विद्यालयमा पोल छ तर विजुली छैन

कृष्ण खनाल 
बुटवल, जेठ ।
विद्यालयको कम्पाउण्डमा वि
जुलीको पोल गाडिएको छ । पोलबाट नजिकैका घरहरुले तार तानेर घरमा विजुली बालेका छन् । चर्को गर्मीमा नजिकैको घरमा  पङ्खा चल्छ, गर्मीमा फ्रिज चलाएर चिसो पानि खान्छन् । तर विद्यालयमा भने विद्यार्थी ४२ डिग्रीको चर्को गर्मीमा टिनको छानो मुनी असिन पसिन हुदै पढ्छन्, शिक्षकहरुसमेत गर्मीको सिकार भएका छन् । यो अवस्था  रुपन्देहीको लुम्बिनी सास्कृतीक नगरपालिका –१२  साविक एकला गाविसमा रहेको अधियारी निम्न माध्यमिक विद्यालयको हो । वि.स.२०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले सम्म विजुली जोडीएको छैन । तराईको उच्च गर्मी हुने स्थानमा विद्यालयमा करिव करिव ५ सय जना विद्यार्थीहरुले अध्ययन गर्दैै आएका छन् । त्यसमा सबैभन्दा बढि  छात्राहरुको संख्या बढि छ । विद्यालयमा विजुली जोड्नको लागि केही बर्ष पहिला देखि प्रयास गरिएको भएपनि आर्थिक अभाव भएको भन्दै विद्यालयले विद्युत जडान गरेको छैन । जसको कारण गर्मीको मौसममा विद्यार्थीहरुले पसिना काड्दै अध्ययन गर्न बाध्य छन् भने शिक्षकहरुलेपनि सोही व्यथा  भोग्न बाध्य छन् । विद्यालयका सहायक प्रध्यानाध्यापक पुरन प्रसाद उपाध्यले घरमा नै मोवाइृल चार्ज गरेर विद्यालय आउनुपर्ने बाध्याता रहेको  बताउछन् । उनी भन्छन्–‘घरमा लाईन नभएको बेला मोवाईल चार्ज गर्नु प¥यो भने नजिकैको घरमा जानुपर्दछ ।’ 

कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा अधिकांस यादव, हरिजन, कलवार, वरै, लोलिया लगायतका विद्यार्थीहरुले पढ्दै आएका छन् । विद्यालयका प्रध्यानाध्यापक रफिक खानले विद्यालयमा विद्युत जोड्नको लागि तत्परता नदेखाएको कारणले पनि विद्यार्थीहरु गर्मीमा प्रभावित भएको विद्यालयका एक शिक्षक बताउछन् । विद्यालयक सहायक प्रध्यानाध्यापक पुरन प्रसाद उपाध्ययले भने विद्यालयको अतिरिक्त आम्दानीको स्रोत नभएको कारण विद्युत जडान गर्न नसकिएको बताएका छन् । उनी भन्छन्–‘विद्यायले हँ आम्दानी गर्न सकिरहेको छैन के, त्यहि भएर विजुली नजोडेको हो ।’ उनले कसैले सहयोग गरेमा  विद्युत जोड्न सहज हुने बताएका छन् । 
यता, सोही विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुको लागि ‘डे केयर सेन्टर’ स्थापना गरिएको छ । बौद्धिक रुपमा  कमजोर रहेका विद्यार्थीहरु समेत चर्को गर्मीमा पङ्ग्खा विना बस्नुपर्दा थप समस्या भएको बौद्धिक अपाङ्गताका अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसी बताउछन् । उनकै पहलमा स्थापान भएको डे केयर सेन्टरमा अहिले १४ जना वालवालिकाहरु रहेका छन् । ति वालवालिकाहरुलाई विहान करिव १० बजे अभिभावकहरुले डे केयर सेन्टरमा ल्याउछन् र साँझ ४ बजे लैजान्छन् । दिउँसभर एक आपसमा बोल्ने, सिक्ने अभ्यासको लागि एक जना शिक्षिका समेत राखिएको छ । तर गर्मीको कारण उनीहमा समेत थप समस्यामा रहेका छन् । अभियारी निमाविमा  वि.स.२०७१ सालमा डे केयर सेन्टर स्थापना भएको हो । बौद्धिक अपाङ्गताका अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसी भन्छन्–‘विद्यालयमा लाईन छैन, यिनीहरुको लागि दताहरुको सहयोगमा फ्यान(पङ्खा) ल्याएको छु, तर विजुली विना जोड्न पाएको छैन ।’ 
तस्वीर संलग्न छ , कृष्ण खनालबाट
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती