‘डे केयर सेन्टर’ विद्यार्थीद्वारा सहयोगको याचन

कृष्ण खनाल
बुटवल, ५ जेठ । 

अपाङ्गताको   बर्गीकरणमा सबैभन्दा जटिल अपाङ्गता  अन्र्तगत बौद्धिक अपाङ्गतालाई लिईन्छ । तिनै बौद्धिक अपाङ्गता भएका वालबालिकाहरुलाई समाजमा घुलमिल गराउने र शिक्षा प्रदान गर्ने उदेश्यका साथ स्थापना भएका रुपन्देहीका दुई वटा ‘डे केयर सेन्टर’ आर्थिक अभावको कारण समस्यामा परेका छन् । बौद्धिक अपाङ्गता भएका व्याक्तिका अभिभावक संघ रुपन्देहीको पहलमा रुपन्देहीको रुद्रपुर गाविसमा रहेको रुद्रपुर उच्च मावि र लुम्बिनी सास्कृतीक नगरपालिका १२ मा रहेको अधियारी निम्न माध्यमिक विद्यालयमा गरी २ स्थानमा डेक केयर सेन्टर स्थापना भै सञ्चालनमा रहेका छन् । विभिन्न दाताहरुको सहयोगबाट सञ्चालनमा आएका यि सेन्टरहरुमध्ये रुद्रपुर डे केयर सेन्टरमा बालबालिकाहरुको लागि दिउसामा  खुवाने खाजाको समेत व्यवस्थापन नहुँदा समस्यामा परेको बताइएको छ । 
वि.स.२०६८ सालबाट स्थापना भएको रुद्रपुर डे केयर सेन्टरमा अहिले ३२  जना बौद्धिक अपाङ्गता भएका वालबालिकाहरु रहेका छन् । ति वालवालिकाहरुलाई दैनिक रुपमा दिउसको समयमा गत बर्ष सम्म नियमित रुपमा खाजाको व्यवस्थापन हुदै आएकोमा अहिले  सहयोगी दाताको अभावमा  दिउँसको समयमा  बालवालिका भोकै हुने गरेको रुद्रपुर उच्च माविका प्राचार्य पिताम्बर भट्राई बताउछन् । 
एक बर्ष पहिला सम्म  वालबालिकाहरुको लागि विभिन्न, लियो, लायन्स, रोटरी लगायत सामुदायिक वन उपभोक्ता समिति, मदिरा व्यवसायी समिति लगायतका विभिन्न सामाजिक संघ संस्थाहरुले  खाजाको लागि सहयोग गरेका थिए । तर अहिले सहयोग नआएको कारण समस्यामा परेको बौद्धिक अपाङ्गताका अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसी बताउछन् । उनी भन्छन्–‘एक बर्ष पहिला सम्म समस्या थिएन्, दिउँसको खाजाको लागि पकाउने भाँडा कुडा समेत हामीले सहयोगी दाता मार्फत जुटाएका छौं ।’ उनले अहिले दाताको अभावमा केही समस्या रहेको छ ।  
रुद्रपुर डे केयर सेन्टरअहिले सोत कक्षको रुपमा  सञ्चालन भएको छ । जिल्ला शिक्षा कार्यालय मार्फत मन्त्रालयमा पहल गरी एक जना शिक्षक  राहत कोटामा  र एक जना सहयोगीको कोटा प्राप्त गरी स्रोत कक्षाको रुपमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा शिक्षकको रुपमा यम थापा रहेका छन् भने विगत ३ बर्ष देखि स्यम्सेवी रुपमा काम गर्दै आएकी सारदा भट्राई सहयोगीको रुपमा कार्यरत रहेकी छिन् । उक्त सेन्टरमा २६ जना विद्यार्थीहरु भर्ना भएकोमा १८–१९ जना विद्यार्थी नियमित रुपमा अभिभावकहरु आफैले बोकेर विद्यालय ल्याउने गरेका छन् ।  विहान १० बजे देखि साझ ३ बजे सम्म विद्यालयमा विद्यार्थीहरु बसेर केही महिना सामाजिक घुलमिल अभ्यास, केही महिना साररिक तथा बोलाई सम्बन्धी अभ्यास पछि बल्ल केही पढाई तथा लेखाईको कार्य गरिन्छ । 

रुपन्देहीको अर्को स्थान लुम्बिनी सास्कृतीक नगरपालिका –१२ मा रहेको अभियारी निमाविमा  वि.स.२०७१ सालमा डे केयर सेन्टर स्थापना भएको हो । बौद्धिक अपाङ्गताका अभिभाक संघ रुपन्देहीको सक्रियतामा स्थापना भएको उक्त विद्यालयमा १४ जना वालवालिकाहरु रहेका छन् । उक्त विद्यालयमा स्व्म सेवीरुपपमा शिक्षक कार्यरत रहेका छन् । उक्त विद्यालयमा दिउसको  खाजाको लागि विभिन्न दाताहरुबाट सहयोग संकलन गरी  व्यवस्थापन गरिएको छ । विभिन्न सहयोगी दाताहरु लियो, लायन्स, रोटरी जस्ता विभिन्न क्लवहरुको सहयोगबाट दिउसको लागि चाहिने खाजा, चिउरा, चाउचाउ, भुजा लागायतको व्यवस्थान गरिएको छ । 
दुई वटा डे केयर सेन्टरको  लागि मासिक १०÷१० हजार रुपैयाँको व्यवस्थापन हुन सकेमा बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुको लागि सहयोग हुने  बौद्धिक अपाङ्गताका अभिभावक संघ रुपन्देहीले जनाएको छ । जसको लागि विभिन्न दाताहरुबाट सहयोगकको अपेक्षा गरिएको उसले जनाएको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती