कृषि विमाप्रति किसान उत्साहित


कृष्ण खनाल
बुटवल, ५ जेठ ।
केही समय पहिला जिल्ला कृषि विकास कार्यालय रुपन्देहीमा एक कार्यक्रम आयोजनामा रुपन्देहीको सिक्टहनगाविसमा ३ कठ्ठामा लगाइएको टमाटर खेती नष्ट भएपछि विमा गरेकी मन्जु मुल्लाहले २७ हजार क्षतीपुर्ती पाईन । सिद्धार्थ ईन्स्योरेन्स कम्पनीमा विमा गरेकी उनाले भन्दै थिईन्–‘पहिला विमा भन्ने विषयमा केही जानकारी थिएन, अहिले आएर बल्ल
थाहा पाए, ३ कठ्ठाको टामाटर नष्ट भएपछि क्षतीपुर्ती पाउँदा खुसी लागेको छ ।
यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । रुपन्देहीमा पछिल्लो समयमा कृषि बालि विमा गर्ने किसानहरुको संख्या बढ्दो छ ।  गत बर्ष पुस १८ गते रुपन्देहीमा पहिलो पटक दयानगर गाविस–७ छपियामा रहेको ग्रिन साईन कृषि फार्माले माछाको विमा गरेको थियो । बुटवलमा शाखा कार्यालय रहेको पुन्ट्रेन्सीयल इन्स्योरेन्स कम्पनी मार्फत माछाको विमा गरिएमा अहिले उक्त  क्षेत्रका किसानहरुले माछाको विमा गर्दै आएका छन् । 
जिल्ला कृषि विकास कार्यालयबाट अनुदानको रुपमा प्रदान गरिने विभिन्न कार्यक्रमरुमा किसानहरुलाई बालि क्षती भएपनि  कुनै घाटा नलागोस भन्ने हेतुले अनिवार्यरुपमा विमाको अवधारणा ल्याएपछि बालि विमा गर्ने किसानहरुको संख्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् । 
उनी भन्छन्–‘किसानले १ लाख रुपैया बराबरको अनुदानको लागि साढ् १२ सय रुपैयाँमा विमा गर्दा यदि कुनै कारणले पुरै बालि नष्ट भएमा ९० हजार रुपैयाँ विामा बापत पाउछ, त्यहि भएर हामीले अनिवार्य विमा योजना ल्याएका हौं । ’
कृषि विमा गरेपछि किसानहरुको आर्थिक जोखिम कम हुने भएको कारण  पनि विमा योजना अगाडी बढाइएको उनको भनाई रहेको छ । 

रुपन्देहीमा जिल्ला कृषि विकास कार्यालयसंगको संमन्वयमा सिद्धार्थ ईन्स्योरेन्स कम्पनी लिमिटेडले बालीमा बिमा गर्दै आएको छ । नेपाल सरकार कृषि मन्त्रालय, कृषि विभाग संग भएको सम्झौता अनुसार सिद्धार्थ ईस्योरेन्स कम्पनीले रुपन्देहीमा किसानहरुले लगाएको बालि तथा पशुको  विमा गर्दै आएको छ । 
 उक्त कम्पनीका बालि तथा पशु विमा प्रमुख डोलराज  गैरेका अनुसार रुपन्देहीमा केही समय देखि बालि विमा गर्ने किसानहरुको संख्या बढ्दो छ । उनका अनुसार जिल्लामा बालि तर्फ चैते धान, गहुँ लगायत, माछा, तरकारी तर्फ टमाटर, काउली, केरा खेती लगायतमा किसानहरुले विमा गर्ने गरेका छन् । 
 विमा गरेपछि जोखिम कम गर्नको गर्न सघाउने पु¥याउने भन्दै नेपाल सरकारले प्रदान गर्ने  अनदुदानमा अनिवार्य रुपमा विमा गर्नुपर्ने व्यवस्था गरेको छ । जसको कारण किसानहरुलाई आर्थिक व्यवहभार कम पर्ने जनाइएको छ । 
रुपन्देहीमा सबै भन्दा बढि किसानहरुले टमाटर खेतीमा, केरा खेती र माछा खेतीमा विमा गर्ने गरेका छन् । सिद्धार्थ ईन्स्योरेन्स कम्पनीले करिव ५÷६ महिना देखि विमा गर्ने गरेकोमा छोटो समयमा नै किसानहरु उत्साहित रुपमा विमा गर्न कस्सीएको सिद्धार्थ ईन्स्योरेन्स कम्पनीका  वालि तथा पशु सेक्टर प्रमुख गैरेको भनाई रहेको छ । उनी भन्छन्–‘हामीले केही समय पहिला बालि विमामा क्षती भएको क्षतीपुर्तीको रकम प्रदान गरेका थियौं, जसको कारण पनि किसानहरु उत्सहित हुनुभएको छ ।’
अहिले जिल्लाको करिव ४ हेक्टर क्षेत्रफलमा लगाइएको चैते धानमा विमा गरिएको छ भने युवा लक्षित कार्यक्रममा अनुदान पाएका किसान ६६ जनाले प्रत्येक एक विघा क्षेत्रफलमा लगाएको तरकारी तथा अन्य बालिजन्य उत्पादनमा  समेत विमा गरेका छन् । एक सिजनमा ६६ हेक्टर क्षेत्रफलमा विमा गरिएकोमा अर्को चरणको कार्य जारी रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । सिद्धार्थ ईन्स्योरेन्सले बालिको क्षती परिमाणलाई प्राविधिक टोलीको निरिक्षण प्रतिवेदन अनुसार ९० प्रतिशत सम्म विमा बापतको रकम प्रदान गर्दैै आएको जनाएको छ । जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जैसवालका अनुसार माछामा पनि किसानहरुले जोखिम कम गर्न क्रमस विमाको अवधारणा बढाउदै  लगेका छन् । माछाको विशेष पकेट क्षेत्रको रुपमा लिइएको रुपन्देहीको दयानगर, छपिया क्षेत्रका किसानहरुले माछाको विमालाई समेत अगाडी बढाएका छन् । रुपन्देही जिल्लामा ७ प्रजातीका माछाहरु सिफारिस जातमा परेका छन् । चाईनीज कार्भ अन्र्तगत सिल्भर कार्भ(पहेलो माछा), ग्रास कार्भ(घाँस खाने माछा), विग्रेट कार्भ रहेका छन् भने ईन्डीयन कार्भ अन्र्तगत रहुँ, नैनी, भ्याकुर, कमनमा सिल्भर कार्भ रहेका छन् । प्राविधिक हिसाबले ६ वटा माछा पाल्दा उपयुक्त  हुने मत्स्य विकास अधिकृत बताउछन् । उनी भन्छन्–‘प्रयःले सात वटै माछा पाल्ने गरेका छन्, माछामा पनि विमा गर्नेहरु बढ्दै गएका छन् । ’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती