योगाले दिर्घजीवि...


कृष्ण खनाल
बुटवल, ३ जेठ । 

विहान करिव साढे ४ बजे कोही हातमा च्यादर बोकेर हिडीरहेका छन्, कोही अध्यारोमा मोवाईलको साहायताले  उज्याल गराउदै  हातमा पानीको बोतल त कोही केही कपडा लिएर हिडीरहेका छन् । उनीहरु सबै जना एक स्थानमा भेला हुन्छन् । सुरुवा हा.हा..हा...(ठुलो लामो हासो), स्वा. स्वा.. स्वा... लामो सास फर्दै छोड्ने यो प्रकृया केही समय रहन्छ । यो दृश्य सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–९मा रहेको बुद्ध टोल विकास समितिले आयोजना गरेको योग शिविरको हो । 
वृद्ध वृद्धाहरु देखि विद्यार्थीहरु समेत योग शिविरमा सहभागी भएका छन् । पुरुषहरु भन्दा अझ बढि महिलाहरु सहभागी भएका  छन् । यो एउटा उदाहरण मात्र हो । पछिल्लो समयमा योगा मार्फत  शरिर स्वथ्य बनाउनको लागि विभिन्न स्थानहरुमा समय समयमा  योग शिविर आयोजना हुने गरेका छन् । कुनै –कुनै विद्यालयहरुले  त नियमित रुपमा नै विद्यार्थीहरुको लागि योग अभ्यास गराईराहेका हुन्छन् ।  विद्यालय, टोल विकास संस्था कुनै कुनै सरकारी कार्यालयहरुले  समेत योग अभ्यास गराउने गरेको पाइन्छ । 
रुपन्देहीमा विगत लामो समयमा देखि रुपन्देहीको योग तथा प्राकृतिक चिकित्सामा  संलग्न  बरिष्ठ चिकित्सक डा. एस.के. धितालका अनुसार यो एउटा कला हो । जुन कलालाई निरन्तर अपनाउन सकिएमा दिर्घजिवी बन्न सकिन्छ । योगा एक दिन मात्र गरेर नहुने भन्दै उनले यसलाई निरन्तर निश्चित नियम र परिधिमा बाधिएर गर्नुपर्ने बताउछन् । उनी भन्छन्–‘योगा अभ्यास  विज्ञाले प्रमाणित गरेको अभ्यास हो, यसबाट धेरै रोग, विकार नष्ट भएको प्रमाणीत भएको छ ।’

‘रोगी निरोगी बनौं, निरोगी दिर्घजिवी बनौं’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै आगाडी बढिएको भन्दै उनले निरन्तरको योगाले मानिसको व्याक्ति विकस संगै, शाररिक र मानसिक रुपमा समेत फाईदा पु¥याउने जानकारी दिए । प्राकृतिक रुपमा निरन्तर बर्षौ देखि चिन्तन, मन्न, खोज अनुसन्धानबाट प्रमाणीत भएको योग कलालाई व्यवहारमा पुर्णरुपमा लागू गर्न सकेमा साच्चै दिर्घजिवी बन्न सकिने जनको धारणा रहेको छ । 
उनी थप्छन्–‘मानिसमा स्मरणशक्तिको अभाव, चिन्ता, डर, लगायतका यावत समस्याहरु हुन्छन्, ति समस्याको सामाधान योग शिक्षाबाटा प्राप्त हुने प्रामणित भैसकेको छ ।’
विगत लामो समय देखि  योग तथा अध्यात्मीक चिन्तनको विषयमा अध्यायन अनुसन्धान तथा प्रशिक्षण प्रदान गर्दै आएका योग एवम् प्राकृतिक चिकित्सक धुब्र कुमार घिमिरेले पनि  निरन्तरको योगाले मानिसको आनिवानीमा समेत परिर्वतन ल्याउने बताउछन् । उनका अनुसार मानिसले  विधि पुर्वक नियमित योग अभ्यास गर्दछ भने रोगव्याधी लाग्ने संभावना अत्यान्त न्युन हुन्छ ।
पछिल्लो युवा पुस्ता बढ्दो आधुनिकवाद तर्फ लागेको भन्दै उनले बालबालिका देखिबाट नैै निरन्तर योग शिक्षाको अभियान थालनी गर्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्–‘योग एउटा विज्ञालनले समेत प्रमाणित गरेको विषय भएको कारणले पनि यसका सबैको ध्यान जानु जरुरी हुन्छ ।’ माटो पन भएका मानिसहरुले निरन्तर योग अभ्यासबाट शरिरको मोटोपनि कम गर्न सक्नछन् भने ध्यान योगको कारण स्मरण शक्तिमा समेत वृद्धि विकास  हुने उनको तर्क रहेको छ । 
नेपालभर नै नियमित रुपमा योग शिविर सञ्चालन गदैै आएको व्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय संग आवद्ध योगाचार्य राम क्षेत्रीले अध्यात्मबाद नै  भौतिक सुखबाद भन्दा  लाखौ गुण ठुलो भएको बताउँछन् । विश्वका विभिन्न देशले योग शिक्षालाई पाठ्यक्रममा नै सुचिकृत गरेर लागु गरेको भन्दै उनले विद्यार्थी स्तरदेखि नै योगाको विषय समेट्नुपर्ने बताउछन् । उनी भन्छन्–‘ध्यान गर्नेहरुले निकै आनन्द महसुस हुने बताउँछन् र वैज्ञानिक शोध र अध्ययनले देखाएको आँकडाले पनि यो कुरालाई प्रमाणित गर्दछन् ।’ ध्यानको लोकप्रीयता बढ्दो छ । 
दैनिक ध्यान गर्नाले दिमाग शान्त त हुन्छ नै यो एपका माध्यमले गरिने कतिपय सेसनको सहयोगले काम गर्ने क्षमतामा उच्च वृद्धि हुने उनको दाबी छ । ‘यसले तपाईंको ध्यान र एकाग्रता उच्चस्तरको वृद्धि हुन्छ,’ उनी भन्छन् । ‘जो व्यक्ति आध्यात्म वा ध्यान गर्छन् तिनले एकाग्रता, राम्रो स्मरणशक्ति, तिनको बोलीचाली र काममा निकै ठूलो फाइदा पाइरहेका छन् ।’ उनले भने । 
अष्टाङ्गयोगमा, यम,नियम, आसन,प्राणायाम, प्रत्याहार, धारणा,ध्यान र समाधी गरी ८ प्रकृतिको हुने योगाचार्य क्षेत्रीको भनाई रहेको छ ।  उनी थप्छन्–‘योगका निश्चित यति नै प्रकार छन् भनेर यकिन गर्न सकिंदैन तर योगलाई आठ भागमा विभाजन गर्न सकिन्छ, जसलाई हामी अष्टांग योग पनि भन्न सक्छौं  ।’
पाँच बहिरंग योग हुन् भने तीन चाहिँ अन्तरंग योग । बहिरंग योगमा यम, नियम, आसन, प्राणायाम र प्रत्याहार पर्दछन् भने अन्तरंग योगमा धारणा, ध्यान र समाधि। दैनिक गरिने प्रक्रिया नै बहिरंग योग हुन ्(जस्तै – विहान उठ्ने, नुहाउने, सफा हुने, प्राणायाम गर्ने,श्वास प्रश्वास को प्रक्रिया), र हठयोग वा एक्सरसाइज आदि गर्ने । यी सबै प्रक्रिया अन्तरंग योगका लागि पूर्व तयारीको लागि गरिन्छ । अन्तरंग योग कठिन र निकै नै संवेदनशील हुन्छ । बहिरंग योग बाहिरको अंगसँगको क्रिया भन्ने बुझिन्छ, र अन्तरंग योग चाहिँ केवल अन्तःकरण हुनु भन्ने बुझिन्छ । 
योगको महत्व गाउ गाउमा र टोल टोलका विकास गर्नको लागि योग शिविर आयोजना गर्नुपर्ने बुद्धटोल विकास समिति योग शिविर संयोजक सावित्रा घिमिरे बताउछीन् । उनी भन्छीन्–‘बढ्दो आ धुनिकताबादको कारण, मानिसमा नैतिकता, योग साधान लगायतका विषय धरापमा परे, त्यहिभएर पनि योग शिविर आयोजना गरेका हौं ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती