मनाईयो २५६० औं बुद्धजयन्ती, ‘लुम्बिनी विश्वशान्तीनगर’

कृष्ण खनाल
लुम्बिनी(रुपन्देही), ८ जेठ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धले प्रतिपादन गरेका शान्ती, अहिंसा र करुणाको सन्देशले विश्वव्यापीरुपमा आफ्नो पहिचान बनाएको भन्दै उनी जन्मीएको रुपन्देहीको लुम्बिनीलाई विश्व सान्ती नगररको रुपमा विकास गर्नुपर्ने धारणा राखेकी छिन् ।उनले शान्तीका अग्रदुत सिद्धार्थ गौतमबुद्ध संग जडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न बौद्धस्थालहरुलाई एकिकृत गरी विश्व शान्ती नगर निर्माण गर्न ढिलाई गर्न नहुने बताएकी हुन ।
२५६० औं बौद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै उनले लुम्बिनीको व्यापाक रुपमा प्रचार प्रसार गरी  एक पटक आनिवार्यरुपमा लुम्बिनीमा आउने वातावरण सृजना गर्नको लागि सरकारले ढिलाई गर्न नहुने बताएकी छिन् । अहिले निमाणधीन अवस्थमा रहेको लुम्बिनीको वृहत्तर विकास गुरुयोजनाको काममा समयमा नै पुरा गर्नको लागि सबैको सहयोग र साथ आवश्यक रहेको राष्ट्रपती भण्डारीको भनाई रहेको छ । उनले भनिन्–‘बुद्धले प्रदान गरेको सन्देश संयुक्त राष्ट्रसंघको सान्ती सम्बन्धी घोषणापत्रमा समेत सुचीकृत भएको छ, जुन गौरवको विषय हो ।’ उनले थपिन्–‘द्धन्द्ध, हिंसा, गरिबी र अशान्तीले अक्रान्त विश्वका माझमा आजपनि उत्तिकै सान्र्दभिक रहेको छ ।’काठमाडौमा सम्पन्न भएको अन्र्तरािष्ट्रय बौद्ध सम्मेलनको नारा लुम्बिनी, नेपाल, बुद्धको जन्मस्थान र बुद्ध दर्शनको भूमि सान्र्दभिकता रहेको उनको भनाई थियो । 
कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रधानमन्त्री केपी  शर्मा ओलीले लुम्बिनीमा  विशेष महोत्सव, सभा समारोह आयोजना गर्दा सभाहलको अभाव रहेको भन्दै आवको एक बर्षमा ५ हजार मानिस अट्ने सभाहल निर्माण गर्ने प्रतिवद्वता  जनाएका थिए । उनले भने –‘अवको एक बर्षमा नसके २ बर्षमा पुरा गर्ने गरी ५ हजार मानिस अट्ने सभाहल निर्माणको लागि म साथीहरुलाई निर्देशित गर्छु ।’ अंग्रेजी र नेपाली दुवै भाषामा सम्बोधन गरेका ओलीले गुरुयोजना छिटो भन्दा छिटो पुरा गर्ने र अन्य गुरुयोजनाहरु समेत प्रस्तावित गरि सकिएको बताएका थिए । उनले बुद्ध जन्मस्थल लुम्बिानीलाई संसार भरिका बौद्धमार्गीहरुको तिर्थस्थलको रुपमाको रुपमा विकास गरी आफ्नो जिवनमा एक पटक अनिवार्य आउनुपर्ने स्थानको रुपमा विकास  गर्ने गरी योजना बनाईरहेको बताएका थिए । उनले भने–‘आफ्नो जिवनमा एक पटक अनिवार्य रुपमा लुम्बिनी आउनुपर्ने स्थालको रुपमा विकास गर्नु जरुरी रहेकोछ, जसको योजना निर्माण हुदै छ ।’

 नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले आफु गौतब बुद्धको शान्ती र अहिंसा र सम्राट अशोकबाट प्रभावित भई युद्धलाई शान्तीमा परिणा गर्न सफल भएको बताएका थिए ।
बुद्ध जन्मेको देशले शान्तीको बाटो पहिल्याउने भन्दै उनले त्यहि कराणले नै आफ्नो पार्टीले सशस्त्र द्वन्द्व त्याग गरी शान्ती बाटो पहिल्याएको बताएका थिए । बौद्ध स्थालको विकासका लागि कसैले बाधा गर्न नहुने भन्दै उनले आफु प्रधानमन्त्री भएको बेला नै लुम्बिनीमा वृहतखालको बौद्ध सम्मेलन आयोजना गर्ने योजना बनाएको तर विविध कारणले पुरा गर्न नसकेको बताएका थिए । कार्यक्रममा बुद्धकोको सन्देशकै कारण दुई ठुला देशहरुको विचमा पनि सान्त र समृद्ध देशतर्फ नेपाल लम्कीरहेको उनको भनाई रहेको थियो । उनले भने–‘बुद्ध  जन्मस्थाल लुम्बिनी हामी नेपालीहरुको लागि गर्वगर्ने स्थानहो, यसलाई नेपालमा मात्र होईन, भार र चीन संग समेत जोडेर वृहत्तर विकासमा गर्नु आवश्यक छ ।’
कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा  नेपाली काग्रेसका   सभापती शेर बहादुर देउवाले बुद्धको शान्तीको पथ अहिले पनि उत्तिकै सान्र्दभिक भएको भन्दै  सबैले साझा अभियानको रुपमा बुद्धको पथ पहिल्याउनुपर्ने बताएका थिए । बुद्धको सन्देशबाट धेरै कुराको पाठ सिक्नुपर्ने भन्दै उनले भने–‘बुद्धको  सन्देशहरु आज पनि उत्तीकै महत्वपुर्ण रहेका छन् ।’  उनले नेपालका राजनीतिक दलहरु अहिले जे जस्तो अवस्थामा भएपनि शान्तीको बाटो पहिल्याए र नै समृद्धी हुने निस्कर्ष सहित शान्ती प्रक्रियामा आएको भन्दै उनले लुम्बिनीले विश्व सान्तीको प्रतिकको रुपमा   काम गरेको बताएका थिए । 
कार्यक्रममा सम्मेलन मुल आयोजक समितिका संयोजक तथा सास्कृती तथा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले विश्व सान्तीको महान लुम्बिनीलाइ विश्वभर चिनाउनको लागि सरकराले कुनै कसर बाँकी नराखेको बताएका थिए । काठमाण्डौमा सम्पन्न दुई दिने  विश्व बौद्ध शिखर सम्मेलनबाट बुद्धका विषयमा भएका विभिन्न भ्रमहरु चिर्न सफल भएको भन्दै उनले  लुम्बिनीको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका थिए । उनले बुद्धको सन्देश प्र्रवाहका लागि विद्यालयको पाठ्यक्रममा नै बुद्ध विशेष पाठयक्रम लागु गर्ने पर्ने धारणा राखेका थिए । उनले भने–‘बुद्ध र बुद्धत्व सबैले  बुझ्नु जरुरी रहेको छ , त्यसैले विद्यालयमा नै पाठ् यक्रम निर्माण गरी अध्यायन अध्ययापनको व्यवस्था मिलाउनुपर्दछ ।’
२५६० औं बुद्ध जयन्तीको अवसरमा काठमाण्डौंमा सम्पन्न भएको अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनमा प्रस्तुत भएको कार्यपत्रलाई पारीत गर्दै लुम्बिनीबाट ११ बुंदे घोषणा पत्र समेत जारी भएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव वान कि मून, अमेरीकी राष्ट्रपति बाराक ओबामा, बांलादेशी राष्ट्रपति लगायत बिभिन्न मुलुकका राष्ट्रप्रमुखहरुले पठाएको शुभकामना सन्देश उनीहरुका प्रतिनिधिले पढेर सुनाएका थिए  । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती