रुपन्देहीको साढे सात सय हेक्टर ‘मत्स्य पकेट क्षेत्र’

कृष्ण खनाल 
बुटवल, २१ बैशाख । 
जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीले जिल्लामा माछा उत्पादन बृद्वि गर्नका लागि नया“ रणनीतियोजना अनुसार माछा उत्पादनको लागि अब्बल मानिएको करिव ७ सय ५० हेक्टर क्षेत्रफललाई मत्य पकेट क्षेत्रको रुपमा विकास गर्ने भएको छ । 
 जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत  रमेश जैशवालका अनुसार रुपन्देहीको धकधई गाविस आसपास क्षेत्रका १५ ओटा गाविसलाई समेटेर १ सय २० हेक्टरक्षेत्रफल र लुम्बिनीतर्फ सुर्यपूरा लगायतका आसपासको १५ ओटा गाविसलाई समेटेर १ सय ८० हेक्टरको क्षेत्रफलमा लुम्बिनी पकेट क्षेत्र निर्धारण गर्ने र छपिया दयानगर छेउछाउका गाविसलाई समेटेर ४ सय ५० हेक्टरको क्षेत्रफलमा छपिया टिकुलीगढ सेमलार बुटवल पकड क्षेत्र निर्धारण गर्नेगरी काम अगाडि बढाईएको छ । 
रुपन्देहीमा हाल ८ सय ७५ ओटा पोखरीमा माछा पालन गरिंदै आएको छ । जिल्लाका २० ओटा गाविसलाई माछा पालनका लागी पकट क्षेत्र भनेर निर्धारण गरीएको कृषि कार्यालयको तथ्यांक छ । यस जिल्लामा प्रत्येक दिन  १२ मेट्रीक टन र प्रतिवर्ष ४ हजार ५ सय मेट्रीक टन माछा उत्पादन हुने गरेको छ जुन बाजारकालागी अपुग रहेको छ । माछाकै विक्रि वितरणबाट रुपन्देही जिल्लामा मात्र वार्षिक १ अर्वको कारोबार हुंदै आएको छ ।
 जिल्लामा मत्स्यपालन सम्बन्धी  ५७ वटा कृषक समुह रहेका छन भने ७ ओटा ह्याचरी रहेका छन । त्यस्तै जिल्लामा डेढ दर्जन भन्दा बढी जिउंदो माछा विक्रि पसलहरु रहेको कृषि कार्यालय रुपन्देहीको तथ्यांक छ । त्यसैगरी जिल्लामा माछा कै लागि भनेर खोलिएका ३ ओटा दाना उद्योगहरु रहेका छन । त्यस्तै रुपन्देही जिल्ला मै पहिलोपटक दयानगरमा माछा पालनकालागि आईस प्लाण्टको निर्माण गरी सञ्चालनमा ल्याईएको छ ।

 जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास  प्रमुख रमेश जैसवाल भन्छन्–‘रुपन्देहीका मुख्य बालीहरु मध्ये पहिलो धान, दोस्रो माछा र तेस्रो तरकारी रहेको अवस्थामा जिल्लामा माछा उत्पादनमा बृद्वि गर्नका लागि क्षेत्र छुट्याएर काम गर्न थालिएको छ छ । 
आईफोर्ड रुपन्देहीका अध्यक्ष हरिबहादुर थापाले नेपालका २ तिहाई जनताले कृषि पेशा अगाले पनि देशको राजश्वमा भने एक तिहाई मात्र पकड भएको भन्दै राज्यले मत्स्य पालन व्यवसायलाई थप सहयोग गर्न सकेमा अर्थतन्त्रमा थप टेवा बताउछन्  । नेपाल मत्स्य पालन व्यवसायी महा
संघका केन्द्रीय सदस्य गोपाल पाण्डेले पशु क्वारेण्टाईन कार्यालयले गुणस्तर हिन कुखुराका चल्लाहरु नष्ट गर्ने गरेपनि माछा भने सहजै भित्रिन दिएको भन्दै त्यस तर्फ कडाई गर्न आग्रह गरे । अर्का केन्द्रीय सदस्य विन्दुलाल श्रेष्ठले रुपन्देही जिल्लामा रहेको दयानगर छपिया माछा पालनको एक पकड क्षेत्र रहेको बताउदै यस तर्फ सबैको ध्यान केन्द्रित हुन आवश्यक बताउछन् ।  मत्स्य विकाश केन्द्रीय  कार्यालयका महानिर्देशक रमानन्द मिश्रले रुपन्देहीको दयानगर नेपालकै उत्कृष्ट मत्स्य पालनको पकड भएको क्षेत्र रहेकाले उक्त क्षेत्रलाई आफुले  विशेष रुपमा हेरेको बताउछन्  ।  सरकारले प्रस्तुत गर्ने आगामी बजेटमा मत्स्य पालनका तमाम विषयलाई समेट्न पहल गर्ने उनको धारणा छ । उनी भन्छन्–‘विद्युतमा सहुलियत देखि लिएर खपतको उचित व्यवस्था र उक्त व्यवसायलाई फस्टाउनको लागि गर्न सकिने काममा आफ्नो तर्फबाट सक्दो सहयोग हुन्छ ।’मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष पूण्यप्रसाद चौधरीले माछाको व्यवसायीकरण मर्फत जिल्लालाई नमुना जिल्लाको रुपमा विकास गर्न सकिने  बताउछन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती