तिनाउ पुलको आयु लम्बाउन मर्मत ईन्जीनियर भन्छन्–‘अझै ३० बर्ष टिक्छ’

कृष्ण खनाल
बुटवल, २८ बैशाख ।
नेपालको प्रमुख व्यापारिक र औद्योगीक नगरीको रुपमा  रहेको बुटवलको मुखैमा रहेको तिनाउ नदीमाथि निर्माण गरिएको ‘तिनाउ पुल’ अहिले मर्मत संहारको काम भैरहेको छ ।
सामान्यतया पुल मर्मतको काम नेपाल सरकार सडक विभाग अन्र्तगत सडक डिभिजना कार्यालयले गर्दछ । तर तिनाउ नदी लगायत नेपालका केही महत्पूर्ण पुलहरुको माग नेपाल सरकार पुल महाशाखा, पुल योजना नम्बर तिन नेपालगञ्जको रोहबरमा अहिले पुलको मर्मत संहार काम गरिएको हो । 
केही महिना पहिला देखि तिनाउ नदीको फाउण्डेसनलाई जोगाउनको लागि नदीमा ‘बोटबार’ निर्माण गरिएको छ । अवको केही दिनमा उक्त काम पुरा हुने पुलयोजना  नम्बर ३ नेपालगञ्जका प्रमुख गणेश गौतमले जानकारी दिए । उनका अनुसार अन्य साना पुलहरुको विषयमा सडक डिभिजन कार्यालयले गर्दै आएकोमा केही नेपालका ठुला पुलहरु पुल महाशाखाले हेर्दै आएको हो  । पुलयोजना शाखा नम्बर ३ का प्रमुख गणेश गौतमका अनुसार तिनाउ संगै पुर्वपश्चिमा राजमार्गका शिवगंगापुल, बौलाह खोला पुल, राप्ती नदीको पुल लगायतका पुलको मर्मत संहार काम अहिले जारी रहेका छन् । 
बुटवलको तिनाउ नदीको पुल मर्मतको काम गत जेठ–असार महिनामा सुरु गर्ने योजना भएपनि विभिन्न प्रकृतिले गत पुस महिनाबाट मर्मत संहारको प्रक्रिया सुरु भएको थियो । तिनाउ नदिको फाण्डेसनमा असर परेको कारण फाउण्डेसनलाई जोगाउने प्रमुख उदेश्यका साथ अहिले काम गरिएको ईन्जीनियरको भनाई रहेको छ । तिनाउ नदीको मर्मत संहार अन्र्तगत फाउण्डेसनालई बोन्ड्रीङ्ग गरी मर्मत संहार गरेर काम पुरा भएपछि अवको करिव २० देखि ३० बर्ष सम्म पुलको जोखिम नहरेको ईन्जीयर समेत रहेका गौतमको भनाई रहेको छ । 
 पुलमा फाण्डेसन जोगाउनको लागि बोन्ड्रीङ्ग, स्लाव राख्नुको साथै ‘बोटबार’ समेत निर्माण गरिएको छ ।  यस्तै पुलको माथी भाँचीएका रेलिङ्गको मर्मत संहारका साथै उप्कीएको कालेपात्रोलाई पूर्णरुपमा उतारेर पुन कालेपत्रो गर्ने कार्यको सुरुवात गरिएको छ । केही दिन पहिलाबाट तिनाउ पुलको  पुरानो कालेपत्रो उप्काउने काम जारी रहेको छ । जसको कारण केही समय तिनाउ पुलका एकतर्फ मात्र बाटो सञ्चालन गर्ने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ । सामन्य तया निर्माण गरिने पुल ५० बर्षको आयु निर्धारण गरी निर्माण गरिएको हुन्छ । तर मुख्य राजमार्गमा निर्माण गरिने पुल करिव १ सय बर्षको लागि सम्म प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएको कारण तिनाउ पुलको जोखिम कम रहेको प्राविधिकहरुको भनाई रहेको छ । 

जेठ, असार महिना सम्म सबै काम पुरा गरी पुल सञ्चालनमा ल्याउने गरी काम गरिएको   पुल योजना शाखाले जानाएको छ ।  पौने ३ करोड लागतमा  पुल मर्मत संहारको काम सुुरु गरिएकोकामा  महाशाखले करिव ढाईकरोड रुपैयाँ बराबर लागतमा उक्त  मर्मत संहार काम सम्पन्न गर्ने लक्ष्य लिइएको जानाइएको छ । स्वच्छन्द–न्यू कंक्रिट जे.भि.ले संयुक्त रुपमा मर्मत संहारको जिम्मा लिएका हुन । 
तिनाउ नदीमा नदी जन्य उत्पादन उत्खनन वि.सं. २०५० देखिालिएको थियो भने पुन बन्द भउको उत्खनन्  २०६० देखि २०६६ सम्म भने एक्स्काभेटर लगाएरै अत्यधिक दोहन  गरिएको थियो । जसको कारणले गर्दा तिनाउ नदीको फाउडेसनमा समेत असर परेको जनाइएको छ । वि.सं. २०५० यता तिनाउबाट ढुंगागिट्टी बेचेर झन्डै ७५ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांक जिविससँग छ । अनियन्त्रित निकासीले पारेको असर नियन्त्रण गर्न सात वर्षमै ८० करोड रुपैयाँ खर्च भइसकेको छ । नदी नियन्त्रण, सिँचाइ आयोजना र जोखिममा परेको पुल जोगाउन यो रकम खर्च भएको हो । 
तस्वीरः  संलग्न छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती