Posts

Showing posts from July, 2016

तिनाउ पुलका खाल्डाले झनै जोखिम बढायो

Image
कृष्ण खनाल   बुटवल, १३ साउन ।  विहिबार बुटवल–१५ बेलबासका शिवप्रसाद भुषाल लाई विहान करिव १० बजे तिनाउ पुल पार गर्न करिवआधा घण्टा लाग्यो । बेलबास  ेखि तिनाउ पुलसम्म करिव १० मिनेटमा आएका उनी विहानको ‘पिक आवर’मा तिनाउ पुलमा करिव आधा घण्टासम्म जाममा परे । पहिला पनि पटक–पटक जाम हुने बुटवलको तीनाउ पुलमा अहिले झनै जामको समस्या बढेको छ ।  विहानको समयमा प्रायःजासो जाम हुने गरेको पुलमा केही दिन यता झनै जाम हुने गरेको कारण यात्रुहरुले सास्ती  खेप्न बाध्य छन् । साईकल तथा तथा सर्वसाधारणहरु आवत जावत गर्ने बुटवल–१३ देवीनगर र बुद्धनगर जोड्ने पुल बाढिले बगाएपछि अहिले बुटवल वारीपारी गर्ने एक मात्र विकल्पको रुपमा तिना नदी को पक्की पुल भएको छ ।  विहान करिव १० बजे आसपासको समयमा कार्यालय समय भएको कारणले पनि कामदार, विद्यार्थी तथा अन्य सर्वसाधारणहरुको चाँपको कारण तिनाउ पुलमा चाँप बढ्दै गएको हो । यति मात्र होईन केही समय पहिला पुलको माथिल्लो भागमा पिच गरिएको भएपनि त्यो पिच एक  महिना नहुदै उप्कीएको छ ।  पुलको पिच मात्र होईन पुलमा राखिएको फलामको रड नै देखिने गरी पि...

आय–आर्जले विर्सायो अपाङ्गताको पिडा, उत्पादित बस्तु बजारीकरणमा समस्या

Image
कृष्ण खनाल बुटवल, १५ साउन ।  शुसिला गिरीले आफ्नो आमाको अनुहार कस्तो थियो भन्ने चिन्न पाईन्न् । आमा वितेको ६ महिना पछि बुबाले अर्की विहे गरे । पुर्ण दृष्टिविहिन शुसिला सौतेनी आमाको टोकस सहदै कक्षा १० सम्म अध्ययन गरिन् । तर उच्च शिक्षा पढ्न पाईन्न ।  १० कक्षा सम्म चितनको रत्ननगर नगरपालिका –११ मा  रहेको आफ्नै घरमा बसेर पढेकी उनलाई उच्च शिक्षा पढउनको लागि परिवारले  आर्थिक व्यवस्थापन गर्न सकेन् । जसको कारण उनी  घर छोडेर हिडिन् । रुपन्देहीमा आएपछि अर्की दृष्टिविहिन कुन्ती पौडेलको सरणमा परेकी पिडीत गिरी अहिले रुपन्देही नेत्रहिन संघको शरणमा छिन् । उनी भन्छन्–‘आमाको अनुहार कस्तो थियो भन्ने देख्न पाईन्, जान्ने हुँदा बुबाले अर्के आमा(श्रीमती) ल्याउनुभएको थाहा पाए, दृष्टिविहिन भएपछि परिवारको बोझ भए अनी बुटवल आएकी छु ।’  विगत ३ महिना देखि बुटवल–१७ तामनगरमा रहेको रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको अपाङ्गता पुर्नस्थापना कार्यक्रममा त्यहि बसेर अगरवत्ती बनाउने सिप सिकेकी उनी त्यहि विक्रिबाट संस्थाले खान बस्नको सुविधा दिएको छ । रुपन्देही नेत्रहिन संघका अध्यक्ष ...

‘गाई पालनमा राम्रो भविश्य छ’–महत

Image
नारायण महत सञ्चालक, बोलबम पशुपालन फर्म, सैनामैना–१३  रुपन्देही दुध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन भएको दुध यहाँको मागलाई पुरा गरी अन्य जिल्लामा समेत निर्यात हुदै आएको छ । रुपन्देहीमा व्यवसायीक रुपमा पशुपालनमा लाग्नेहरुको संख्या पनि पछिल्लो समयमा बढ्दै गएको छ । केही समय पहिला मात्र रुपन्देहीको सैनामैना नगरपालिका–१२  कासीपुरमा  नारायण महतको अगुवाईमा बोलबम पशुपालन फर्म स्थपना भएको छ । उनको व्यवसायीक फर्म र विविध विषयमा केन्द्रीत रहेर कृषि वर्तामा बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी ।  फर्मको स्थापना कहिले भयो ?  – वि.स.२०७० यो फर्म स्थापना गरेका हु । पहिला फर्निचर उद्योग र ब्लगको उद्योग थियो । पशुपालन क्षेत्रमा राम्रो संभावना देखेर यस क्षेत्रमा प्र्रवेश गरेको हुँ  ।    फर्ममा कती  गाई छन् अहिले ?  – अहिले फर्ममा ७२ वटा गाई रहेका छन् । जसमा २८  वटा  दुहुनो गाई हुन भने १५ वटा व्याउने गाईरहेका छन् ।  दैनिक कती दुध संकलन हुन्छ ?  अहिले २८ वटा गाई मात्र दुहुनो भएको कार...

सहकारी मार्फत पशु पालनमा लगानी बढ्दो

Image
कृष्ण खनाल बुटवल, १२ साउन ।   कृषि क्षेत्र आर्थिक संभावना बोकेको क्षेत्र हो । डिभिजन सहकारी कार्यालय रुपन्देहीका अनुसार रूपन्देहीमा बहुउद्देश्यीय तथा कृषि सहकारीको संख्या २ स य ३३ वटा रहेका छन् भने दुग्ध सहकारी संस्थाको संख्या ५५, जडीबुटी २ वटा सहकारी दर्ता भएका छन् । कतिपय सहकारी कृषि सहकारीको नाममा  दर्ता भएपनि व्यवसायीक रुपमा कृषि  क्षेत्रमा खास कार्य गरेका छैनन् । नाम कृषि तर काम बचत तथा ऋणको मात्रै काम गर्ने पनि सहकारीहरु रहेका छन् । तर जिल्लामा  जिल्ला पशु सेवा कार्यालाय रुपन्देही मार्फत जिल्लामा ३ वटा मात्र   सहकारीहरुले पशुपालनमा हात हालेका छन् ।  जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायका अनुसार  जिल्लाका ३ वटा सहकारीहरुले पशुपालन क्षेत्रमा हात हालेका हुन । देवदह नगरपालिका–७ सरङ्गटारीमा स्थानिय सरनकाली कृषि सहकारी संस्थाले व्यवसायीक बंगुर फर्म स्थापना गरेको छ । सहकारीका अध्यक्ष मान बहादुर गाहामगरका अनुसार जिल्ला पशु सेवा कार्यालय रुपन्देहीको करिव ४ लाख  १५ हजार अनुदान सहयोगमा सहका...

बाढि पिडीत भन्छन्–टुट्यो तिनाउ वारीपारिको सम्बन्ध’

Image
लगातार परेका पानीको कारण तिनाउ नदीमा आएको बाढिले बुटवल –१३ देवीनगर(वारी) र दुर्गानगर(पारी) जोड्ने झोलुङ्गे पुल बगाएको छ । झोलुङ्ग पुल संगै दर्जन भन्दा बढि घरमा क्षती पुगेको छ भने करिव २ सय जना विस्तापित भएका छन् । बाढि पिडीतहरु  भन्छन्–‘झोलुङ्गेपुल संगै   टुट्यो वारीपारीको सम्बन्ध’ प्रस्तुत छ बुटवल टुडे स्तम्भ टुडे मतमा बाढिपिडितहरुले व्यक्त  गरको पिडा जस्ताको तस्तै ।  वारीपारी नै विरानो हुन्छ की  यम बहादुर राना बुद्धनगरमा बस्दै आएको छु । विगत लामो सयम देखि टिचिङ्ग गर्दै आएको थिए, अहिले छोडेको छु । भाडामा बस्दै आएको छु ।  पुल भत्कीएपछि बाणिज्य क्याम्पसमाा यहाँबाट फर्साटिकर देखि पनि विद्यार्थीहरु आउथे । नविन उमावि, कालिका उमावि, तिना बोडिङ्ग, बाणिज्य तथा  बहुमुखिमा पनि विद्यार्थीहरु यहि बाटो प्रयोग गरेर जान्थे । बोडिङ्ग स्कुलका विद्यार्थीहरु, कामदारहरु पनि यहाँ बाट सयौ संख्यामा जान्थे । तर पुलभत्केपछि असर परेको छ । यहाँ हाटबजार पनि  लाग्थे । तर यहाँबाट अव जाने बाटो परिर्वतन हुनेछ । खासगरी विद्यार्थीहरुमा असर परेको छ ।  यस क्षेत्रबा...

के भन्छन् त उद्योगी, व्यवशायी ?

Image
सयौं मजदुरहरु रोजगार भएको बुटवल धागो कारखाना बन्द भएको पनि करिव ८ बर्ष पुग्न लागेको छ । धागो कारखाना सञ्चालनको लगि  यस क्षेत्रका  उद्योगी व्यवसायीहरु व्याक्तिगत तथा सांगठनिक रुपमा पनि  लागेका थिए । तर यो अभियान अहिले सेलाएको छ । यो उद्योग संचालनमा आउन सके यस क्षेत्रका सयौले रोजगारी पाउने देखिन्छ भने देशमा आवश्यक पर्ने धागोको मागलाई केही मात्रामा भएपनि पूर्ति गर्ने देखिन्छ । प्रस्तुत छ यस बिषयमा यस क्षेत्रका उद्योगी व्यवसायीहरु भनाइलाई आजको टुडेमतको रुपमा ।   सरकारले पुर्णरुपमा स्वामित्व ग्रहण गर्नुपर्छ नवराज श्रेष्ठ पुर्व अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ ।  –पुर्णरुपमा  उद्योग बन्द नहुदै मेरो संयोजकत्वमा सर्वपक्षिय समिति गठन गरेका थियौं ।  जसबाट  ढिलपील उद्योग सञ्चालनमा आएको थियो ।  तर पछि सरकारले उद्योग बन्द गर्ने निर्णय गरेछ । यसमा हामीलाई कुनै जानकारी दिएन । पछि उद्योग बन्द भएपछि पनि हामी यस क्षेत्रका उद्योगी व्यवसायीहरुको संगठनल बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संगठन, रुपन्देही व्यापार संघ, नेपाल राष्ट्रिय उद्योग व्...

धागो जोडिन ५० करोड, ‘मन्त्रीको आश्वासन मात्र’

Image
कृष्ण खनाल  बुटवल, साउन । उद्योग क्षेत्रमा नेपालकै गहनाको रुपमा रहेको बुटवल धागो कारखाना २०६४ फागुनदेखि पूर्णरूपमा बन्द छ । बन्द उद्योगका अधिकांस मेसिनहरुमा अझै पनि धागो बेरिएकै अवस्थामा छन् । धागो कारखानाको अवलोकनको लागि जाने जो कोहीले पनि अनुमान लगाउन सक्छ की धागो कारखाना चल्दा चल्दैको अवस्थामा बन्द भएको हो ।  चीन सरकारको सहयोगमा निर्माण भएको नेपालकै पहिलो र ठुलो ‘बुटवल धागो कारखाना’ पूर्णरुपमा बन्द भएको ९ बर्ष पुगेको छ । धागो कारखानाको उत्पादन बन्द भएपछि नयाँ मन्त्री मण्डल गठन हुनासाथ बुटवल आउने  उद्योग मन्त्रीहरुले ‘कारखाना अविलम्ब चलाउने’ ‘आश्वासन’ बाडेर जान छुटाउदैनन् ।  ०६४ सालबाट पुर्णरुपमा बन्द भएको बुटवल धागो कारखाना सञ्चालनको लागि पहल गर्ने भन्दै वि.स.२०६७ सालमा उद्योग मन्त्री भएका अनिल कुमार  झाले उद्योगलाई पुरानै अवस्थामा सञ्चालन गर्ने आश्वासन बाडेर फर्किए । सरकार परिर्वतन भयो वि.स.२०७० सालमा  अर्का उद्योग मन्त्री कर्ण बहादुर थापा पनि बुटवल आएर धागो कारखानाको अवलोकन गर्न छुट्याएनन् । उनले पनि धागो कारखानालाई पुरानै अवस्था जस्तै सञ्चा...

‘अविलम्ब स्वाथ्य ऐन ल्याउनुको विकल्प छैन’

Image
डा. नन्दा गुरुङ्ग अध्यक्ष, नेपाल चिकित्सक संघ, लुम्बिनी ।  ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा जन्मीएकी नन्दा गुरुङ्ग वि.स. २०६२ साल देखि भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्यायन  संस्थान (रणअम्बीका आँखा अस्पताल)मा नेत्र विशेषज्ञको रुपमा कार्यरत रहेकी छिन् । विपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठानबाट एमविविएस उत्तीर्ण गरी भैरहवामा कार्यारत रहेकी गुरुङ्ग हालै सम्पन्न नेपाल चिकित्सक संघ लुम्बिनीको अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएकी छिन् । बुटवल टुडेको अतिथि वार्तामा उनै अध्यक्ष गुरुङ्ग संघ बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी ।   चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्वाचित हुनुभएको छ, अबको योजना के छ ?  – हो, म विहिबार मात्रै चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा  सर्वसम्मत रुपमा चयन भएकी  छु । हाम्रो कार्यसमितिको पहिलो बैठक अझै बस्न सकेको छैन । शुक्रबार या शनिवार हाम्रो बैठक बस्ने छ । पहिलो मिटिङ्गबाट एजेण्डाका विषयमा हामीले विविध एजेण्डाहरु तयार गर्ने छौ । बैठकबाट आएका एजेन्डाहरुलाई हामीले अगाडी बढाउने छौं ।  अन्य संघ संस्थामा ...

‘मिल्क होलिडे’ले नछुने किसान, उत्पादित सबै दुधको पनिर

Image
कृष्ण खनाल बुटवल, साउन ।  कयौं पटक नेपालमा दुधको  मिल्क होलीडे हुँदा किसानहरुले सडकमा दुध पोखेर विरोध गरेको घटनाहरु सुनिदै आएको छ । तरु रुपन्देहीका एक किसान जसले उत्पादन भएको दुधको सबै मात्र पनिर बनाएर विक्रि गर्दै आएका छन् । जसबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् । कोरिया र हङ्गकमा बसेर नेपाल फर्किएका किसान हर्क बहादुर पुनले तिलोत्तमा–१६  भुपु सैनिक टोलमा व्यवसायीक  गाई फर्म खोलेर मनग्य आम्दानी समेत गर्दै आएका हुन । आज भन्दा करिव ३ बर्ष पहिला ‘रुहाना पसु फर्म’ नमको व्यवसायीक पशु फम खोलेका उनले त्यहिबाट  ६ जनालाई रोजगारी समेत  प्रदान गर्दै आएका छन् ।  फर्ममा अहिले ३८ वटा गाई रहेका छन् भने निकट भविश्यमा करिव ५० वटा गाई पु¥याउने लक्ष्य लिएको  पुनको भनाई रहेको छ । उनी भन्छन्–‘निकट भविश्यमा नै ५० वटा भन्दा बढि गाई पाल्ने योजना रहेको छ  । ’ करिव ६० लाख लगानीमा सुरु गरेको  फर्मबाट अहिले दैनिक १  सय ५० लिटर दुध उत्पादन हुने गरेको छ । आफ्नो घर परिवार र केही प्रतिशत मात्र दुध विक्रि गर्दै आएका पुनले अन्य सबै दुधको पनिर बनाएर व...

‘निकट भविश्यमा पाउडर दुध प्लान्ट स्थापना गर्दैछौं ’

Image
हिरा बहादुर केसी सञ्चालक, शिवगंगा  डेरी उद्योग देवदह–१० भलुहि रुपन्देही ।   वि.स. २०६५ सालमा देवदह–१० भलुहिमा स्थापना भएको शिवगंगा डेरी उद्योगले उत्पादन गरेका दुग्धजन्य परिकारहरु यस क्षेत्रमा मात्र नभई काठमाण्डौमा समेत निर्यात हुने गरेका छन् ।  उद्योगले किसानबाट संकलन भएको दुधलाई प्रशोधन गरी पुन  प्याकिङ्ग गरेर विक्रि वितरण समेत गर्दै आएको छ भने अन्य विभिन्न दुग्धजन्य परिकार समेत बनाएर विक्री गर्दै आएको छ । डेरीले अगाडी सारेका विभिन्न उदेश्य र विविध विषयमा केन्द्रीत रहेर डेरीका सञ्चालक हिरा बहादुर केसी संग बुटवल टुडेकर्मी कृष्ण प्रसाद खनाल ले गरेको कुराकानी ।   डेरी उद्योगमा कति लागानी गर्नुभएको छ ?  –अहिले सम्म करिव २ करोड लगानी पुग्यो होला । डेरी कसरी स्थापना गर्नुभयो ?  –मेरो बुबा आमाले पहिला देखि नै  गाई भैसी पाल्ने, दुध विक्रि गर्ने लगायतका काम गर्नुहुन्थयो । म पनि विद्यालय उमेर विद्यालय जाने समयमा दुध क्यानमा बोकेर साईकलमा पु¥याउथे । विद्यालयमा अध्यायन गरेर साँझ घर फर्कन्थे । जसको कारण मलाई यो व्यवसायमा लाग्ने पेरेणा प्रद...

२१ बर्षमै व्यवसायीक गाई फर्मको सञ्चालक

Image
कृष्ण खनाल बुटवल, ३० असार ।  कक्षा १२ को अध्ययन पुरा गरेपछि  अधिकांस युवाहरुको  रोजाई विदेश  हुने गर्दछ । तर रुपन्देहीका एक  युवाले भने विदेशमोह त्यागेर स्वदेशमा नै व्यवसायीक गाई फार्म खोलेका छन्  । २१  बर्षीय युवाले कक्षा १२ सम्मको अध्यायन  पुरागरी आफ्नै आमा संग मिलेर व्यवसायीक गाई पालन सुरु गरेका हुन् । वि.स.२०७० सालमा रुपन्देहीको ख.बनगाई गाविस–१ हिरापुरमा युवा किसान सुवास तिवारीले आफ्नी आमा प्रेम कुमारी तिवारी संग मिलेर ‘तिवारी गाई फर्म’ स्थापना गरी व्यवसायीक रुपमा गाई पालन सुरुवात गरेका हुन । जिल्ला पशु सेवा कार्यालय रुपन्देही मार्फत युवा लक्षित कार्यक्रम अन्र्तगत अनुदान पाएका उनले करिव १० लाखको लागतमा गाई फर्म स्थापना गरेका  हुन । उनी भन्छन्–पढेर मात्र केही रोजगारी पाईने होईन, त्यहि भएर आमा संग मिलेर घरमा नै गाईफर्म स्थापना गरी स्वारोजगार हुने  काम गरेको छु ।  कक्षा १२ को परिक्षा दिएपछि ईलेक्ट्रिोनिक्स र ओभरसियर पढेका उनले प्राविधिक विषय अध्ययन गरेरपनि राम्रो जागिर नपाएपछि व्यवसायीक गाई फर्ममा हात हालेको बताए । अहिले ३...

जनप्रतिनिधि विहिनको असर, विकास योजनामा आफुखसी ?

Image
कृष्ण खनाल बुटवल ।  गत आर्थिक बर्ष २०७२÷०७३ बुटवल–१३ का स्थानिय सरोकारवाला व्याक्तिहरु नगरपालिकामा डेलिगेसन नै गएर वडाका विभिन्न स्थानमा करिव ८ लाख रुपैयाँ बराबरको मिस्कट खसाल्ने सम्झौता भयो ।  जहाँ बाटो पिच भएको छैन, बर्षातको समयमा हिलोको कारण हैरान हुन्छ त्यो स्थानपहिचान गरी मिस्कट खसाल्ने नगरपालिकासंग टोल संमन्वय समितिका पदाधिकारी, स्थानिय व्याक्तिहरुका विचमा सम्झौता भएको थियो ।  वडा  १३ मा करिव ८ लाख रुपैयाँ बराबरको मिस्कट आउने र बर्षातको समयमा राहत पाउने आशामारहेका बुटवल–१३ का  त्यो आर्थिक बर्ष यत्तिकै गयो । स्थानियले मिस्कटको नाम मात्र सुने तर देख्न पाएनन् । बुटवल–१३ का स्थानियवासिन्दा तथा हालै टोल संमन्वय समितिको संयोजकमा नियुक्ती भएका युवराज राना भन्छन्–‘कुन–कुन स्थानमा आवश्यक छ, मिस्कट भन्ने विषयमा  सुपरिवेक्षण समिति बनाएर कामगर्ने कुरा भएको थियो, तर समितिले कतिखेर आयो, कतिखेर गयो टुङ्गो भएन ।’  नगरपालिकाले  मिस्कट खसाल्नको लागि ‘टेण्डर गरेको’  भनिए पनि त्यस विषयमा समेत कुनै जानकारी नभएको संयोजक राना बताउँछन् । तर, नग...

घाँसको पोषण कायम राख्न ‘साईलेज’ पद्धती

Image
कृष्ण खनाल बुटवल, २९  असार ।  रुपन्देहीको सौ. फर्साटिकर गाविस–५ मा रहेको नवदुर्गा गाई भैसी फर्मका सञ्चालन डेम प्रसाद पौडेलको शैक्षिक योग्यता सिभिल ईन्जीनियररिङ्ग हो । अहिले ४९ बर्षमा टेकेका पौडेलले उमेरको अधिकांस समय ईन्जीनियरिङ्ग क्षेत्रमा विताएका छन् । तर स्वदेशमा नै कृषि तथा पशुपालनबाट  राम्रो आम्दानी गर्न सकिने सोँचका साथ उनले वि.स. २०६८ सालमा फर्म नै दर्ता गरी व्यवसायीक रुपमा गाई र भैसी पाल्दै आएका छन् । आफ्ना ८१ बर्षिय बुबा आत्मराम पौडेलले पनि  गाई फर्ममा सघाउ दै आएका छन् ।  २ हेक्टर क्षेत्रफल अर्थात ३ विघा मा हरियो घाँस खेती गर्दै आएका पौडेलले सिजनको बेला उत्पादन भएको घाँस व्यवस्थापनको लागि ‘साईलेज’ पद्धतीको सुरुवात गरेका छन् । करिव २० लाख रुपैयाँ लगानीमा  सुरुगरेको फर्ममा पौडेलले  ३५ वटा गाई र ५ वटा भैसी पालन गरेका छन् । केही बर्ष पहिला जिल्ला पशु सेवा कार्यालयबाट अनुदान पाएका पौडेलले ईन्जीनियरिङ्ग  पेशा भन्दा पनि बढि सन्तुष्टि  पशुपालन व्यवसाय बाट मिलेको बताउछन् । उनी भन्छन्–‘कामको  लागि दिनभर लखर, लखर डुलेर घर परिवारलाई...

विदेश मोह त्यागेर पशु फर्म सञ्चालन, आफु स्वरोजगार,११ जनालाई रोजगार

Image
कृष्ण खनाल बुटवल, २ साउन । वि.स.२०५२ सालमा  मात्र ३ वटा गाईबाट आफ्नो व्यवसाय सुरु गरेका यज्ञमुर्ती खनालले विदेशी विलाशिताको मोह त्यागेका छन् । भारती सैनिकको जागिर त्यागेर उनले नेपालमा आएर व्यवसायीक गाई, भसी फर्म  स्थापना गरेका छन् ।  गुल्मी जिल्लामा सिर्सेनी गाविसमा स्थायी  घर भएका खनालले अहिले तिलोत्तमा नगरपालिका ७ नयाँमिलमा व्यवसायीकरुपमा पशु पालन व्यवसाय अपनाएका छन् । १० धुर जग्गामा ३ वटा गाई पालनबाट व्यसायमा हात हालेका खनालले ‘उमादेवी पशु विकास फर्म‘नामको  पशुफर्म समेत दर्ता गरि सञ्चालनमा ल्याएका छन् । उनको फर्ममा अहिले गाई तथा भैसी गरेर १ सय ३० वटा रहेका छन् । आफु, छोरा र श्रीमति त्यहि व्यवसायबाट स्वरोजगार बनेका खनालको परिवारले गाईको स्याहार सुसार गर्ने, घाँस काट्ने, दुध संकलन तथा ढुवानी देखि लिएर विभिन्न प्रयोजनको लागि ११ जनलाई रोजगारी समेत दिएका छन् ।  अहिले ५ विघा क्षेत्रफल लिज (भाडा)मा लिएर व्यववसायी रुपमा  अगाडी बढेका उनको फर्ममा अहिले ५६ वटा दुहुनो गाई मात्र छन् भने अन्य केही व्याउने गाई र भैसी छन्  । फर्ममा केही संख्यामा...

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती

Image
कृष्ण खनाल बुटवल, २५ असार ।  नेपाली साहित्यमा एमफिल गरेका र साहित्यमा नै पि.एच.डी.गर्दै गरेका श्रीमान् र बेलायतको लण्डन युनिर्भरसिटीबाट विजेनेश म्यानेजमेन्टमा एमडि गरेकी श्रीमतीको जोडी अहिले कहाँ व्यस्त होला । सायद सबैको अनुमान हुन्छ वैदेशिक रोजगारीमा वा कुनै प्रख्यात विश्व विद्यालय शिक्षक को भुमिकामा । तर यो अनुमान गर्ने जो कोहीको अनुमान फेल खान्छ । रुपन्देहीको सैनामैना नगरपालिका–४ लखनपारामा यो जोडी अन्यकेही नभएर बाख्र्राको स्याहार सुसार तथा घाँस खेतीमा व्यस्त देखि न्छ ।  शुक्रवार दिनको करिज ४ बजे शिक्षित जोडीले सञ्चालन गरेको सैनामैना सामुदायिक  बाख्रापालन तथा नस्ल शुधार केन्द्रमा जाँदा  धुले र हिलै सामान्य पोसकमा त्यो जोडीले बाख्रालाई दाना  पानी खुवाउनै  व्यस्त थियो । ४४ वर्षिय प्रेमसागर पौडेल र उनकी श्रीमती  ज्ञानकुमारी पुनले आफ्ले अध्यायन गरेको सिपलाई व्यवहारमा लागू गरी नमुना बाख्रा फर्म सञ्चालन गरेका छन् । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले नमुना कन्ट्याक्ट फार्मिङ्गको रुपमा समेत लिएको उनको फर्ममा अहिले ३ सय ६४ वटा बाख्रा रहेका छन् ।...

रुपन्देहीका किसानलाई परिचयपत्र कहिले ?

Image
कृष्ण खनाल बुटवल, २२ असार । जिल्ला कृषि विकास कार्यालय नवलपरासीले यहि असार २० गते बटा किसान परिचय पत्र वितरण सुरु गरेको छ । कृषि विकास कार्यालय नवलपरासीका योजना अधिकृत एवं सुचना अधिकारी श्रीकान्त घिमिरेका अनुुसार पहिलो चरणमा जिल्लाका ६ हजार किसानले किसान परिचय पत्र पाउनेछन् । लुम्बिनी अञ्चलमा पहिलो पटक नवलपरासीमॉकिसान परिचय पत्र’ वितरण गरिएको थियो । तर खाद्यान्न उत्पादनमा देशकै नमुना जिल्लाको रुपमा रहेको रुपन्देहीमा भने किसान  परिचय पत्र यो बर्ष वितरण नहुने पक्का भएको छ ।  कृषि मन्त्रालयबाट ‘पाईलट पोजेक्ट’को रुपमा नवलपरासी जिल्ला छनौट गरेपछि रुपन्देहीका किसानहरुले यस बर्ष ‘किसान परिचय पत्र’ पाउने छैनन ।  किसान परिचय पत्रको आधारमा किसानहरुले अहिले सम्म के कस्तो प्रकृतिको सेवा सुविधा सरकारी निकायबाट प्राप्त गरे, कुन किसानको के कती  जमिन छ, कुन किसानले के कस्तो प्रकृतिको खेतीवाली तथा पशुपालन गरेको छ भन्ने विषयमा जानकारी हुन्छ । तर  लुम्बिानी अञ्चलका गुल्मी, पाल्पा, अर्घाखाँची सहित कपिलवस्तु र रुपन्देहीका किसानहरु किसान  परिचय पत्र  पाउन सकेका...

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै

Image
कृष्ण खनाल बुटवल, असार । उपभोक्ताका आँखै अगाडी माछा छोपेर विक्रि वितरण गर्ने ‘जिउँदो माछा पसल’ रुपन्देहीमा क्रमस बढ्दै गएका छन् ।  आज भन्दा केही बर्ष पहिला जिउदो माछा पसलको संख्या रुपन्देहीमा नगण्य मात्रामा थियो । तर पछिल्लो समयमा जिल्लामा करिव ढेड दर्जन भन्दा बढि  जिउदो माछा पसल सञ्चालनमा आएका छन् ।  माछाको लागि अब्बल जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देही जिल्लामा खासगरी सहर केन्द्र्रीत जिउदो माछा पसल सञ्चालकहरु बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  मत्सय विकास अधिकृत रमेश जैसवाल बाताउछन् । उनका अनुसार ग्राहहरुको माग अनुसार ताजा प्रकृतिको माछा विक्रि वितरण गर्ने गरी रुपन्देहीमा पछिल्लो समयमा जिउदो माछा पसल खोल्ने क्रम बढ्दै गएको छ । उनी भन्छन्–‘ग्राहकहरुले आफ्नै आँखा अगाडी  जिउदो माछा समातेर मारेर लैजाने क्रम बढ्दो छ, जसको कारण यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरु पनि उत्साहित भएका छन् ।’ रुपन्देहीमा जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएर १८ वटा  जिउदो माछा पसल सञ्चालनमा आएका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले यसरी ज...

विना मल खेतमा रोपाईं

Image
कृष्ण खनाल  बुटवल, १८ असार ।  जिल्ला कृषक  संमन्वय समितिका अध्यक्ष जय प्र काश यादवले आफ्नो खेतमा अहिले सम्म करिव ५ प्रतिशत मात्र रोपाईं गरेका छन् । उनले आफ्नो खेतमा विना डिएपी मल विना नै रोपाई गर्न बाध्य भए ।‘ मल पाइएलाकी भन्ने आशाले अझै केही बाँकी खेत राखेको छु, हेरौ कहिले डि एपी आउछ, अनि रोपाई गर्ने हो ।’–उनी भन्छन् । जिल्लाका समग्र किसानहरुको प्रतिनिधित्व गर्ने अगुवा किसानहरु जस्तै हाल अहिले रुपन्देहीका किसानहरुको रहेको छ  । खेतमा धान रोप्ने मध्य असार  सम्म जिल्लामा डिएपी  मलको चरम अभाव भएको कारण किसानहरुले अहिले विना मल धान रोपाई गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  अनुसार जिल्लामा  असार १५ सम्म करिव २० प्रतिशत रोपाईं भएको छ । ति रोपाई अधिकांस मल विना नै रोपार्इं गरेको किसानहरु बताउँछन् ।  कतिपय किसानहरुले डिएपी मल सहज रुपमा पाउने आशामा ब्यडमै धानको विउ‘बुढ्याए’का छन्   ।  किसानहरुले धान रोप्ने सिजनमा डिएपी मलको अभाव हुदा किषानहरु धान रोप्न पाएका होईनन् । सरकारले तेस्रो मुलुकबाट टेण्डर मार्फत म...

सन्र्दभः १३ औं राष्ट्रिय धान दिवस: खुम्चीदै धान खेती क्षेत्र

Image
कृष्ण खनाल बुटवल, १४ असार । आज देशभर ‘व्यवसायीक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने मुल नाराका साथ १३ औं राष्ट्रिय धान दिवस मनाईदै छ । धान खेतीलाई नेपालको प्रमुख खाद्यान्न बालिको रुपमा लिईन्छ । तर देशभर विभिन्न प्रकृतिको कारण धान खेती क्षेत्र कम हुदै गएको छ ।  आर्थिक बर्ष २०४८÷०४९ सालमा रुपन्देहीमा कुल ६४ हजार ४ सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती हुन्थ्यो । सोही आर्थिक बर्षमा जिल्लामा कुल १ लाख २१ हजार ७ सय १  मेट्रिक टन धान उत्पादन भएको थियो । २० बर्षको तथ्यांकलाई केलाउदा रुपन्देहीमा धान उत्पादन हुने क्षेत्रफल आर्थिक बर्ष २०६२÷०६३ मा धान खेती हुने क्षेत्रफल ह्वात्तै घटेको छ । उक्त  आर्थिक बर्षको अघिल्लो आर्थिक बर्ष २०६१÷०६२ मा कुल ७३ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती भई कुल २ लाख २५ हजार ४ सय ५६ मेट्रिक टन धान उत्पादन भएको थियो ।  तर आर्थिक बर्ष २०६२÷०६३ मा अघिल्लो बर्षको तुलनामा ७ हजार २ सय २० हेक्टर जमिनमा धान खेती हुन छाडेको छ । सो आर्थिक बर्षमा कुल ६५ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमा मात्र धान खेती भएको छ । जसबाट कुल १ लाख ५९ हजार ६...

रोपारले होईन, मेसिनले धान रोपाईं

Image
कृष्ण खनाल  बुटवल, १५ असार । विगतका बर्षहरुमा रुपन्देहीको धान रोपाई महोत्सवमा पहिला ट्याक्टरले हिलाम्मे बनाएको खेतमा खेतालाको रुपमा प्रमुख अतिथि, विशिष्ठ अतिथि त था अन्य अतिथिहरुले रोपारको रुपमा भुमिका निर्वाह गर्दथे । रोपार र बाउसेको रुपमा अतिथिहरुले आफै धानको विउ हातमा लिएर रोप्थे तर  बुधवार रुपन्देहीको पट्खौली गाविसमा भने फरक दृश्य देखियो । प्रमुख जिल्ला अधिकारी  विष्णु प्रसाद ढकाल रहेको रोपाई महोत्सवमा प्रमुख अतिथि ढकाल र जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटा हिलोमा पसे तर उनीहरुको हातमा धानको विउ नर्भइ धान रोप्ने मेसिनको ह्यान्डील थियो । पहिलो पटक रुपन्देहीमा भित्र्ीएको धान रोप्ने मेसिनबाट रुपन्देहीमा रोपाई महोत्सव गरिएको छ । प्राविधिकको सहयोगमा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल र कृषि कार्यालय प्रमुख भोजराज सापकोटाले संयुक्तरुपमा मेसिनले धान रोपेर धान दिवसको सुभारम्भ गरेका थिए । छाटो समयमा रोपार विना नै धेरै धान रोप्ने मेसिन रुपन्देही जिल्ला कृषि विकास कार्यालयको अनुदानमा केही समय पहिला भित्र्याइएको हो ।