नापी कार्यालयमा निवेदनको चाङ, बर्ष दिनसम्म नाप जाँच हुदैन

कृष्ण खनाल
बुटवल, २२ बैशाख ।
गत बर्ष बैशाख महिनामा नापी कार्यालय बुटवलमा आउदा हुँदा खुसी भएका यस क्षेत्रका सेवाग्राहीहरुको  खुसी एक बर्ष वित्दा समेत सार्थकता पाउन सकेको छैन । जग्गा विक्रिको लागि नक्सा नापजाँज गर्न बुटवलको नापी कार्यालयमा निवेदन दिएकी यस क्षेत्रका सेवाग्राहीह
रुले अहिलेसम्म पनि सर्वेक्षककबाट जग्गा नाप जाँच गराउनु पाएका छैनन् । यो समस्या एक जना  सेवाग्राहीहरुको मात्र होईनबुटवलमा नापी कार्यालय स्थापना  पछि केही राहतको महसुस गरेका यस क्षेत्रका स्थानियहरुले काम दुर्तगतिमा नहुँदा  निरास बनेका हुन । 
 अन्य काम समयमा नै पुरा भएपनि नापी कार्यालयबाट जग्गा नापजाँच समयमा हुन नसक्दा स्थानिय सेवाग्राहीहरुले आक्रोश समेत व्यक्त गर्नथालेका छन् ।  नापी कार्यालय बुटवलका प्रमुख धुब्रराज मरासेनी सेवा ग्राहीरुको चाँपको कारण समस्या आएको बताउछन् । उनी भन्छन्–‘यो यहाँको मात्र समस्या होइन नेपाल भरकै समस्या हो, दिनमा ४÷५ वटासम्म जग्गा नापीको लागि निवेदन आउने गरको  छ, जग्गा नापको लागि समस्या छ ।’
नापी कार्यालय बुटवलका सर्बेक्षक घनश्याम अर्यालका अनुसार एक हप्तामा मुस्कीलले जम्मा ६ वटा सम्म जग्गाको नाप जाँच हुन्छ । जसको कारणले पनि नापीमा ढिला हुने गरेको हो । उनी भन्छन्–‘प्रक्रियागत रुपमा प्र्रक्रिया पुरा गर्नुपर्ने हुन्छ, कार्यालय समयमा कार्यालयमै काम गर्नु प¥यो, विदाको दिनमा कति भ्याउनु समस्याको विषय छ ।’
नापी सर्बेक्षकहरुको संख्या दरबन्दी अनुसार नुहँदा विदाको दिन र कार्यालय समय पश्चात सर्वेक्षकहरुले जग्गामा भएको स्थानमा गएर जग्गा नाप–जाँच गर्दछन् । सर्बेक्षक अर्याल भन्छन्–‘दिनमा ३÷४ वटा निवेदन आउछ, सेडुल मिलाएर जग्गा नापको लागि जाने हो, हप्तामा  ६÷७ वटा भन्दा बढि भ्याइदैन, समस्या यस्तै छ ।’ 
बुटवलमा रहेको नापी कार्यालयको कार्यक्षेत्र साविकको गाविसहरु आनन्दबन, मक्रहर, सेमलार, मोतिपुर, करहिया, पर्रोहा, दुधराक्ष, गजेडी, केरवानी हो भने बुटवल नगरपालिका पनि कार्यक्षेत्र अन्र्तगत पर्दछन । जिल्लागत रुपमा कार्यक्षेत्रले १० प्रतिशत क्षेत्रफल ओगटेको भएपनि  सबैभन्दा बढि जग्गाको कारोवार हुने क्षेत्रको रुपमा यहि क्षेत्र भएको कारण करिव ५० प्रतिशत भन्दा बढि भार थेग्नु परेको नापी कार्यालय बुटवलको तथ्यांकमा पाईन्छ । 

भौतिक सुविधाको अभाव झेलेको नापी कार्यालय बुटवल भाडामा लिएको भवनमा रहेको छ । जसको कारण पनि सेवा ग्राहीहरुलाई सहज रुपमा सेवा प्रदान गर्न नसकिएको कार्यालय प्रमुखले स्वीकार गरेका छन् । ‘देशकै नमुना नापी कार्यालयको रुपमा बनाउने योजना छ, तर के गर्नु भौतिक संरचना छैन, जग्गाको विषय टुङ्गो लागेको छैन, भवन निर्माणको कुरा यस्तै छ ।’ नापी कार्यालयबुटवलका प्रमुख धुब्रराज मरासेनीले भने –‘नापी र मालपोत कार्यालय छुट्टा छुट्टै स्थानमा निर्माण गर्ने कुरा हुदैन, बल्ल मालपोतका प्रमुख आउनुभा’छ, अव केही कुरा अगाडी बढ्ला ।’
गत बर्षको असोज महिनामा बुटवलमा सरुवा भएको नापी कार्यालयमा अहिले सम्म १३  लाख ५ हजार रुपैयाँ बराबरको नक्सा विक्रि गरेको छ । एउटा नक्साको १ सय रुपैयाँ पर्दछ । जसबाट हिसाव गर्दा करिव १३ हजार सेवा ग्राहीहरुले सेवा लिएका छन् भने करिव १७ लाख रुपैयाको रेखांकन र ८ हजार १ सय  वटा कित्ता काट गरिएको कार्यालय प्रमुखले जानकारी दिए ।
नापीको नक्सा तथा नाप जाँच कार्य डिजिटलाईज कम्प्युटर प्रणालीबाट गर्ने व्यवस्था नभएको कारणले पनि काममा ढिलाई हुने गरेको नापी कार्यालयले जनाएको छ । केन्द्रीय प्राणालीनै कम्प्युटराईज पद्धतीबाट अगाडी बढाउने नीति भएको भए यो समस्या  नहुने कर्मचारीहरु बताउछन् ।  यसको लागि  नेपाल सरकारले अझै सफ्टवेयर विकास गरेको छैन । टान्सपरेन्सी ईन्टरनेशनल समुहसंंग आवद्व पारदर्शी सरोकार समुह रुपन्देहीका अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले कुनै पनि सेवाग्राहीलाई भौतिक पुर्वाधार अभावको कारण देखाउदै काममा जालझेल गर्न नपाउने बताउछन् । उनी भन्छन्–‘भष्ट्राचारलाई बढावा दिने काम गर्नु गलत हो, यो या त्यो वाहनामा कुनै पनि  सेवा ग्राहीलाई सेवाबाट बञ्चित गराउनु पाईदैन । 
भष्ट्राचार विरुद्व काम गर्दै आएको पारदर्सी सरोकार समुहका कोषाध्यक्ष दिपक ढकालले सेवा ग्राहीलाई सेवा प्रदान गर्न भन्दै जनताले तिरेको करबाट पालिएका कर्मचारीहरुले यो या त्यो वाहनामा सेवाग्राहीहरुको काममा अवरोध गर्न नपाउने बताउछन् । उनी भन्छन्–‘विभिन्न वाहनामा कर्मचारीले सेवा ग्राहीहरु माथि ठग्ने, घुस माग्ने काम कानुनत वर्जित  कुरा हो जनु गर्न पाईदैन ।
नापी कार्यालय बुटवलका प्रमुख धुब्रराज मरासेनीका अनुसार गत चैत मसान्त सम्म जग्गा नापजाँचको लागि १ सय ४० जना सेवा ग्राहीहरुले निवेदन दर्ता गरेका थिए । ति मध्ये ७८ वटा मात्र जग्गाको नापजाँच भएको छ । अझै ६२ वटा  निवेदनको जग्गा नापा जाँच गर्न बाँकी छ । जुन तथ्यांक चैत मसान्त सम्मको मात्र हो । बैशाख महिनामा अझै यसको संख्या थपिएको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती