प्रवासीे नेपालीको मनकारी मन

कृष्ण खनाल
बुटवल, २५ बैशाख ।

आफ्नो दैनिक जिविकोपार्जनको लागि वैदेशिक रोजगारमा रहेका नेपालीहरुले खर्चकटाएर विभिन्न सामाजिककार्य गरेका छन् । रुपन्देहीबाट अष्ट्रोलिया गई विभिन्न प्रकृतिले बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था ‘रुपन्देही सामाजिक सञ्जाल अष्टे«लिया’ले विभिन्न स्थानमा ३ लाख भन्दा बढिको सहयोग गरेका छन् । शनिवार बुटवलमा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरी सञ्जालका अध्यक्ष राज खनाल लगायतको टोलीले उक्त सहयोग गबुटवल–१३ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमको लागि अपाङ्गमैत्री सौचालय निर्माणको लािग  १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । आश्रममा आश्रीत अपाङ्गता भएका व्याक्तिहरुको लागि अपाङ्गमैत्री सौचालय नभएकोकारण सहयोग गरिएको सञ्चालले जानएको छ । १ लाख ५० हजारको चेक आश्रमका अध्यक्ष डोल बहादुर रामदामको रोहवरमा  सौचालयको निर्माणको जिम्मा पाएको लुम्बिनी वेलफेयर सोसाईटीका अध्यक्ष खगेन्द्र रेग्मीलाई  प्रदान गरेको हो । अपाङ्गता भएका व्याक्तिहरुको लागि सौचालय र नुहाउने, धुने स्थान सहित दुई कोठाको उक्त सौचालयका साथै वाथरुम समेत निर्माण गरिने छ । 
सामाजिक सेवा नै मुख्य उद्देश्य राखेर गठन भएको सञ्जालले स्थापना कै  ७ महिनामा सामाजिक सेवातर्फ अग्रसर भएको हो । सञ्जालका संस्थापक अध्यक्ष राज खनाल र उपाध्यक्ष सन्तोष के.सीले रुपन्देहीमा विभिन्न पाँच चरणमा सहयोगका कार्यक्रम  गर्ने योजना अनुसार शनिवार नै आत्मशान्ती अनाथ आश्रम मणिग्राम रुपन्देहीको लागि अक्षयकोष स्थापनको लागि १ लाख रुपैयाको चेक हस्तान्तरण गरिएको छ । सञ्जाल का अध्यक्षखनालले  आश्रमकि अध्यक्ष मैनादेवी भण्डारीलाई चेक प्रदान गरेका हुन । कार्यक्रममा बोल्दै आश्रमकि अध्यक्ष मैनादेवी भण्डारीले १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उदेश्य अनुसार सहयोगी दाताहरुबाट सहयोग जुट्दै गएको जानकारी दिईन् । अहिले करिव ३० लाख रुपैयाँ जम्मा भएको भन्दै उनले निकट भविश्यमा नै अक्षयकोष अफुले अपेक्षा गरे अनुसार पुरा हुनेमा आशावादी भएको बताईन् ।
यस्तै सञ्जाल लुम्बिनी अञ्चल अस्पतालमा ईलेक्ट्रोनिक्स वाटर टैंकी समेत प्रदान गर्ने भएको छ । अवको केही दिनमा करिव १  लाख रुपैया बराबरको जाडोमा तातो र गर्मीको मौसममा चिसो हुने प्रकृतिको ईलेक्ट्रीक पिउनेपानी टैकी प्रदान गर्न लागिएको  सञ्जाल का उपाध्यक्ष केसीले जानकारी दिए । बुटवल–१३ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा  अवको ३ महिनामा अपाङ्गमैत्री सौचालय निर्माण हुनेछ । सौचालयको शनिवार नै  सञ्जालका अध्यक्ष राज खनालले सिलन्यास गरे । शौचालय निर्माणको जिम्मा निर्माणकर्मी श्याम थापाले लिएका छन् । मणिग्राममा रहेको आत्मसान्ती अनाथ आश्रमको अक्षयकोषका लागि सञ्जालले १ लाख रुपैया हस्तान्तरण कार्यक्रममा सञ्जालका संस्थापक अध्यक्ष राज खनाल, उपाध्यक्ष सन्तोष के.सी सञ्जाल सेवीहरु टेकनारायण पोख्रेल, बलराम न्यौपाने लागयतले बोलेका थिए ।
सञ्जालले बुटवल माविमा कक्षा ६ मा पढ्ने विपन्न विद्यार्थी लाल बहादुर गाहा र कान्ति पुुञ्जबोडिङ्ग स्कुलमा  पढ्ने सागर क्षेत्रीलाई एक बर्ष सम्मको पढाई खर्च दिने भएको छ । यसत्े पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलको सहयोगमा ट्राफिक नियम सँग सम्बन्धीत तीन वटा ठुला होडिङ्गबोड राख्ने बताएको छ ।
सञ्जाल अष्टे«लियाका संस्थापक अध्यक्षखनालले नेपाल अपाङ्ग आश्रम देविनगरमा मस्तिस्कघाट भएकी पिडीत विरामी सलिना वि.क लाई उपचारका लागि नगद ५ हजार रुपैयाँ सहयोग गरेका छन् । सलिनाको टाउकोमा पानी जमेको छ । उनको उपचारका लागि सहयोग गरिदिन आश्रमले सवैलाई आग्रह समेत गरेको छ ।
यस्तै आश्रममा एक कार्यक्रमको आयोजना गरी समाजिक सञ्चाल प्रयोग कर्ताहरुले करिव १० हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोकर्ताहरुको समुहले आश्रममका एक कार्यक्रम गरी १० हजार  बराबरको  सहयो प्रदान गरेको रमेश पाण्डेले जानकारी दिए । साथै सोही अवसरमा मस्तिष्कमा पानी जम्मा भएकी पिडीत अपाङ्गता भएकी वालिका शलिना विकलाई शरिता गुरुङ्गले १० हजार रकम प्रदान गरेकी थिईन् ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
तस्वीर छ, कृष्ण खनालबाट




रेको हो ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती