‘कुशको औंठीबाट स्वयंवर गरी विहे’


कृष्ण खनाल
बुटवल, २२ फागुन । 
शनिवार बुटवलमा फरक प्रकृतिको विवाह सम्पन्न भएको छ  । विना गरगहना, विना तडक भडक, विना मासुजन्य र मदिरा जन्य पदार्थ विना नै बुटवलमा सभ्य विवाह सम्पन्न भएको छ । एउटै मण्डपबाट सम्पन्न भएका दुई जोडी बेहुला बेहुलीको विवाह कार्यमा कुशको औंठीबाट स्वयंवर सुरु  गरेर सम्पन्न गरेका छन् । 
श्रीकृष्ण गण्डकी–२ स्याङजाका बेहुला जनार्दन न्यौपाने  र रामपुर १५ पाल्पाकी यशोदा ओस्ती र मालुङगा ८ स्याङजाका सुन्दर  भण्डारी र चापाकोट ६ स्याङजाकी समिक्षा डोटेलका विचमा एउटै मण्डपबाट अन्य भन्दा फरक र नौलो विवाह भएको हो ।
विवाहमा गरिने तडकभडक र होडबाजीले समाजमा धनी र गरिबको विचको खाडल झनै गहिरिँदै गएको भन्दै विवाहलाई गरगहना र धनदौलत प्रदर्शन गर्ने नभई दुई सम्बन्धलाई जोड्ने पवित्र कार्यको रुपमा विकास गर्नुपर्ने ज्वोतिस जनार्दश न्यौ
पानेले प्रतिक्रिया दिए । विवाहका सबै विधीसहित १४ जना पण्डित र बटुकबाट स्वस्ती बाचन गरिएको उक्त विवाहमा चार परिवारको चार स्थानमा गरिने भोज समेत एकै स्थानमा गरिएको थियो।
तर विवाहको भोजको खर्च समेत बेहुली पक्षलाई बेहोर्न बन्देज लगाईएको थियो । ‘जन्म दिएर हुर्काएको छोरी जिम्मा लगाउनु जस्तो महान कार्य अरु केहि हुनै सक्दैन त्यसैमाथि आर्थिक बोझ लगाउनु महान पाप हो,’ वेहुला न्यौपानेले भने।
न्यौपानेले आर्थिक रुपमा अत्यन्त कमजोर तथा जेहेन्दार दुईजना विद्यार्थी रुपन्देहीको जनजागृती मावि कक्षा ६ मा पढ्ने अर्जुन थारुलाई २५ हजार र कालिका उच्च मावि बुटवलमा कक्षा ९ मा पढ्ने रिना रैदासलाई २६ हजार रूपैयाँ प्रदान गरेका छन्।
बेहुली पक्षले बेहुलीलाई विदाई संगै बेहुला पक्षलाई गरिने टिकाटालो र दक्षिणा दिन रोक थियो । त्यसको साटो बेहुला पक्षबाट सबै जन्तीलाई रामनामी खादा, रुद्राक्ष माला र श्रीमद्भागवत गिता पुस्तक उपहार दिइएको थियो । ज्योतिषशास्त्रमा आचार्य गरेका न्यौपाने र शिक्षा संकायमा अंग्रेजी विषयबाट स्नाकोत्तर तह पुरा गरेका भण्डारी दुवैले धार्मिक कार्यमा सहभागी छन् । 
त्यस्तै स्याङजा र पाल्पाको संगमस्थल राम्दीमा निर्माण हुँदै गरेको गौशालाको लागि १ लाख रुपैया सहयो न्यौपानले गरेका छन् । न्यौपानेले आफ्नो बुवा स्व. मोहनीलाल न्यौपानेको दमको कारण निधन भएको भन्दै बुवाको नाममा प्रतिष्ठान संचालन गरी दमका विरामीहरुको उपचारमा सहयोग गर्ने घोषणा समेत गरेका छन् । सो विवाह कार्यमा अखिल भारतीय हरीव्यासी निर्वाणी अखडा वृन्दावनका नारायणदास नागाजी, कौशिकजी महाराज, गोव्रती योगी सोमराजजी महाराज, कृष्ण गण्डकी आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण, धर्म जागरण अभियानका संयोजक शंकर पाण्डे लगायतले धार्मिक प्रवचन दिएका थिए।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै