छि मुखैमा ‘डम्पीङ्गसाईड’

कृष्ण खनाल
बुटवल, ६ चैत ।
रुपन्देही उद्योग संघ, रुपन्देहीका प्रष्ठिीत व्यवसायीहरुको साझा संस्था हो । त्यहि संस्थाको कार्यालयमा जाने  प्रवेशद्ववार सुन्दर ढंगले सजाईएको छ । जुन कार्यालयमा जाने व्यवसायीहरु लाखौ रुपैयाका चिल्ला गाडी चढेर जाने गर्दछन् । तर आफ्नै संस्थाबाट भएको फोहर मैला व्यवस्थापन नगर्दा, गेटै अगाडीको नाली (खोल्सा) मा हुईकाईदिदाँ चिल्लो गाडीमा चढेर कार्यालय जाने उद्योगी व्यवसायीहरु नाक थुन्न बाध्य हुन्छन् ।

उद्योगी व्यवसायीहरु मात्र होईन उद्योग संघ र अर्को प्रतिष्ठित संस्था विश्व हिन्दु महासंघले पनि आफ्नो हल भाडामा लगाउँने गर्दछ । विवाह, ब्रतबन्ध, पूजा, अधिवेशन, साधारण सभा जस्ता काममा बुकिङ गरिदा फालिने फोहारको कारण उक्त टोलका बासिन्दाहरु आजित भएका छन्  । उनिहरु गर्मियाम सुरु भएलगत्तै ति क्षेत्रका फोहरबाट आउने ‘ह्वास्स गन्धको कारण नाथ थुनेर बस्न बाध्य’ छन् ।

बुटवल–६ मा रहेको रुपन्देही उद्योग संघको मुल प्रवेशद्वार नजिकै विगत लामो समय देखि पान पसल चलाउदै आएका रत्न पौडेलले नालीमा भएको दुगन्र्धको कारण नाक थुनेर व्यापार गर्नुपरेको बताउछन् । उनी भन्छन्–‘यति ठुला ठुला व्यवसायीहरुको कार्यालय रहेको छ तर नालीमा सिधै क्याटरिङ्गको फोहर मिसाईदिदा  समस्या परेको छ ।’

रामन्दिर टोल विकास संस्था बुटवल–६ का अध्यक्ष महेन्द्र बहादुर कुँवरले विश्व हिन्दु महासंघले हल भाडामा लगाउदा खाना पकाउँदा आउने फोहर र रुपन्देही उद्योग संघले हल भाडामा दिँदा क्याट्रिङ्ग सञ्चालन गर्दा फालिएको फोहरको कारण नाली फोहर हुदा आफुहरु मर्कामा परेको बताउछन् । उनले रुपन्देही उद्योग संघबाट आउने फोहर भन्दा पनि विश्व हिन्दु महासंघको हलभाडा बापत आउने फोहरको  प्रत्यक्ष नालिमा मिसाउने  गरेको कारण स्थानियहरुले आक्रोस पोखेको बताउछन् । उनले विश्व हिन्दु महासंघले प्रत्यक्ष नालिमा क्याटरिङ्गबाट आएको फोहर मिसाईदिँदा गर्मियाम सुरु भएपछि थप समस्यामा परेको बताए । उनी भन्छन्–‘समस्या समाधानको लागि विश्व हिन्दु महासंघ र उद्योग संघलाई भेटेर र पत्र मार्फत जानकारी दिएका हौं तर केही सुनवाई भएन ।’ उनले बुटवल उपमहानगरपालिकालाई समेत सम्बोधन गरी पत्र लेखेको तर  फोहरमैला व्यवस्थापन निकायबाट कुनै प्रतिक्रिया नआएको जानकारी दिए । उनले भने–‘विश्व हिन्दु महासंघको हलबाट आउने फोहर डाईरेक्ट नालिमा मिसाइएको छ, जसको कारण हामीलाई नाक नथुनी हिड्न सक्ने अवस्था छैन, भने त्यहाँ बसोबास गर्ने स्थानियको के हालत होला  ।’ उनले बढ्दो गर्मीयाम र लामखुट्टेको विगविगीको हुँदा थप रोग फैलीन सक्ने भन्दै यसको लागि समयमा नै स्थानि निकाय र सम्बन्धीत सरोकारवाला निकायले ख्याल गर्नुपर्ने बताउछन् ।

यता, विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष गशेणमान सैजुले क्याट्रिङ्गबाट निस्किएको फोहर डब्बामा उठाउने गरेको दावि गरे । संवाददाता संगको टेलिफोन कुराकानीमा उनले भने–‘म केही समय बाहिर थिए, बल्ल आएको छु, फोहर त डब्बामा उठाउने गरेको छ, फालेको छैन होला ।’ उनले यसो भनिरहदा स्थानियहरुले विश्व हिन्दु महासंघबाट निस्कने फोहरकै कारण आफुहरु प्रभावमा परेको भन्दै बुटवल उपमहानगरपालिकालाई किटानी पत्र समेत परेको । प्रत्यक्षरुपमा उक्त क्षेत्रको बाटो प्रयोग गर्ने जो कोहीले पनि विश्व हिन्दु महासंघबाट निस्कने फोहरको कारण  दुगन्ध फैलिएको महसुस गर्दछन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिनेश राज रेग्मीले केही दिन पहिला नयाँ क्याट्रिङ्ग व्यवसायी आएको कारण रातको समयमा उसले  नालिमा फोहर फ्याकेको र अहिले उक्त फोहर हटाइएको दावि गरेका छन् । संवाददाता संगको कुराकानीमा उनले भने–‘हामी रातीमा बसेर कुर्ने कुरा हुदैन, रातको समयमा एक जना नयाँ क्याटरिङ्गवालाले फोहर नालिमै फालेछन्, अहिले हामीले सफा गरेका छौ, केही समस्या समाधान भएको छ ।’

 उनले फोहर भएको थाहा पाएपछि आफैले फिनेल, चुन प्रयोग गरेर सफा गराउन लगाएको र आफैलाई समेत असर परेको बताए । उनले दाबी गरेपनि उद्योग सघ अगाडीको नालीमा फोहर छरपस्ट रुपमा देख्न सकिन्छ । रुपन्देही उद्योग संघले एक पटक विवाह तथा अन्य कार्यक्रम गरेको भाडा ५ हजार लिने गरेको छ भने  विश्व हिन्दु महासंघले भने हल भाडा कती लिने गरेको छ भन्ने विषयमा खुलाएको छैनन् । यसरी हल भाडामा दिने संस्थाले खासगरी  विवाह तथा पार्टीमा प्रयोग हुने विभिन्न सामग्री र बचेको खाद्यान्न तथा तरकारी जन्य सामग्रीहरु फाल्ने गरको छन् । पश्चिम नेपाल बस व्यसायी संघमा आउने सेवाग्राही, हाट बजारमा आउने उपभोक्ताहरु यसरी फालिएको फोहरको कारण दुगन्धबाट प्रभावित हुने गरेका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै