ज्यानै जोखिममा राखेर ‘स्टन्र्ड’

कृष्ण खनाल
बुटवल, ३० बैशाख ।
 काठमाण्डौंमा स्थायी घर भएका पुष्प बन्जारा केही  यता साहसी प्रर्दशनको रुपमा लिइएको माउन्टेन बाईक को स्टन्र्ड गर्दै आएका छन् ।  विहिवार बुटवलमा मान्टेन ड्युले आयोजना गरेको बाई स्टन्र्डमा उनले आफ्नो स्टन्र्ड देखाए  । बुटवलको देवीनगर चौपारी
मा आयोजना गरिएको स्र्टन्डमा उनी जस्तै रमेश, गौरव, सन्देश्वर लगायतका टिमले ज्यान नै जोखिम मालेर आफ्नो स्टन्र्ड देखाए । बुटवलमा आयोजना गरिएको उक्त स्टन्र्डमा खेलाडीहरुले मोटरसाईकल लाई एक हातले चलाउने देखि लिएर स्केट बोर्ड उडाउनेको साथै माउन्टेन बाईक समेत उडाउने गरी विभिन्न कला प्रस्तुत गरे ।
 सदैजसो चौपारीमा साझको समयमा  चिसो हावा खानको लागि जम्मा हुने स्थानियहरुले विहिवार फरक प्रकृतिको स्टन्र्डको महसुस गरे । मोटरसाईकललाई विभिन्न प्रकृतिले कलात्मक रुपमा  एक चक्काले मात्र गुडाउने देखि लिएर हातले मात्र बाईक गुडाउने, भुईमा खुट्टा राखेर बाईक गुडाउने देखि लिएर अन्य कलात्मक दृश्य देख्ने मौका पाए । 

माउन्टेन बाईकमा स्टन्र्ड गरेका पुष्प बन्जरा भन्छन्–‘पहिला पहिला स्टन्र्ड गर्दा डर लाग्थ्यो, तर अहिले बानी परिसक्यो ।’ निरन्तरको मिहिनेतले स्टन्र्ड गर्न सफल भएको भन्दै उनले हचुवाको भरमा स्टन्र्ड नर्गनको लागि आग्रह समेत गरे । उनले भने–‘हामी पहिला देखि नै सिकेर प्रोफेसनलरुपमा आएका हौ तर निरन्तरको मेहिनेत र अनुभव विना यो काम गर्न संभव छैन, त्यहि भएर हचुवाको भरमा यस्तो काम नगर्न म युवा वा जोकोहीलाई  पनि आग्रह गर्दछु । ’
माउन्टेन ड्युले थालेको देशव्यापी स्टण्ट प्रदर्शनको प्रारम्भ धरानबाट गरिएकोमा तेस्रो दिन बुटवलमा प्रर्दशन गरिएको माउन्टेन ड्युकी सेल्स एक्जुकेटीभ सञ्जीना पराजुलीले जानकारी दिइन । 
देशका विभिन्न भागमा एक महिनासम्म चल्ने स्टण्टमा विहिवार बुटवल देवीनगरमा सयौ दर्शकहरुले हरेका थिए ।  ‘माउन्टेन ड्यु डे आफ डेयर्स’ नाम दिइएको स्टण्टमा बाइक स्टन्ट, बिएमएक्स साइकल र स्केटबोर्डका जोखिमपूर्ण स्टण्टहरु देखाएका थिए । जस्मा ५ जना व्यक्तिहरुलाई समेत कटाउँदै गरिएको माउन्टेन बाईक स्टण्ट हेर्न लायक थियो । त्यति मात्रै हैन, बाइक स्टण्टले दर्शकलाई राम्रैसँग खिचेको थियो । बाइकको ओहोरदोहोरसँगै विभिन्न कलाहरु देखाउँदा दर्शकहरु थप उत्साहित बनेका थिए । देशव्यापी स्टण्ट अभियानमा चितवनमा समेत स्टन्ड सकिएको छ । बुटवल पश्चात नेपालगञ्ज, पोखरा, विरगञ्जमा प्रदर्शन गरिने सेल्स एक्जुकेटीभ पराजुलीको भनाई रहेको छ । माउन्टेन बाईक(साईकल), स्कट बोर्ड तथा मोटरसाईकलमा स्टन्ड गरेका खेलाडीहरु संग कार्यक्रम पश्चात सेल्फी लिने र फोटो खिचाउनेको भिड समेत लागेको थियो । 
ण्ण्ण्ण्ण्ण् 
तस्वीरहरुः विश्वास ढकालबाट


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती