२१ बर्षमै व्यवसायीक गाई फर्मको सञ्चालक

कृष्ण खनाल
बुटवल, ३० असार । 
कक्षा १२ को अध्ययन पुरा गरेपछि  अधिकांस युवाहरुको  रोजाई विदेश  हुने गर्दछ । तर रुपन्देहीका एक  युवाले भने विदेशमोह त्यागेर स्वदेशमा नै व्यवसायीक गाई फार्म खोलेका छन्  । २१  बर्षीय युवाले कक्षा १२ सम्मको अध्यायन  पुरागरी आफ्नै आमा संग मिलेर व्यवसायीक गाई पालन सुरु गरेका हुन् । वि.स.२०७० सालमा रुपन्देहीको ख.बनगाई गाविस–१ हिरापुरमा युवा किसान सुवास तिवारीले आफ्नी आमा प्रेम कुमारी तिवारी संग मिलेर ‘तिवारी गाई फर्म’ स्थापना गरी व्यवसायीक रुपमा गाई पालन सुरुवात गरेका हुन । जिल्ला पशु सेवा कार्यालय रुपन्देही मार्फत युवा लक्षित कार्यक्रम अन्र्तगत अनुदान पाएका उनले करिव १० लाखको लागतमा गाई फर्म स्थापना गरेका  हुन । उनी भन्छन्–पढेर मात्र केही रोजगारी पाईने होईन, त्यहि भएर आमा संग मिलेर घरमा नै गाईफर्म स्थापना गरी स्वारोजगार हुने  काम गरेको छु । 
कक्षा १२ को परिक्षा दिएपछि ईलेक्ट्रिोनिक्स र ओभरसियर पढेका उनले प्राविधिक विषय अध्ययन गरेरपनि राम्रो जागिर नपाएपछि व्यवसायीक गाई फर्ममा हात हालेको बताए । अहिले ३५ वटा गाई पालेका उनले भविश्यमा गाई फर्मलाई विस्तार गरी अझ व्यवस्थित ढंगबाट अगाडी बढाउने सोँच बनाएको जानकारी दिए । 
केही दिन पहिला उनको फर्ममा जाँदा  उनी आफै गाई दुहुदै गरेको अवस्थामा भेटिएका  थिए ।
उनका अनुसार आमाले गाईको स्याहार सुसा गर्ने र आफुले गाई दुएर डेरी तथा स्थानिय उपभोक्ताहरुको घर घरमा पुर्याउने गरेको बताउँछन् । सानो उमेरमा नै ठुलो जिम्मेबारी वहनगर्नुपरेको भन्दै उनले केही जग्गा आफ्नो र केही भाडामा लिएको जग्गामा घाँस खेती गर्दै आएको बताउछन् । १० कठ्ठा क्षेत्रफलमा गाई फर्म स्थापना गरेका उनले थप १ विघा क्षेत्रफल लिज(भाडा)मा लिएर व्यवसायीक  रुपमा घास खेती गरिररहेका छन् ।  मिहिनेत गर्ने हो भने विदेश जानु नपर्नेभन्दै उनले स्वदेशमा पनि कृषि र पशुपालनमा  विशेष संभावना भएको बताउछन् ।
दैनिक २ सय १० लिटर दुध विक्रि गर्दै आएका उनले गाई पालनबाट नै आफ्नो परिवार धानिएको बताउछन् । गाईको लागि आवश्यक घाँसको खेती समेत गरेका उनीहरुले घाँसको कुनै पनि समस्या नभएको बताउछन् । जिल्ला पशु सेवा कार्यालय रुपन्देही मार्फत घाँसको विउ तथा प्राविधिक रुपमा सहयोग पाएको कारण थप उत्साह बढेको तिवारीले जानकारी दिए । 
यता जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धी राज उपाध्ययाले युवाहरुले स्वदेशमा नै पशु पालनमा विशेष  ध्यान दिन सकेमा विदेशमा भन्दा पनि राम्रो आम्दानी  गर्न सकिने बताउछन् । उनले भने–हामीले यी र यस्तै मेहिनेती युवाहरुलाई समेटेर केही अनुदानका कार्यक्रमहरु समेत अगाडी बढाएका छौं । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै