राजनीति मोह छाडेर कृषि कर्ममा मासिक ३ लाख आम्दानी गर्दै भुर्तेल

कृष्ण खनाल
बुटवल, फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ का ज्ञान प्रसाद भुर्तेलको दैनिकी पछिल्लो केही बर्ष यता फेरिएको छ । केही बर्ष पहिला एक विहान उठेर खाना खाएर विभिन्न राजनीतिक कार्यत्रममा सहभागी हुने भुर्तेल आजभोली धेरै कम मात्र राजनीतिक कार्यक्र
ममा सहभागी हुन्छन् । भुर्तेलको दैनिकी एका विहानै उठेर भैसीको स्याहार सुसारमा वित्ने गर्दछन् । विहान ४ बजे नै उठेर आफ्नो फर्ममा रहेका भैसीको स्याहार सुसारको लागि उनी आफ्ना सहयोगीहरुलाई सघाउछन् भने दुध दुहुन, दुहेको दुध डेरी सम्म पु¥याउनको पनि उनी आफ्ना सहयोगी संगै तल्लीन हुनछ । 
विगतलामो सयय राजनीतिक जिवनलाई अहिले विश्राम लगाएर ज्ञान प्रसाद भुर्तेल  व्यवसायीक कृषि मोहमा तानिएका छन् ।  केही बर्ष पहिला स्थानिय साथीहरुको सहयोगमा स्थापना भएको ‘सामुहिक बुहुदेश्यिक पशुपालन कृषक समुह’ सञ्चालन गर्न समुह असफल भएपछि उनले उक्त फर्म एक्लै किनेर सञ्चालनमा ल्याएका छन् । 
तिलोत्तमा नगरपालिका–१७ टिकुलीगढमा वि.स.२०६९ सालमा स्थापना भएको फर्ममा अहिले १ सय वटा भैसी पालेका छन् । ‘समुहले फर्म चलाउन नसकेपछि मैले किनेको  हु ।’– उनी भन्छन् । उनको फर्ममा अहिले भैसी १०० वटा छन् जसमा दुहुनो भैसी ३१ वटा छन् । दैनिक ३ सय लिटर दुध उत्पान गरेर विक्रि गर्दै आएका भुर्तेलले केहीले उनको फर्मबाट नै दुध खरिद गरेर लैजाने गरेका छन् भने केही दुध आफ्नो शेयर भएको टिकुलीगढ दुग्ध सहकारी संस्थामा लगेर विक्रि गर्दै आएका छन् । उक्त सहकारीले दुध बुटवल सम्म विक्रिका लागि ल्याउने गरेको छ । 
चार विघा क्षेत्रफलमा व्यवसायीक पशुपालन फर्म स्थापना गरेका भुर्तेलले घासको लागि छुट्टै ७ विघा क्षेत्रफल जग्गा भाडा(लिज)मा ल्याएका छन् । स्थानिय सरस्वती निमाविको जग्गा भाडामा लिएर व्यवसायीक कृषि कर्म सुरु गरेका भुर्तेल  राजनीतिक जिवनमा ३ बर्ष सम्म जेल जिवन समेत विताएका व्याक्ति हुन । स्थानिय सरस्वती निमाविलाई बार्षिक रुपमा फर्मरहेको स्थानको र घास खेतीको लागि भाडामा जग्गा लिए बापत हुने बार्षिक रुपमा २ लाख रुपैयाँ भाडा बुझाउदै आएका छन् । १५ बर्षको लागि उनले फर्म मात्र रहेको स्थानको बार्षिक १ लाख २५ हजार भाडा तिर्ने गरी लिजमा लिएका हुन भने   छुट्टै घास खेती र माछा पालनको लागि ल्याएको जग्गाबापत एक मुष्ट २ लाख रुपैयाँ बार्षिक  भाडा बुझाउदै आएका छन् । 

व्यवसायीक पशुपालन मात्र नभएर भुर्तेmले  माछा समेत पालेका छन् । अहिले उनले ४ वटा माछा पोखरीमा माछा हुर्काईरहेका छन् । उनी भन्छन्–‘राजनीतिक धेरै गरे,क्रान्तिका कुरा धेरै गरे, तर आफ्नो क्रान्ति भएन  कृषि कर्ममा हात हाले, अहिले भैसी पालन, माछा पालन गर्दै आएको छु ।’ केही बर्ष पहिला  २६ जना विभिन्न व्याक्तिहरुले समुह निर्माण गरी फर्म स्थापना गरेको भएपनि साथीहरुले ईच्छा नदेखाएपछि आफै एक्लै फर्म सञ्चालन गरेको भुर्तेल बताउछन् । सुरुका बर्षमा ३५ लाख रुपैयाँ लगानी गरेका भुर्तेलको अहिलेको फर्मको सम्पत्ती करिव डेढ करोड बराबरको  छ । 
उनी भन्छन्–‘म राजनीतिक मान्छे, राजनीतिक गर्थे तर व्यवहारमा केही गर्न सकिएको थिएन्, नेपाललाइ्र्र उन्नती प्रगती गर्न हो भने कृषि क्रान्ति गर्नुपर्दछ र हामी जस्ता सचेत मान्छेहरुले कृषि कर्म गरौ भनेर लागियो ।’
विद्यार्थी राजनीतिक काल देखि एमालेको समर्थक रहेका उनी वि.स.२०५४ सालबाट तत्कालिन माओवादीमा लागेका हुन ।  अहिले पनि एमाओवादीमा आस्था रहेको बताउने भुर्तेल एमाओवादीको रुपन्देही क्षेत्र नम्बर ३, ईन्चार्ज समेत भएर काम गरेको अनुभव छ  । ३९ बर्षमा लगोका भुर्तेल अन्य केही कारण नभई राजनीतिकबाट कृषि क्षेत्रमा केही गर्नुपर्दछ भनेर लागेको बताउछन् । ‘मुलुकलाई उन्न्ती समृतको लागि हामी जस्ता युवाहरु कृषि क्रान्तिमा लाग्नु पर्दछ ,श्रममा विश्वास गर्नुपर्दछ’– उनी भन्छन् । 
अहिले फर्मको सबै खर्च कटाएर मासिक ३ लाख आम्दानी गर्दै आएको भुर्तेलको भनाई रहेको छ  । ‘आठ जना  कर्मचारी छन्, पशु, माछा लगायत सबै व्यवस्थापन खर्च कटाएर मासिका ३ लाख चोखो आम्दानी गर्दै आएको छु ।’ उनले भने । 
सबैले विदेशको मुख ताक्नु भन्दा नेपालमै कृषि कर्ममा लाग्नुपर्ने उनको सुझाव छ–‘मैले के भन्छु भन्दा पनि सबैलाई बारम्बार सुझाव दिएको छु की देशमा नै संभावना छ, तपाई युवाह्ररुमा  ईच्छा शक्ति हुनु प¥यो, श्रम जहा गरेपनि श्रम नै गर्ने हो, युवा श्रम यहि नेपालमै सदुपयोग गरौ, यहि सुन्दर भविश्य छ ।’
अग्रेजीमा आई ए पास गरेका भुर्तेल बहुदलमा लागे, लोकतन्त्रको लागि लागि, गणतन्त्रको लागि पनि लागे तर केही परिर्वतन देखेन्न् । अहिले ‘कृषि क्रान्ति’ मा लागेका  छन् । 
उनी भन्छन्–‘युवाहरुलाई अव झुक्याएर हुदैन, कृषि क्षेत्रमा लागौं, लगाऔं कृषिमा नै श्रम गरौ ।’ तत्कालिन माओवादी भुमीगत जिवन विताउँदा उनी भैरहवको देवकोटा चोकबाट २०६० साल साउन २० पक्राउ परी जेल ३ बर्ष सम्म जेल जिवन विताए । वि.स.२०६३ सालमा भैरहवा बाट पोखरा स्तानान्तरण गरी त्यहाबाट शान्ति प्रक्रियामा आएपछि रिहा भएका थिए । 
कृषि फर्मको लागि अहिले सरकारी निकायबाट पनि अनुदान पाएका छन् भुर्तेलले राष्ट्रय दुग्ध विकास बोर्डबाट केही समय पहिला १ लाख रुपैयाँ अनुदान पाएका थिए भने केही प्रक्रियामा छन्  । जिल्लाको जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयबाट पनि घाँसको विउ, भैसीलाई चाहिने आवश्यक विषाधी, माछाको लागि चाहिने आवश्यक उपकरणहरु पनि अनुदान पाएका छन् यसको अलवा विभिन्न समय समयमा प्राविधिक सहयोग तथा परामर्स समेत पाउदै आएका छन् । 
 भैसी पालन कुरा केही अध्यायन गरेको र यसबाट राम्रो हुने अनुमानको साथ भैसी पालन व्यवसाय रोजेको बताउने उनले विमा सम्बीधी निती आएको कारण केही सहज भएको बताउछन् । थारो, नव्याउने भैसी भएमा मासुको लागि समेत प्रयोग गार्न सकिने भएकाले खासै घाटा नभएको उनको भनाई छ ।  फर्म स्थापना भएपछि त्यस क्षेत्रमा सामाजिक रुपमा समेत प्रभाव परेको स्थानियको भनाई रहेको छ । नमुना पशु फर्मको रुपमा स्थापना भएको उक्त फर्मको बारेमा चर्चा परिचर्चा स्थानिय समुदायमा चल्ने गरेको छ ।‘आखिर गरे त हुदो रहेछ नी’ भन्ने छाप स्थानियमा परेको छ । 
उन्नत प्रकृतीको राँगो समेत फर्ममा पालिएको कारण स्थानिय व्याक्तिहरुको भैसीमा  नस्ल सुधारको लागि पनि त्यहि राँगो प्रयोग हुदै आएको छ । उन्नत जातका भैसी उक्त फर्मबाट स्थानियले खरिद गरेर लैजाने गरेका छन् भने भुर्तेलले अन्य स्थानियको स्थानिय जातका भैसी थारो भए र दुध दिन छाडे भने खरिद विक्रिको लागि पनि सहयोग गर्दै आएका छन् । अहिले उनको फर्ममा  अधिकांस मुर्रा जातका भैसी छन् भने सुर्ती र जाफ्री जातको भैसी पनि छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै