अन्तराष्ट्रिय परिवार दिवस:– अस्थायी बढ्दै, स्थायी घट्दै


कृष्ण खनाल
बुटवल, १ जेठ । 
व्यक्तिगत जीवनमा पारिवारको महत्वलाई सम्मान गर्दै आज अन्तराष्ट्रिय परिवार दिवस मनाइदैछ । हरेक वर्ष मे १५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरेको थियो । सन् १९९३ मा भएको राष्ट्रसंघीय बैठकको निर्णयअनुसार परिवारको महत्वलाई अझ धेरै उजागर गर्न यो दिवस मनाउने घोषणा भएको थियो । त्यसपश्चात विश्वभर परिवार दिवस मनाउन थालिएको हो । परिवारको महत्वलाई कायम राख्न उत्प्रेरणा ज
गाउने उदेश्यका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।
परिवार दिवसमा पारिवारिक एकता, स्थायित्व र दिगो विकासको अवधारणा अगाडी बढाइएको भएपनि अझै पनि परिवारलाई सुखि र खुसी परिवारको रुपमा विकास गर्नको लागि  महत्वूर्ण निकाय परिवार नियोजन गर्नेको संख्यामा खासै वृद्धि हुन सकेको छैन । सानो परिवार सुखि परिवारको नारा दिएर परिवार नियोजनको लागि  विभिन्न निकायबाट व्यापक प्रसार प्रसार गरिए को हुन्छ । 
सरकारी तथा गैर सरकारी संस्थाहरुले  बर्षभरीनै यस्तो प्रकृतिको जनचेतना अभिवृद्धिको काम गर्दै आएका छन् । तर यथेष्टमात्रामा परिवार नियोजना गर्नेहरुको संख्या बढ्न सकेको छैन । यस बर्ष परिवार दिवसका लागि ‘परिवार, स्वस्थ जीवन र दिगो भविष्य’  नारा राखिएको छ । सामाजिक जीवनमा परिवारको निकै ठुलो भूमिका रहने हुँदा परिवारको संरक्षणबाट मात्रै त्यहाँका केटाकेटी र अन्य सदस्यहरु शिक्षित र सामाजिक बन्न सक्दछन् । साथै युवा सदस्यहरुले जिम्मेवारीको बोध गर्ने थलो नै परिवार हो ।
परिवार दिवस परिवार, व्यक्ति, समाज तथा संस्कृतिको महत्वलाई दर्शाउने र त्यसैको निरन्तरताको अभियान,खण्डिकरण, विश्वव्यापिकरण जस्ता समस्याले जहाँसुकै पनि पारिवारिक संरचनाहरु भत्किदै जाने र मानिसहरु जीवन निर्वाहकै लागि एक्लिदै जाने क्रम बढेको देखिन्छ । धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा कठिन किसिमका चुनौतिहरु खडा हुदै गएको   नेपाल बार एशोसियसन रुपन्देहीकी अध्यक्ष मिना पाण्डेको भनाई रहेको छ । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका परिवार नियोजना अधिकृत मनमोहन थापाका अनुसार  पछिल्लो  समयमा रुपन्देहीमा स्थायी प्रकृतिको परिवार नियोजन गर्नेहरुको संख्या घट्दै गएको  बताउछन् । उनी भन्छन्–‘ठ्याक्कै एकिन डाटा छैन, तर पछिल्लो समयमा स्थायी प्रकृतिको भन्दा पनि अस्थायी प्रकृतिको परिवार नियोजन गर्नेहरुको संख्या बढ्दो छ ।’
रुपन्देहीमा परिवार नियोजन गर्नेहरुमा सबैभन्दा बढि महिलाहरु रहेका छन् । गत बर्ष नेपाल परिवार नियोजना संघ र जिल्ला जनस्वाथ्यले आयोजना गरेको बध्याध्याकरण शिविरमा ५७२ मध्ये ५५१ महिलाले बन्ध्याकरण गरेका थिए । रुपन्देही जिल्लाका १६ स्थानमा डेढ महिनासम्म भएको बन्ध्याकरण शिविरमा ५५१ महिला र २१ पुरुष गरी ५७२ जनाले बन्ध्याकरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अधिकृत मनमोहन थापा  बताउछन् । परिवार नियोजन स्थायी प्रकृतिको कमैमात्राले गर्नेगरेकोमा त्यसमा पनि अधिकांस महिलाहरु बढि रहेका छन् । 
नेपाल परिवार नियोजना संघ शाखा  रुपन्देहीका अनुसार पहाडी जिल्लामा परिवार नियोजनाको सेवा लिनेहरुमा पुरुषहरुले भ्यासेक्टोमी बढि मात्रामा गराउने गरेका छन् भने तराईका जिल्लाहरुमा अधिकांस महिलाहरुले मिनिल्याप  गराउने गरेको पाइएको हो । 

नेपाल परिवार नियोजन संघ बुटवल रुपन्देही शाखा प्रबन्धक मोहन बस्यालका अनुसार तराईका जिल्लाहरुमा पुरुष बन्ध्याकरण सेवा  भ्यासेक्टोमी गर्नेहरु कम रहेका छन् भने महिलाहरुका संस्या उच्चरुपमा बढिरहेको छ । 
उनी भन्छन–‘तराईमा पुरुषहरु काम गरेर जिविकोपार्जन गर्नुपर्ने धारणा अहिले सम्म कायम रहेको कारणले महिलाहरुलाई बढि मात्रामा बन्धयाकरणको लागि दबाब दिने गरेको पाईन्छ ।’  उनका अनुसार अधिकांस तराईका जिल्लाका महिलाहरुले शिविरमा परिवार नियोजना गराउने गरेको पाईन्छ भने पहाडका जिल्लाहरुमा भने पुरुषहरुले शुविधासम्पन्न अस्पतालमा गएर बन्ध्याकरण  गराउने गरेका पाईन्छ । 
नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाबाट अघिल्लो आर्थिक बर्षमा  पुरुष बन्ध्याकरण गर्नेहरुको संस्या ३८ जना रहेको छ भने महिलाहरुको संख्या ४ सय ७३ जना रहेका छन् । यो तथ्यांकबाट रुपन्देही तराईको जिल्ला भएको कारणले अहिले सम्मपनि पुरुषहरुले बन्ध्याकरण गर्नुपर्दछ भन्ने मान्यता स्थापीत हुन सकेको छैन । 
परिवार नियोजन संघ शाखाले सोही अवधिमा परिवार नियोजनका अस्थायी साधनहरु कण्डम ९ सय ९  जनाले सेवा लिएका छन् भने पिल्स १२ सय ८२ जनाले, डिप्रोप्रोभेरा सुई ११ सय ५४ जनाले, कपरटी २ सय २० जनाले , नरप्लान्ट ९ सय ३८ जनाले सेवा लिएका छन् । 
त्यस्तै सोही अवधिमा शाखाबाट १३ सय ९६ जनाले  यौनरोगका उपचार गराएका छन् भने १७ जनाले बाँजोपनको उपचार, ३ सय ५२ जनाले एचआईभीको परिक्षण गराएकोमा १४ जनामा एचआईभि समेत देखिएको थियो  त्यस्तै ५४ सय ६१ जनाले प्रयोगशाला सेवा लिएका छन् भने ३३ सय ४१ जनाले साधारण स्वाथ्य उपचार सेवा र १० जनाले आक्स्मिक परिवार नियोजनको सेवा लिएका छन् । 
 नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा सभापती दिनेशराज जोशीका अनुसार परिवारलाई राम्रो  सुखि र खुसी बनाउनको लागि परिवारको आकार सानो हुनुपर्दछ । उनी भन्छन्–‘दुई सन्तान ईश्वरका बरदान भन्ने उखान नै काफी छ, सोेही अनुसार व्यवस्थापन गर्न सकियो भने परिवारिक वातावरण  राम्रो हुन्छ । ’
मेरी स्टोप्स ईन्टरनेशन नेपालका डिमाण्ड जेनेरेसनको अडीनेटर सुदनकुमार खत्रीले नेपालमा गत आर्थिक बर्षमा जम्मा ९० हजार ४ सय ६८ गर्भपतन सेवा प्रदान गरिएको तथ्याङ्क रहेकामा सो मध्ये ७८ हजार १ सय १ जना महिलाले ले सुचिकृत संस्थाबाट गर्भपतन सेवा लिएका थिए भने कुल १२ हजार ३ सय ६७ जनाले असुरक्षित तरिकाले गर्भपतन सेवा लिएको पाइएको छ  । परिवार नियोजनका विभिन्न प्रकृतिमा काम गर्दै आएको मेरीस्टोप्स सेन्टरका अनुसारसुदनकुमार खत्रीका अनुसार परिवारको आकार जति सानो भयो त्यति ने सुखि हुन्छ । उनका अनुसार  अहिले ४३ प्रशित मानिसले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेकोमा  यो आर्थिक बर्षको अन्तय सम्म प्रयोग दर ६७ प्रतिशतमा पुग्ने लक्ष्य लिएको छ । यद्यपी यसमा अस्थायी प्रकृतिको साधान प्रयोगमा बृद्धि भएको हो । 
ण्ढण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती