किसानको सारथी ‘किसान कल सेन्टर’


बुटवल, २२ बैशाख ।
रुपन्देहीको मैनहियाका मौरीपालक किसान  सेतुवान रामेश्वर पाललाई आजकल धेरै सहज भएको छ । मौरी सम्बन्धी कुनै समस्या आयो या मौरी सम्बन्धी  कृषि मन्त्रालयले के कस्तो अनुदान तथा नयाँ व्यवस्था ल्याउदैछ भन्ने विषयमा जान्नको लागि उनी पछिल्लो समयमा न त कृषि सेवा केन्द्र धाउछन् न त  जिल्ला कृषि विकास कार्यालय नै ।
घरमा नै बसीबसी  फोन गर्दा पैसा नलाग्ने जिल्ला कृषि विकास कार्यालयले व्यवस्थापन गरेको टोल फ्रि  नम्बर’ १६६००७१५२००० मा फोन गर्छन् र सबै कुरा बुभ्mद्छन् । नेपाल सरकारले केही समय पहिला देखि सञ्चालनमा ल्याएको  टोलफ्रि नम्बरलाई अहिले ‘किसान कल सेन्टर’को रुपमा विकास गरेको छ । किसानहरुको सारथीको रुपमा किसान कलसेन्टर बन्दै गएको छ । 
केही समय पहिला रुपन्देहीमा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकार कृषि मन्त्रालयका कृषि सचिव उत्तम कुमार भट्टराईले किसान कल सेन्टरको समुद्घाटन गरेका थिए । त्यसपश्चात किसान कल सेन्टरमा किसानहरुले सम सामयिक विषयका साथै कर्यालय वा मन्त्रालयबाट समेत के कस्तो अनुदान तथा सेवा सुविधा प्रदान गरेको छ भन्ने जानकारी लिने गरेका छन् । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले किसानहरुले समसामयिक रोग, किराको विषय लगायत अनुदानको विषयमा बढि मात्रमा फोन गरेर जानकारी लिने गरेको बताउछन् । उनी भन्छन्–‘किसानहरुको चासोको रुपमा रहेको अनुदानमा अलि बढि फोन आउछ, यसको अलवा रोग किरा लागेमा पनि अव के  गर्ने भन्दै किसानहरुले  फोन मार्फत सोध्ने गर्नुहुन्छ ।’
रुपन्देहीमा किसान कल सेन्टरको स्थापना भएपछि किसानहरुले घरमा नै बसरी बसी पैसा नलाग्ने टेलिफोन सेवा प्रयोग गरि कृषि प्राविधिक तथा विज्ञसंग सल्लाह सुझवा लिन पाएका छन् भने एन्डोईड  भर्जन भएका मोवाईलहरुमा ‘हाम्रो कृषि’ मोवाईल एप डाउनलोड गरी सुचना पाउनेछन् । किसान कल सेन्टर नेपालको काठमाण्डौ, बाँके, बर्दिया जिल्लामा पनि सञ्चानमा ल्याइएको छ । जिल्ला कृषि विकास कार्यलयको फोन नम्बर १६६००७१५२००० मा सम्पर्क गरी आवश्यक सेवा तथा सल्लाह लिन  किसानहरुले सक्छन् भने जिल्ला कृषि विकास कार्यालयमा रष्टिर गरिएका फोन नम्बरमा बेला बेलामा कृषि ईन्फो नामको एसएमएस सेवा पठाउने व्यवस्थापन गरिएको छ । जुन नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।  किसान कल सेन्टरबाट विभिन्न प्रकृतिका सेवा , सुविधा तथा वालिनाली सम्बन्धी पुर्व सूचनाहरु  प्रदान गरिने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका कृषि प्रसार अधिकृत नविन भण्डारी बताउछन 

कृषि मन्त्रालयका कृषि सचिव उत्तम कुमार भट्टराईले देशको कृषि प्रणालीलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धीमुखि बनाउनको लागि कृषि मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने गरी किसान कल सेन्टर लगायतका योजनाहरु लाएको जानकारी एि ।  उनले भने–‘देशमा उत्पादन हुने बस्तुको लागत खर्च बढी हुदाँ भारतबाट आयातीत कृषिजन्य सामानसँग किसानहरुले प्रतिसपर्धा गर्न नसकिरहदा मुल्यको र गुणस्तरको आधारमा पनि अन्तराष्ट्रिय बजारसँग प्रतिसपर्धी गर्न सक्ने गरि कार्यक्रमहरु  ल्याउने तयारीमा मन्त्रालय रहेको छ ।’
भैरहवामा किसान कल सेन्टर, हाम्रो कृषि मोबाइल एप, कृषि मौसम सल्लाह सेवा बुलेटिन तथा एस.एम.एस सेवा जिल्ला कृषि विकास कार्यालयले प्रदान गर्दै आएको छ । परम्परागत कृषि शैलीलाई व्यवस्थीत गरी आधुनिकीकरण, यान्त्रीकरण गर्दै लैजाने केन्द्रीय योजना अनुसार उक्त कार्यक्रम लागू गरिएको हो । 
 कृषि मन्त्रालयका सह सचिव कासीराज दाहालका अनुसार देशमा कृषि प्राविधिकहरुको सङ्ख्या कम भैरहदा किसानहरुले प्राविधिक सल्लाह, सुझाव लिन समस्या परेको भन्दै उक्त समस्यालाई समाधान गर्न कल सेन्टर र एस.एम.एस. सेवाको व्यवस्था मन्त्रालयले गरेको हो ।  कृषि सम्बन्धि जानकार नभएको व्याक्तिले पनि कृषिखेति गर्नसक्ने गरि सेवाको विकास गरिएको हो । उनले उत्पादन लागत कम गर्न भन्दै मन्त्रालयले मुल्य घटाउन अनुदानका कार्यक्रहरु किसान सामु ल्याइएको जानकारी दिए ।  
 रासायनीक मल, प्राङगारिक मल र बीऊमा मात्र करिब ६ अर्व रुपैयाँको अनुदानको कार्यक्रम अन्तरगत लागत मूल्य कम गर्न मन्त्रालयले पहल गरेको सहसचिव दाहालको भनाई रहेको छ । कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. युवक ध्वज जिसिका अनुसार जलवायु परिवर्तनको असर धेरै कृषिमा पर्ने हुँदा कल सेन्टरको स्थापनाले किसानहरुले कृषि प्राविधिकहरुसँग दोहोरो कुराकानी गर्न पाउने हुदा समस्या समाधानको लागि उपयुक्त हुन्छ । राष्ट्रिय आयोजनाका निर्देशक शिव नन्दन प्रसाद शाहका अनुसार पछिल्लो समयमा किसान कल सेन्टर किसानहरुको लागि सारथी बन्दै गएको छ । किसानहरुलाई अव कुन खेती गर्ने, यो मौसम कस्तो प्रकृतिको मौसम हो लगायतका विषयमा बेला बेलामा  मोवाईलमा एसएमएस आउने भएको कारण पनि किसानहरुको लागि फाईदा पुग्ने उनको  भनाई रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती