कहिले सञ्चालनमा आउछ ‘बधसाला’ ?

बुटवल टुडे फ्लोअप

कृष्ण खनाल
बुटवल, ६ चैत । 
बुटवलमा व्यवस्थित रुपमा पशु बधगर्ने भन्दै निर्माण गरिएको बधसाला भवन अलपत्र अवस्थामा छ । भवन निर्माण भएको करिव आधा बर्ष पुरा हुँदा समेत सम्बन्धीत निकाय बुटवल उपमहानरपालिकाले ठोस कार्ययोजना अगाडी नबढाउदा करोड लागनी गरिएको बुटवलको पशुबधसाला सञ्चालनमा आउन सकेको छैन ।
बुटवल–१२ रामनगरमा बुटवल धागोकारखाना नजिकै निर्माण गरिएको पशुबधसालाको लागि आवश्यक पर्ने न्युनतम आधारभुत संरचनाहरु समेत निर्माण नभएको कारण सञ्चालनमा आउन कठिनाई भएको मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल बताउछन् । उनका अनुसार पशु बधको लागि भनेर निर्माण गरिएको उक्त भवनमा अहिलेसम्म  आधारभुत आवश्यकताहरु जस्तै, खानेपानी, विजुली र बाटो  समेत निर्माण गरिएको छैन ।  नेपाल सरकार पशु–पंक्षि विकास निर्देशानलयले निर्माणसम्पन्न गरि बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपनि उक्त भवनको यथोचित प्रयोग हुन सकेको छैन । जसको कारण करोडौ लगानी अहिले बालुवामा पानी सरह भएको सरोकारवालाहरु बताउँछन् । 

पशु बधसाला निर्माणको लागि मासु व्यवसायी संघ रुपन्देही र बुटवल उपमहानरपालिका विच पटक पटक विभिन्न समयमा विभिन्न बैठक तथा छलफलहरु भएका छन् । यद्यपी छलफललले मुर्तरुपमा लिन नसकेको कारण उक्त वधसाला भवन अलपत्र परेको  छ । 
बुटवल उपमहानर पालिकाले मासु व्यवसायी संघ रुपन्देहीसंग विस्तृत कार्यक्रम माग गरेको छ । बुटवल उपमहानर पालिका र मासु व्यवसयी संघ रुपन्देहीका विचमा सम्झौता भई सञ्चालनमा आउने गरी निर्माण भएको बधशाला बुटवल उपमहानर पालिकाको उदासिनताको कारण यतिकै अलपत्र परेको हो । 
मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल भन्छन्–‘हामी प्रारम्भीक चरणमा बधसाला सञ्चालन गर्छौ भनेका छौ तर बुटवल उपमहनारपालिकाले ठेक्कामा लागाउने जस्तै कुरा गरेको छ, जस्ले गर्दा केही कुरा मिलेको छैन ।’
उनले अहिले नै पशु वधसाला पुर्णरुपमा पुर्वाधार निर्माण गरी सञ्चालनमा आउन सक्ने अवस्था छैन, तैपनि पुर्वाधार विकास गर्दै सञ्चालन गर्न मासु व्यववसायी संघ रहेको उनको भनाई छ ।
रुपन्देही जिल्लामा २७ सय मासु व्यवसायीहरु रहेका छन् । अहिले बुटवलमा निर्माण भएको पशु बधसालामा दैनिक करिव १५ टन मात्र पशु बध गर्न सकिने क्षमता रहेको छ । यदि जिल्लाभरबाट मासु बधको लागि त्यहा आउने हो भने  दैनिक करिव ३५ टन मासु बध गर्नुपर्ने र यसको लागि बधसालाले थेग्न नसक्ने मासु व्यवसायी संघको भनाई रहेको छ । 
अहिले भवन निर्माण गरिएको  बधसालामा चिस्यान केन्द्र निर्माण भएको छैन भने फोहर व्यवस्थापनको लागि वायो ग्यास प्लान्ट पनि निर्माण भएको छैन । तर उक्त  भौतिक निर्माण पशु बधसालको लागि चाहिने आवश्यक भौतिक निर्माण हुन । 
बुटवल उपमहानरपालिका पशु बधसाला  सञ्चालनमा नआएपनि आर्थिक बर्ष २०७०÷०७१, ०७१÷०७२ र  आर्थिक बर्ष २०७२÷०७३ मा लगातकार  तेस्रो पटक सम्म  देशभरकै नगरपालिकामा कार्यसम्पादन मूल्याकंनमा प्रथम भएर पुरस्कृत भएको थियो । तर कार्यसम्पादन मुल्यांकनको छैठौ आधारको रुपमा पशु बधसाला अनिवार्य रुपमा सञ्चालन भएको हुनुपर्ने हुन्छ । 
बुटवलको पशुवधसाला पहिलो चरणमा पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय ललितपुरले वधसाला निर्माणको काम गरेको थियो । तर पछि ठेकेदारले समयमा काम नगर्दा र बजेट अभाव हुँदा बधशाला समयमै निर्माण हुन सकेको थिए । पहिलो चरणको काम २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ वैशाखमा बधशालाभित्रको भौतिक संरचना निर्माण गर्ने विषयमा गोरखा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो तर ठेकेदार सम्पर्क विहिन  भएपछि निर्माण कार्य रोकिएको थियो ।
 पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले वधसालाको भित्री डेकोरेसन लगायतको उपकरणका लागि बुटवल उपमहानगरपालिकालाई संरक्षकको भूमिका दिई दोस्रो चरणको ठेक्का लगाएपछि बधशाला निर्माण भएको थियो । उपमहानगरपालिकाले ०७१ जेठ २० गते अरनिको एन्ड भीम कन्स्ट्रक्सनसँग सम्झौता गरी ०७१ असोज ३० सम्म निर्माण पूरा गर्न भन्दै ठेक्का दिएको थियो । उक्त कम्पनीले पनि ढिला भवन निर्माण गरी २०७२ असार महिनामा मात्र बुटवल उपमहानगर पालिकालाई हस्तान्तरण गरेको थियो ।  एक करोड एक लाख ८५ हजार ६ सय ३६ रुपैयाँ लागत इस्टिमेट गरे पनि निर्माण कम्पनीले ९१ लाख ४३ हजार तीन सय १० रुपैयाँमा ठेक्का लिएको थियो । कृषि विकास मन्त्रालय पशुसेवा विभाग पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहर भवन ललितपुरबाट ५० लाख र बाँकी रकम बुटवल उपमहानगरपालिकाले ५२ लाख ४२ हजार आठ सय १८ रुपैयाँमा सो बधशाला निर्माण भएको हो । करिव डेढ करोड रुपैयाँ लागतमा  निर्माण गरिएको पशुवधसाला यस क्षेत्रको एक मात्र आधुनिक पशु बध गर्ने स्थान हो  ।डेढ करोड मध्ये ६० लाख बुटवल नगरपालिकाले लगानी गरेको छ ।  बुटवल–१२ रामनगर रामनगरमा औद्योगीक Ôेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा क्षेत्रफलमा पशु बधशालाको भवन  निर्माण गरिएको हो । पशुपंÔी बजार प्रर्बद्धन निर्देशनालयले बुटवलसंगै महेन्द्रनगर, झापाको भद्रपुर, बिराटनगर, गुलरिया, हेटौडा, धादिङको धार्केमा पनि बधशाला बनाउने योजना ल्याएको थियो । 
बुटवलको बाहेक केही स्थानको बधशाला निर्माण सकिएर सञ्चालनमा आएको छ बुटवलमा बधशाला नबनेकै कारण दैनिक दुई हजार पाँच सय पशुपन्छीहरू अस्वस्थकर रूपमा बध गरिँदै  आएको छ । मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक दुई सय खसी, दुई हजार कुखुरा, ४० रागाभैँसी तथा पाँच बंगुरवटाको मासु बिक्री गरिन्छ भने करिब पाँच सय केजी माछाको बिक्री हुने गरेको छ । बधशालाको अभावमा बुटवलका मासु व्यवसायीहरुले पशु चौपायाहरु बसपार्क, गोलपार्क, देविनगर लगायतका खुल्ला ठाउँमा काट्ने गरेका छन् । खुल्ला रुपमा पशुको बध गर्दा अस्वस्थकर मासु खानु परेको उपभोक्ताहरुको गुनासो रहेको छ भने नगरक्षेत्र नै प्रदुषित बन्ने गरेको छ ।  रुपन्देहीमा दैनिक ३ देखि ४ सय खसी बोका, २० टन कुखुरा, २ हजार किलो माछा र रांगा पाडा २ हजार किलो खपत हुने मासु व्यवसायी संघले जनाएको छ ।
यता, जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका पशु विकास अधिकृत डा. प्रदिप शर्माले पशु सेवा निर्देशनालयको १ करोड ५० लाख भन्दा बढि लगानी बसालामा भएको भन्दै आफुहरु अविलम्ब उक्त बधसाला  सञ्चालनमा पक्षमा रहेको बताउछन् । उनी भन्छन्–‘हामी चलाउनुपर्छ भन्ने मान्यतामा  छौ, अहिले कार्यविध निर्माणको प्रक्रियामा छौ, छलफलपछि टुङ्गो लाग्ने छ ।’
यस्तै, 
बुटवल उपमहानगरपालिका का प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले बधसाला सञ्चालनको पक्षमा बुटवल उपमहानगरपालिका रहेको र निश्चित छलफल पछि सञ्चालनमा ल्याउने बताउछन् । उनी भन्छन्–‘हामी छलफलमा छौ, निश्चित आधार तय भएपछि हामी सञ्चालनमा ल्याउने छौ ।’
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै