मालपोतमा सेवाग्राहीलाई भन्दॉविचौलियालाई हतारो’

कृष्ण खनाल
बुटवल, १९ चैत ।
घर–जग्गा खरिद गर्नुप¥यो या विक्रिभने जग्गा धनिले आफ्नै सक्रियतामा उक्त काम फत्ते गर्छु भनेर सोँच्नु मुर्खाता हुने देखिएको छ  । कुनै पनि घर जग्गा खरि वा विक्रिको लागि  दैलो अगाडी नै पुग्ने जग्गा दलालहरुको बन्धनमा बाँधीएका सेवा ग्राहीहरुले सरकारी कार्य फत्ते गर्न मालपोतमा समेत विचौलियाकै बोलबला हुने गरेको हो । बुटवलमा मालपोत कार्यालय स्थापना भएको धेरै भएको छ । गत कार्तिक–८ गतेबाट बुटवलमा मालपोत कार्यालयले आफ्नो सेवा सुरु गरेको हो ।
 भैरहवामा जस्तै बुटवलको मालपोत कार्यालयमा सेवाग्राहीलाई भन्दा पनि बढि हतारो विचौलियालाई हुने गरेको पाइएको छ । जग्गा दलाल मार्फत जग्गा विक्रि तथा खरिद गर्ने सेवाग्राहीहरुले पहिला देखि नै दलालको फन्दामा परेका हुन्छन् । जग्गा दलालहरुले मालपोत कार्यालयमा पुग्दा अर्को दलाल अर्थात विचौलियालाई जिम्मा लगाउछन् । विहिबार दिउँसो मालपोत कार्यालयमा अनौठो दृश्य देखियो । जग्गा पासको लागि भन्दै आएका सेवाग्राही संग जग्गा दलालले अर्क दलात अर्था विचौलिया लेखा पढीलाई जिम्मा लगाईदिए ।  लेखापढिको लाईसेन्स भिरेका भएपनि  दलाल भन्दा पनि   फरक नदेखिएका ति व्याक्तिमा बेग्लै स्फीर्ति देखियो ।  यसको एक मात्र कारण थियो आर्थिक लेनदेन । 
निवेदनको लागि भन्दै एउटा फोटोकपी गरिएको कागजलाई ५० रुपैयाँ लिएर सुरु हुने लेखापढि नामधारी दलालहरुको बोलबाल पुरै कार्यालयमा चल्ने गरिएका पाइएको छ । हातमा जग्गा रष्ट्रिशनको निवेदनका साथ लालपुर्जा (जग्गाधनी पुर्जा) बोेकेर एक याक्ति (दलाल,विचौलिया) आफै दर्ता फाँटमा गए, आफै गएर कार्यालयको ढ्डा पल्टाए, आफै छाप लगाए, आफै अधिकृतको र आफै निमित्त प्रमुखकोमा । उनीसंग गएर अन्य जग्गा खरिद कर्ता तथा विक्रि कर्ताहरु उनको पुच्छर(साछी) जस्तै भए । यो एक जनासेवा ग्राहीको मात्र कुरा होईन ।  मालदार सरकारी अड्डाको रुपमा रहेका अधिकांस सरकारी कार्यालयमहरुमा विचौलियाहरुकै बोलबला हुने गरेको छ । भैरहवामा रहेको जिल्ला मलपोत कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला भन्सार कार्यलय  भैरहवा, बुटवलमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा पनि यस्तो प्रकृतिका विचौलियाहरु खुलेयाम रुपमा सेवाग्राहीहरुबाट रकम लुट्ने गरेका छन् । वाहिर १० रुपैया लेखिएको सरकारी टिँकटलाई केही समय पहिला जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडी १५ रुपैयामा विक्रि गरिरहेका थिए । यस्तै प्रवृत्ती बुटवलको नापी र मलापोत कार्यालयमा पनि भेटिन्छ । 

सरकारले नै मुल्य निर्धारण गरेको टिकट मुल्यमा त सर्वसाधरणमाथि लुट हुनबाट सुरु भएपछि पुरानाकागजपत्र खोज्न, ढ्ड्डा पल्टाउनको लागि सेवाग्राहीहरु संग विचौलियाहरुले न्युनतम्  १ सय रुपैया देखि ५ सय रुपैया सम्म  बुझाउने गरेको मालपोत कार्यालय बुटवलमा विहिवार एक सेवा ग्राहीले संवाददातालाई बताए । उनले भने–‘कर्मचारीलाई पैसा दिनुपरेको छैन, तर काम गराउनको लागि भन्दै बसेका व्याक्तिहरुलाई प्रत्येक पटक १ सय देखि २ सय बुझाउनुपर्छ, त्यो पैसा कहाँ जान्छ मलाई थाहा भएन ।’
कुनै पनि सरकारी कार्यालयमा  विचौलियाहरुबाट हुने विगविगी नियन्त्रणको लागि सरकारी निकायबाट नै कडा कानुन ल्याउनुपर्ने सुझाव छ भष्ट्राचार विरुद्व काम गर्दै आएको संस्था पारदर्शी  सरोकार समुह बुटवलका कोषाध्यक्ष दिपक ढकाल बताउछन् । उनी भन्छन्–‘संस्थागतरुपमा सर्वसाधारणहरुलाई लुट्ने काम भएको छ, यस्तो प्रवृत्ति रोक्नको लागि सबै कार्यालय प्रमुखहरुले कडाई गर्नुपर्दछ ।’उनले भष्ट्राचार सामाजिक रोग भएकाले सामाजिक रोगहटाउनको लागि सबैको सहकार्य जरुरी रहेको  बताउछन् ।
सरकारी नियम अनुसार कुनै पनि  सार्वजिक निकायको कार्यालयमा अनिवार्यरुपमा नागरिक बडापत्र राख्नुपर्ने, सुझव पेटीका, नागरिक सहायता कक्षा राखिननुपर्ने जस्ता नियमहरु भएपनि रुपन्देहीका अधिकांस सरकारी कार्यालयहरुमा यस्तो नभएको उनको तर्क छ । विगत केही बर्ष देखि टान्स्परेन्सी ईन्टरनेशनल समुह संग आवद्व भई नेपालमा सदाचार प्रर्वद्धन कार्याक्रम अन्र्तगत नागरिक सहायता कक्ष सञ्चालन गर्दै आएको पारदर्सी सरोकार समुह बुटवले अहिले सम्म रुपन्देहीका ११ वटा  सरकारी कार्यालयहरुमा नागरिक सहयता कक्ष स्थापना गरेको छ । अधिकांस कार्यालयहरुमा सेवाग्राहीहरुसंग सरोकारवाला व्यक्तिहरु जवाफदेही नभएको, सुझाव पेटी नभएको,नागरिक बडा पत्र तथा सहकजरुपमा काम पत्ते नभएका, काममा ढिलाई भएको जस्ता गुनासाहरु आउने गरेको पारदर्सी  सरोकार समुह बुटवलकी कार्यक्रम संयोजक देवी डुम्रे बताउछन् । 
यता, मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत केशव भट्राईले अहिले कार्यालय नीजि घरमा भाडामा सञ्चालन गर्नुपरेको कारण पनि कार्यसम्पादनमा केही कठिनाई भएको बताउँछन् । उनी भन्छन्–‘कार्यालयको संरचना नै छैन, भाडामा लिएको घरबाट  जेनतेन काम  चलाएका छौ ।’
मालपाते कार्यालय बुटवलका निमीत्त प्रमुख माधव घिमिरेले कार्यालयमा विचौलियकहरुको विगविगीको सम्बन्धमा  सरकारी नियम अनुसार कार्यालय परिषरभित्र विचौलियाहरुलाई प्रवेश गराउन नपाउने नियम भएको बताउछन् । तर बुटवलको कार्यालयमा सरकारी संरचनागतरुपमा पनि अफ्ठारो भएको कारण केही असजिलो भएको तर सुधार गरेर लैजाने  बताउछन् । उनी भन्छन्–‘विचौलियाहरु भन्दा बढि सेवा ग्राहीहरु नै सक्रि हुनुप¥यो, हामी नियम भन्दा बाहिर केही काम गर्दैनौ तर केही बाध्याताहरु छन् ।’
मालपोत कार्यालय बुटवलको प्रत्येक फाँटमा कार्यालय सहयोगीहरु व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । तर ति कार्याल सहयोगीहरुले समेत पैसा लिने गरेको सेवा ग्राहीहरुले गुनासो गरेका छन् । ‘विचौलियाहरु संग मिलेर हामीसंग पैसा लिन्छन्’–एक सेवा ग्राहीले भने । ‘हामीबाट एक मुष्ट रकम लिएर साझँ को कोले बाढेर खानेहुन कुन्न, पैसा दिएमा काम छिटो हुन्छ, सबैलाई हतार छ के गर्ने ।’–उनले थपे । वि.स.२०७२  कार्तिक ८ गतेबाट बुटवलमा नापी र मलपोत कार्यालय सुरु भएको हो । मालपोत कार्यालयले गत फागुन मसान्त सम्म २० करोड राजश्व संकलन गरेको छ भने साढे ११ हजार सेवा ग्राहीहरुले सेवा लिएका छन् । भौतिक  सुविधाको कारण दुई वटा घर भाडामा  लिएको घरबाट काम चलाएउदै आएको छ । 

तस्वीरः मालपोत कार्यालय बुटवलमा विचौलियाहरुको भिड । तस्वीरः कृष्ण खनाल/बुटवल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै