सन्र्दभः प्रेस स्वतन्त्रता दिवस ‘पदावी पाइयो,अरु केही भएन’

कृष्ण खनाल
बुटवल, २० बैशाख ।
पत्रकारितामा दशकौ विताएका पाल्पाली अग्रज पत्रकार मेघराज शर्मालाई वि.स.२०६५ सालमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले ‘प्रेस स्वतन्त्रता सेनानी’को उपाधीले सम्मान ग¥यो । पाल्पामा एक मात्र प्रेस स्वतन्त्रता सेनानी पदावी पाएका उनको फरक पहिचा
न छ । पदावी पाएका उनलाई प्रमाण पत्र बाहेक थप केही सेवा सुविधा दिएको छैन् ।
अहिले ६७ बर्षमा लागेका शर्मा भन्छन्–‘एउटा प्रमाणपत्र मात्र दियो, प्रमाणपत्र भिरेर हिड्ने कुरा भएन, परिचय पत्र दिएन ।’ पत्रकार महासंघले सम्मान प्रदान गरेपछि नेपाल सरकारले एउटा परिचय पत्र देला, परिचय पत्रको आधारमा सरकारले विभिन्न सेवा सुविधा दिएर सम्मान देला भन्ने उनको अपेक्षा अहिले सम्म पनि पुरा हुन सकेको छैन । प्रेस स्वतन्त्रता सेनानी पदावी  पाएको ७ बर्ष भयो  उनी भन्छन्–‘एउटा परिचय पत्र देला, यातायातमामा छुट प्रदान गर्ला,औषधी मुलो गर्दा पनि छुट पाइएलाकी भन्ने सोचेको थिए तर खासमा केही भएन ।’ उनले थपे–‘प्रेस स्वतन्त्रताको लागि लडाई लडेका हामी पत्रकारहरु जहिले पनि आँखाको तारो भईयो, जनताको हक अधिकारको लडाई लड्दा कहिले राज्य पक्षबाट उपेक्षित भईयो त कहिले समाचारकै कारण केही व्यक्तिहरुबाट, यस्तै छ अहिलेको कहानी ।
पटक–पटक जेल जिवन विताएका अग्रज बरिष्ठ  पत्रकार कर्ण बहादुर कार्की प्रेस स्वतन्त्रता सेनानी‘मानको लागि मान मात्र भएको बताउछन् ।’  वि.स.२०३५  साल देखि पत्रकारितामा लागेर बेग्लै पहिचान बनाएका कार्कीलाई नेपाल पत्रकार महासंघ नेपालले आज भन्दा करिव ४ बर्ष पहिला ‘प्रेस स्वतन्त्रता सेनानी’ पदावीले सम्मान गरेको थियो । उनी थप्छन्–‘प्रेस स्वतन्त्रता सेनानी पदावी प्रदान गर्ने मुल्यांकनको आधार भएन ।’ एउटा प्रमाणपत्र भिराईदैमा सम्मान नहुने उनको  तर्क छ । पाल्पा, भैरहवा र कपिलवस्तुमा पटक पटक प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउदै गर्दा जेल जिवन विताउन बाध्य भएका कार्की भन्छन्–‘भारतमा प्रजातन्त्र सेनानी लगायतका पदाव्दी प्रदान गरिन्छ, जसमा यातायात, अस्पतालमा, प्लेनमा अन्य विभिन्न स्थानमा विशेष छुट तथा सहुलियतको व्यवस्थापन गरिएको हुन्छ तर यहाँ यसो भएन ।’
रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीलाई पनि नेपाल पत्रकार महासंले ‘प्रेस स्वतन्त्रता सेनानी’ पदावी प्रदान गरेको छ । वि.स.२०५८ सालमा तत्कालिन महासंघका अध्यक्ष सुरेश आचार्य अध्यक्ष हुँदा तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाले उक्त पदवी प्रदान गरेका थिए । यति मात्र होईन वि.स.२०७० सालमा नेपाल सरकारले ‘बरिष्ठ पत्रकार सम्मान–२०७०’ बाट सम्मानीत गरेको छ ।

रुपन्देहीकै अग्रज पत्रकारको रहेका ज्ञवाली भन्छन्–‘प्रेस स्वतन्त्रताको पक्षमा लडेका हामीहरुलाई राज्यबाट केही अपेक्षा छैन, तर  प्रेस स्वतन्त्रताको कानुनमा छ तर व्यवहारमा छैन ।’ नेपालका केही ठुला मिडिया हाउसहरुमा प्रकाशन स्वतन्त्रता भएको भएपनि सम्पादकिय स्वतन्त्रता नभएको उनको धारणा छ । जन्मकुण्डली अनुसार ६९ बर्ष र नागरिकत्ता अनुसार ६५ बर्षमा लागेका उनी भन्छन् –‘प्रेस स्वतन्त्रता भन्दा पनि पत्रकारहरुको गाँसको ग्यारेन्टी हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आउनु आफैमा लज्जाको विषय हो ।’ अग्रज पत्रकार ज्ञवालीले मिडिया सञ्चालनको लागि स्वीकृती प्रदान गर्ने बेलामा पत्रकारहरुलाई प्रदानगर्ने न्युनतम पारिश्रमीक प्रदान गर्नेछौं, यति जना पत्रकार हुनेछन् जस्ता आर्थिक विषयमा सम्झौता गराएर मात्र  प्रकाशनको अधिकार प्रदान गर्नुपर्ने बताउछन् ।
रुपन्देहीकै अर्का पत्रकार  प्रेस स्वतन्त्रता सेनानी दिन साहनी पनि पदावीले मात्र केही नहुने बताउछन् । उनी भन्छन् –‘अग्रज पत्रकारहरुलाई दिने सम्मान राम्रो हो तर सम्मानले मात्र केही हुदैन ।’ उनलाई नेपाल पत्रकार महासंले २०६९ सालमा प्रेस स्वतन्त्रता सेनानीको पदावी प्रदान गरेको थियो ।
यता, नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष तथा न्युनतम परिश्रमिक  निर्धारण समितिका सदस्य दिपक ज्ञवालीले नेपाल पत्रकार महासंघले प्रदान गर्ने सम्मान स्वरुप अग्रज पत्रकारहरुलाइ्र्र प्रेस स्वतन्त्रता सेनानी पदाब्दी प्रदान गरेको बताउछन् । उनी भन्छन्–‘यो सम्मान जसले  प्रेस स्वतन्त्रताको पक्षमा लडाई लडेको छ, त्यस्तो अग्रज प्रत्रकारलाई प्रदान गर्ने सम्मान हो ।’ अहिले नेपाल पत्रकार महासंघले वृद्ध पत्रकार सम्मानको अवधारणा ल्याउदै छ जुन स्वागत योग्य छ । रुपन्देहीमा प्रेस स्वतन्त्रता सेनानी रुपन्देहीमा अर्जुन ज्ञवाली, प.बाबुराम भट्राई, कर्ण बहादुर कार्की, दिल साहनीले पाएका छन् भने पाल्पामा मेघराज शर्माले पाएका छन् ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती