अव ई–रिक्साबाट ट्राफिक निगरानी


कृष्ण खनाल
बुटवल, २२ फागुन । 
सधैजसो गाडीमा हुईकिने ट्राफिक प्रहरी अव  विद्युतीय रिक्सा(ई–रिक्सा)मा बुटवल बजारको फन्को लगाउदा नौलो मानिन् छैन । ईन्धन नचाहिने बातावरण मैत्री  विद्युततिय रिक्सामा चढेर अव पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरीहरु सुरक्षाको लागि गस्तीमा हिड्ने भएका छन् । यस क्षेत्रमा नै पहिलो पटक ई रिक्सा डिलर्स एशोसियसन लुम्बिनीले साईरन जडीत विद्युतिय रिक्सा शनिवार पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरेपछि प्रहरीले अव विद्युतीय रिक्सा प्रयोग गरि सुरक्षा गस्ती लगायत आवश्यक ट्राफिक व्यवस्थापनमा खटिने भएका छन् । ई रिक्सा डिलर्स एशोसियसन लुम्बिनीका अध्यक्ष बाबुराम अधिकारीले सामाजि
क उत्तरदायित्व अभियान अन्र्तगत सुरक्षा क्षेत्रको लागि आफुहरुले विद्युतीय रिक्सा प्रदान  गरेको जानकारी दिए । उनले भने–‘व्यवसायी भएर व्यवसायिक नाफा भन्दा पनि समाजको लागि केही योगदान गरौ भन्ने उदेश्यले हामीले ट्राफिक प्रहरीलाई ई रिक्सा प्रदान गरेका हौ, हामी आशा गछौं यसबाट अवश्यक पनि राम्रो हुनेछ ।’
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी प्रकाश अधिकारीले ट्राफिक प्रहरीले यस भन्दा पहिला साईकलमा पनि गस्ती गर्दै गरेको ईतिहास रहेको भन्दै अव विद्युतीय रिक्साबाट बुटवलको ट्राफिक व्यवस्था र अन्य सुरक्षाको अवस्थाको निगरानी गर्ने जानकारी दिए । उनले भने–‘सामाजिक उत्तरदायित्वको भावनाले ओतप्रोत भएर,  जुन रिक्सा सहयोग गर्नुभएकोछ, यसको समुचित सदुपयोग हुनेछ ।’  उनले पोखराको बेगनास ताल, फेवा ताल लगायतका क्षेत्रका वाहिरी पर्यटकहरुको लागि स्लो स्पीडको साधन आवश्यक रहेको भन्दै, यस्को व्यवस्थापन  गर्नु आवश्यक रहेको बताएका छन् । उनले अहिले  ई रिक्सा डिलर्स एशोसीएसन लुम्बिनीले दिएको रिक्सा बुटवलको ट्राफिक सुव्यवस्थाको लागि प्रयोग गरिने र अन्य रिक्सा सहयोग आएमा पोखराको लागि हस्तान्तरण गरिने जानकारी दिए । उनले अहिले ई रिक्सा डिलर्स एशोसियसनले दिएको  विद्युतीय रिक्समा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले २ जना  ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी जवान, १ जना ट्राफिक प्रहरी र १ जना प्रहरी ड्राईभर गरी कुल ४ जनाले दिनका  एक पटक बुटवलको  गस्ती गर्ने गरी प्रबन्ध मिलाएको छ । जसबाट सुरक्षा व्यवस्थापन र ट्रफिक व्यवस्थापन सहज गराउनको लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ । 
ई रिक्सा डिलर्स एशोसियसनका सचिव यम रानाले करिव ४ लाख रुपैया मुल्य रहेको विद्युतीय रिक्सा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएपछि यसले ईन्धन विना नै ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा लिइएको जानकारी दिए । उनले भने–‘हामीले प्रदान गरेको रिक्साबाट समाजमा सकारात्मक परिर्वतन ल्याउने छ भन्ने हामीले अपेक्षा लिएका छौं ।’
नेपाल पत्रकार महासघ रुपन्देहीका अध्यक्ष शेर बहादुर के.सीले नेपालको प्रहरी प्रशासन अहिले पनि सबै स्रोत र साधानले निपुर्ण नभएको भन्दै ई रिक्सा व्यवसायीहरुले प्रदान गरेको विद्युतीय रिक्साले साधान स्रोतमा एक ईट्टा थप्ने काम गरेको बताउछन् । उनले व्यवसायीहरुले नाफा मात्र नकमाएर नाफाको केही निश्चित प्रतिशत रकम सामाजिक कार्यको लागि प्रयोग गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुने जानकारी गराए । 
 ई–रिक्सा डिलर्स एशोसियसन लुम्बिनीका उपाध्यक्ष ध्यान बहादुर राईले लुम्बिनी अञ्चलमा अहिले पनि विद्युतीय रिक्सा दर्ता नगरिएको र अन्य अञ्चलनमा दर्ता गरी यहाँ सञ्चालन गर्नुपरेको बाध्यता सुनाउँदै  लुम्बिनी अञ्चलमा रिक्सा दर्ता गर्ने वातावरण मिलाउनको लागि आग्रह गरे । विगतका दिनहरुमा भन्दा ईन्धनको चरम अभाव भएको बेला विद्युतीय रिक्साले प्रदान गरेको सेवाबाट बुटवलबासीहरु लाभांवित भएको भन्दै यसको दिगो व्यवस्थापनको लागि सबैको सहयोग हुनुपर्ने एशोसियसनका कोषाध्यक्ष राज खनालको भनाई रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै