रूपन्देहीका सहकारीमा १३ सय जनाले रोजगारी
कृष्ण खनाल
बुटवल, २८ बैशाख ।
सहकारी शब्द नेपाली शब्दकोष अनुसार सह–सामुहिक, कार्य–काम बाट निर्माण भएको पाईन्छ । यसको अर्थ हुन्छ समुहमा काम, सोही अनुसार देशभर जस्तै रूपन्देहीमा पनि सहकारी संस्था खोल्ने, चलाउने तथा खारेजीमा पर्ने सहकारीहरूको संख्या यथेष्ट मा
त्रामा छ ।
डिभिजन सहकारी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीमा ७ सय ४२ वटा सहकारीहरू दर्ता भएर सञ्चालनमा रहेका छन् । जिल्लामा सबैभन्दा बढि बचत तथा ऋण सहकारी संस्थाहरू रहेका छन् । ३ सय ६३ वटा सहकारीहरूले जिल्लामा बचत तथा ऋणको मात्र काम गर्ने गरेको डिभिजन सहकारी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा दर्ता भएका सहकारीहरूमा करिव १३ सय भन्दा बढिले रोजगारी पाएको डिभिजन सहकारी कार्यालय रूपन्देहीले जनाएको छ ।
डिभिजन सहकारी कार्यालय रूपन्देहीका अनुसार जिल्लामा हाल ३ सय ६३ वटा बचत तथा ऋणको काम गर्ने सहकारीहरूको संख्या रहेको छ भने १ सय ९ वटा बहुउद्देश्यीय र १ सय ९३ वटा कृषि सहकारी संस्थाहरू रहेका छन् । उक्त सहकारीहरूमा करिव १३ सय जनाले रोजगारी पाएको र कुल १२ अरव रूपैयाँ बचत भएको छ । विभिन्न प्रकृतिको नाम दिएर स्थापना भएका केही सहकारीहरूले आफ्नो उद्देश्य भन्दा पनि फरक बचत तथा ऋणको मात्र काम गर्ने गरेको पाइएको छ ।
सहकारी नियम अनुसार नियमति सहकारीको साधारणसभा नबस्ने, बचत तथा ऋणको कार्यविविरण डिभिजन सहकारी कार्यालयमा नबुझाउने सहकारीहरूलाई डिभिजन सहकारी कार्यलयले कारवाहीको प्रक्रिया समेत अगाडी बढाएको डिभिजन प्रमुख नेत्र प्रसाद घिमिरेको भनाई रहेको छ ।
स्वरोजगारको आधार बन्दै आएका सहकारीमा कलेल्सन गर्लको रूपमा सबैभन्दा बढि महिलाहरू स्वरोजगार बनेका छन् । यसको अलवा सहकारीको अन्य प्रसासनिक संयन्त्रमा समेत काम गर्ने महिला तथा पुरुषहरूको समेत संख्या उल्लेखनिय रहेको छ । डिभिजन प्रमुख घिमिरे भन्छन्–‘सहकारीहरू स्वरोजगार सृजना गर्ने प्रमुख थलोको रूपमा विकास हुदै गएका छन् ।’ डिभिजन सहकारी कार्यालय रूपन्देहीले पनि स्वरोजगार बनाउनको लागि बेला बेलामा तालिमहरू समेत सञ्चालन गर्र्दै आएको छ । डिभिजन सहकारी कार्यालयले सहकारी सम्बन्धी नियमन तथा प्रवद्र्धनानात्मक कार्यहरू गर्दे आएको छ ।
नेपालमा अनौपचारिक रूपमा सहकारीको इतिहास प्राचीनकालदेखि नै पर्म, गुठी, धर्मभकारीका रूपमा रहंदै आए तापनि कानूनी मान्यता पाएको पनि पाँच दशक पार गरिसकेको छ भने विश्वमा सहकारीको इतिहास १६५ वर्षभइसकेको छ । वि.सं. २०१० सालमा सहकारी विभागको स्थापना भई २०१३ साल चैत्र २० गते बखानपुर सहकारी संस्था स्थापना भई नेपालमा सहकारी आन्दोलनको वैधानिक रूपमा शुरुवात भए अनुरूप धेरै सहकारी संस्था स्थापना भई सञ्चालनमा आएका छन्।
अन्तर्राष्ट्रिय सहकारी महासंघ १८९५ द्वारा प्रतिपादित सिद्धान्त एवं सहकारी ऐन २०४८, नियमावली, २०४९ को आगमन पछि सहकारी संस्था, स्वस्फूर्त रूपमा सहकारी व्यवसाय गर्ने मौकाको सदुपयोग गरेको अवस्था छ । सहकारी अर्थतन्त्रको तेस्रो स्थान पाउनको लागि नेपाल सरकारले सहकारीलाई विशेष रूपमाहेर्नुपर्ने आवश्यकता छ ।
अन्तरिम संविधान २०६३ मा देशको अर्थतन्त्र सञ्चालन गर्नका लागि सरकार, निजी क्षेत्र र सहकारी हो भनी आत्मसात गरेको छ । साथै १३ औं त्रीवर्षीय योजनाको आधारपत्र २०६७ ले सहकारी क्षेत्रलाई विशेष प्राथमिकता दिनु महत्वपूर्ण कार्यका रूपमा लिन सकिन्छ । त्यसैगरी सहकारी निति २०६९ ले मुलुकको दिगो र समतामूलक आर्थिक विकास तथा अग्रगामी सामाजिक रूपान्तरणका लागि सवल र सक्षम सहकारी प्रणाली मार्फत स्थानीय श्रम सिप र पूंजीलाई अधिकतम रूपमा परिचालनगरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रूपमा विकसित गर्दै आर्थिक तथा सामाजिक विकासको राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउने दिर्घकालिन लक्ष्यसहित निति आएको, गरिबी निवारण राज्यको प्रमुख चुनौतीलाई सामना गर्ने हो भने त्यो सम्भव सहकारी मार्फ हुन सक्ने डिभिजन सहकारी कार्यालयको भनाई रहेको छ ।