जिल्ला शिक्षा कार्यालयले भन्योः– ‘स्वीकृत नभएको पुस्तक आजैबाट हटाऊ’

कृष्ण  खनाल 
बुटवल, ४ जेठ ।
 नेपालसरकार शिक्षा मन्त्रा
लय पठ्यक्रम विकास समितिमा सुचिकृत नभएको पुस्तक विद्यालयहरुले पठन पाठन गरेको पाइएको छ । कानुनलाई खिल्ली उडाउदै अनुमती विना नै स्वीकृत विनाका पुस्तकहरु विद्यालयमा लगाएको विषयक पटक पटक समाचार प्रकाशित भएपछि जिल्ला शिक्षा कार्यालय रुपन्देहीले मंगलबार संयुक्त अनुगमन गरेको थियो । 
रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादर थापा सहित सहायक जिल्ला शिक्षा अधिकारी टिकारम शर्माको संयोजकत्वमा जिल्लाका शिक्षाका सरोकारवालाहरु सम्मिलित दुई वटा समुहले मंगलबार जिल्लाका केही नीजि विदालयमा अनुगमन गरेको थियो ।  कुन कुन विद्यालयमा अनु गमन गरियो भन्ने विषयमा गौण राखेको जिल्ला शिक्षा कार्यालयय रुपन्देहीले ‘जिल्लाका केही संस्थागत विद्यालयहरुमा  अनुगमन गर्दा  नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएको पि पब्लिकेशन गृहबाट प्रकासन भएको प्याब्सन साइन्स नामको बिज्ञान बिषय र अन्य प्रकाशन गृहबाट प्रकाशित पाठ्यपुस्तक पठन पाठन गराएको पाइएकोले जिल्ला शिक्षा कार्यालय, रुपन्देहीको गंभीर ध्यान आकर्षण भएको छ ’ भन्ने व्यहोराको प्रेस विज्ञप्ती प्रकाशन गरेको छ । 
यस बाट के प्रष्ट हुन्छ भने रुपन्देहीका केही विद्यालयहरुमा  सुचिकृत नै नभएको नीजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन प्याब्सन नेपालले ‘पी पब्लिकेशन’ नाम दिएर प्रकाशन गरेको ‘प्याब्सन साईन्स’ र अन्य केही पुस्तकहरुसमेत अध्यापन गराएको पाइएको हो । 
जिल्ला शिक्षा कार्यालय रुपन्देहीले प्रेस विज्ञप्तीमा अगाडी भनेको छ–‘उक्त स्वीकृत नभएको पाठ्यपुस्तक आजकै मितिदेखि हटाई नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट सूचीकृत भएका पाठ्यपुस्तक र थप पाठ्यसामग्रीको मात्रै अध्यापन गर्नु गराउनुहुन जानकारी गराइन्छ ।’  संयुक्त टोलीले अनुगमन गरेर अवैध  पुस्तक विद्यालयमा अध्यायन अध्यापन गराएको पाइएमा स्वीकृती नगरिएको पाठ्यपुस्तक अध्यापन गराएको पाइएमा र थप पाठ्यसामग्रीको अध्ययन अध्यापन गराएको पाइएमा शिक्षा ऐन, नियम अनुसार कावाही गरिने जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ । अभिभावकहरुलाई समेत यस बिषयमा सचेत हुन जिल्ला शिक्षा कार्यालय रुपन्देही अनुरोध समेत गरेको छ । 

यसैविच,  निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले गैरकानुनी रुपमा देश व्यामपीरुपमा पाठ्यपुस्तक छापेर बिक्री वितरण गरेको पाइएको छ । एमाओवादी निकट अखिल क्रान्तिकारीले त्यसलाई अवैध भन्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएको छ ।प्याब्सनले पाठ्यक्रम विकास केन्द्रको स्वीकृति विना कक्षा १ देखि १० सम्म ‘प्याब्सन साइन्स’ नामक पुस्तक बिक्री वितरण गरिरहेको अखिल क्रान्तिकारीको भनाइ छ । मंगलबार ति पुस्तकहरुका केहि प्रति शिक्षामन्त्री गिरीराजमणि पोख्रेललाई बुझाउँदै क्रान्तिकारीका नेताहरुले तीन दिनभित्र कारबाही गर्न अल्टिमेटम दिएका छन् ।
मन्त्री पोखरेलले उक्त पुस्तकका विषयमा तीन दिन भित्र छानविन गरी आवश्यक कार्बाही गर्ने प्रतिबद्धता जनाएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । ‘शिक्षाको नाममा अर्को व्यापार सुरु भएको छ, यो सरासर गैरकानुनी काम हो,’ क्रान्तिकारीका प्रवक्ता बस्नेतले भने, ‘तीन दिनभित्रमा यस विषयलाई टुंगो नलगाइए विद्यालयहरुमा गई गैरकानुनी पुस्तक जफत गरी भण्डाफोर गर्छौं ।’ ‘प्याब्सन साइन्स’ नामक ति पुस्तकमा ‘पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत’ भनेर लेखिएको छ । तर, पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम पौडेलले ति पुस्तकलाई स्वीकृति नदिइएको बताएको विद्यार्थी नेताहरु बताउँछन् ।यो कुरा सार्बजनिक भएपछि प्याब्सनले किन स्वीकृति नदिएको भन्दै उल्टै केन्द्रलाई धम्कीपूर्ण पत्र पठाएको केन्द्रका एक कर्मचारीले बताए
कृष्ण खनालबाट



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती