकल्प भएको कारण तिनाउ पुलको भार बढ्दै गएको बताइएको छ । 
महाशाखाले करिव ढाई करोड  लागतमा तिनाउ पुलको मर्मत संहार तथा फाउण्डेसन जोगाउनको लागि कन्टक्र्सनको काम गरिएको थियो । जुन कार्य अझै केही प्रतिशत बाँकी रहेको छ । 
तिनाउ पुल जोगाउनको लागि केही महिना पहिले नदीमा ‘बोटबार’ निर्माण गरिएको थियो । यो संगै पुलको माथिल्लो सतहमा राता रात पीच गरिएको थियो । तर त्यो पिच एकहप्ता नहुदै उप्कीएको छ । 
तिनाउ पुल मर्मत संहारको काम गर्दै आएको पुल योजना महाशाखा नम्बर ३ नेपालगञ्जका प्रमुख गणेश गौतमले पुलको आयु करिव २० बर्ष लम्बाउनको लागि बोटबार लगायत फाउण्डेसन जोगाउनको लागि काम गरिएको बताउछन् । 

पुल महाशाखा–३ नेपालगञ्जका प्रमुख  गणेश गौतम भन्छन्–‘यो पुल भारतिय सरकारले निर्माण गरेको कारण, यसको विस्तृत विवरण हामीहरु संग छैन, तर पुललाई जोगाउनको लागि हामीले सबै  योजना लागू गरेका छौं । ’ तिनाउ नदीको पुल  मर्मतको  ठेक्का स्वच्छन्द–न्यू कंक्रिट जे.भि.ले लिएको थियो । 
किन टिक्दैन तिनाउ पुलको पिच
Tinau pool butwal
सडक डिभिजन कार्यालय र पुल महाशाखाले पटक–पटक गरेर तिनाउ पुलको मर्मत संहार गर्दछ । तर मर्मत गरेको केही दिनमै तिनाउपुलको पक्की उप्कन्छ ।  यो पुरानो रोग हो । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज  मरासेनीका अनुसार तिनाउ पुल निर्माण गर्दा छुट्टै प्रविधि प्रयोग गरिएको छ । जस्को कारण तिनाउ पुलमा  गाडी हिड्दा हल्लीने भाईब्रेसन हुने  गर्दछ ।  जुन निर्माण गर्दा खेरी नै भाईब्रेसन(लचक्दार) गरी निर्माण गरिएको हो । पुललाई विना हलचल एक स्थानमा अठ्ठाएर राख्दा ठुला भार भएका गाडीहरु हिड्दा पुल भाँचीने संभावना भएको कारणले गर्दा लचकदार बनाइएको प्रमुख मरासेनी बताउछन् । उनी भन्छन्–‘पुलमा गाडी हिड्दा थर्कियो र हल्लीयो भनेर डर मान्नु पर्दैन, किनभने यसको स्वरुपनै यस्तो प्रकृृतिले निर्माण गरिएको छ ।’
पुल भाईब्रेट हुने भएको कारण पुलको माथिल्लो सतहमा  गरिएको पिच छाटो समयमा नै  निस्कने गरेको प्राविधिकहरुबताउछन् । यसको साथै पुलको विभिन्न स्थानमा  पानी जम्ने गरेको कारणपनि पुलको पिच छिटो उप्कीने गरेको प्राविधिकको दावि छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै