‘शव’ व्यवस्थापन अञ्चल अस्पतालाई ‘सधै घाँडो’

बुटवल, २३ बैशाख । 
अस्पतालमा मृत्यु भएका तथा अन्य स्थानमा मृत्युभई पोष्टमार्टमको लागि अस्पतालमा ल्याइएका सव सम्बन्धीत आफन्तको पत्तो नलाग्दा लुम्बिनी अञ्चल अस्पताललाई शव व्यवस्थापन टाउको दुखाईको विषय भएको छ । केही समय पहिल १२ ओटा बेवारिसे शव व्यवस्थापन गरेको १५ दिन नबित्दै लुम्बिनी अञ्चल अस्तालतको शव राख्ने फ्रिज (मर्चरी) फेरि भरिएको कारण थप समस्या भएको अस्पताल विकास समितिले जनाएको छ ।  
 अस्पतालमा १५ दिनको अवधिमा ६ ओटा बेवारिस शव जम्मा भएका हुन् । अस्पतालमा मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले मर्चरीमा एक साता अगाडिदेखि राखिएका शव व्यवस्थापन हुन नसक्दा अस्पतालमा पुनः दुर्गन्ध फैलिन थालेको बताउछन् । समयमै उपमहानगरपालिकाले बेवारिसे शवको व्यवस्थापन गर्न नसक्दा पटक–पटक समस्या आउने गरेको उनको भनाइ छ ।
अस्पतालमा रहेको मर्चरीको क्षमता ६ ओटा शवको मात्र हो । गत चैत १७ गते १ महीनापछि बुटवल उपमहानगरपालिले अस्पतालमा जम्मा भएका १२ ओटा शव व्यवस्थापन गरेको थियो । बेवारिसे शव बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्छ । तर, शव व्यवस्थापन गर्न स्थायी ठाउँ नहुँदा उपमहानगरपालिकालाई  टाउको दुखाइको विषय बनेको छ । उचित स्थान नभएसम्म शव व्यवस्थान गर्न नसकिने बुटवल उपमहानगरपालिकाले बताएको छ । 
अस्पताल विकास समितिका  सदस्य टंक पराजुलीले शव व्यवस्थापन गर्ने स्थानको अभाव हुँदा थप समस्या भएको बताउछन् । उनी भन्छन्–‘यसरी जम्मा भएका शव जलाउन नपाईने व्यवस्था  हरेछ,  अनिवार्य रुपमा गाड्नुपर्ने भएको कारण पनि जग्गा अभावको समस्या उत्पन्न भएको छ ।’ उनले अञ्चल अस्पताल विकास समितिले यस विषयमा बुटवल उपमहानगरपालिकालाई अनुरोध गर्ने समेत निर्णय भएको जानकारी दिए । उनले भने–‘शव व्यवस्थापन नहुँदा गर्मीको समयमा दुगन्ध फैलिदा झनै समस्या हुने गरेको पाएका छौ, यसको दिर्घकालिन व्यवस्थापनको लागि बुटवल उपमहानगरपालिकासंग आग्रह गर्ने निर्णय गरेका छौं ।

नयाँ ठाउँको टुङ्गो नलाग्दासम्म शव उठाउन नसकिने उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काबताउछन् । उनले  जग्गा अभावको कारण थप समस्या सृजना भएको भन्दै यसको लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिए । पछिल्लो समय बुटवल तथा आसपासको क्षेत्रमा बेवारिस शव फेला पर्ने क्रम बढ्दै गएको छ । उपमहानगरपालिकाले विगतमा अस्पतालका बेवारिसे शव बुटवल–४ मैनाबगरमा व्यवस्थापन गर्दै आए पनि उक्त स्थान मानव बस्तीले भरिएपछि नयाँ स्थानको खोजी भइरहेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७१÷७२ मा १ सय १ शव व्यवस्थापन गरेको थियो । 
चालू आवको हालसम्मको अवधिमा २८ ओटा शव व्यवस्थापन गरेको छ । बेवारिसे शव अधिकांश मधेशी मूलका मानिसको रहने गरेको अस्पतालको भनाइ छ । उपमहानगरपालिकाले शव व्यवस्थापन गर्न पुराना घाट, सामुदायिक वन वा सार्वजनिक जग्गाको खोजी गरिरहेको बताएको छ ।अस्पतालका अनुसार १ महीनामा १५ ओटाको हाराहारीमा शव सङ्कलन हुन थालेका छन् । जिल्लाका जुनसुकै स्थानमा फेला परेका शव तथा अस्पतालमा आएका दुर्घटनाका मृतकको शव सनाखत गर्न अस्पताल राखिने गरिन्छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती