आयात प्रतिस्थापन गर्न ‘चैते धान खेती’
कृष्ण खनाल
बुटवल, चैत ।
चैत १५ को दिन चर्को गर्मीमा कोही हिलो सम्याउदै छन् त कोही खेतको आली सम्याउन, कोही धानको विउ गोड्न त कोई ट्या्रक्टरले खेत जोत्न । झट्ट हेर्दा किसानको असारे माचो जस्तै देखिन्छ । रोपारेहरु धामाधम खेतमा धान रोपीरहेका छन् भने प्राविधिकहरुले ‘साचोँ’ मार्फत लाईन मिलाईरहेका छन् । रुपन्देहीको सिक्टहन गाविस वडा नम्बर–७ छोट्की गुम्मी गाविसमा रहेको ‘सामुहिक बहुउदेश्यि कृषि उपज तथा विथरण समुह’को परिषरमा सोमबार दिउसो देखिएको दृश्य हो यो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देहीमै पहिलो पटक यसरी चैते धान रोपाई गरिएको हो । नेपाल सरकार कृषि मन्त्रालयको केन्द्रीय कार्यक्रम अन्र्तगत‘खाद्यान्न आयातमा प्रतिस्थापन गर्ने नीति अनुसार’ यो अभियान सुरु गरिएको हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रुपन्देहीमा यस वर्ष ३० हेक्टर क्षेत्रफलमा चैते धान रोपीने छ । जसको सुरुवात सोमबार सिक्टहनबाट सुरु भएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले पहिलो पटक सुरु गरेको चैते धान उत्पादन कार्यक्रम अन्तर्गत ४५ विगाहा सिंञ्चित क्षेत्रमा धान लगाईने हो । जिल्ला
कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा भन्छन्–‘नेपालभर जम्मा १ ला हेक्टर क्षेत्रफलमा अहिले चैते धान खेती हुदै आएको छ, जस्लाई वृद्धि गरी ३ ला हेक्टर क्षेत्रफलमा पु¥याउने लक्ष्य मन्त्रालयले लिएको छ ।’ क्षेत्रफल विस्तार चैते धानमा संभावना भएको भन्दै उनले उत्पादनमा समेत चैते धानको उत्पादकत्व बढि हुने बताउछन् । नेपाल सरकराले सुरु गरेको ‘वृहत्तर धान उत्पादन कार्यक्रम’ नेपालमा १३ वटा जिल्ला यो कार्यक्रम सुरु गरेका छ । जसमध्ये रुपन्देही एक हो । झापा, मोरङ सुनसरी, सर्लाही, पर्सा, बारा, रुपन्देही, कपिलवस्तु, दाङ, बा“के, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा कार्यक्रम लागू गरिएको छ ।सरकारले अभियान सुरु गरेको यो बर्ष प्रथम सुरुवाती बर्ष हो । सरकारले किसानहरुलाई प्रत्येक एक हेक्टरमा धान खेती गर्दा नगद अनुदान दिनेगर्द छ । थप ५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने किसानलाई थप १ हेक्टरको थप ५ हजार रुपैया अनुदान दिने गदएछ । यसको अलवा जिल्ला कृषि विकास कार्यालयले यान्त्रीकरण,सिंचाहीमा पनि किसानहरुलाई अनुदान दिने गरेको छ ।
रुपन्देहीमा ६९ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये १० हेक्टर क्षेत्रफलमा मात्र बाह्रै महिना सिंचाई सुविधा पुगेको बताइन्छ । कार्यालयले हर्दिनाथ– १ र चैते– २ नामक उन्नत जातको बीउ वितरण गरेको हो । वर्षात्मा लगाउने धान भन्दा चैते धानको उत्पादन धेरै जनाइएको छ ।वर्षे धानको रुपन्देहीमा उत्पादन राम्रो भए पनि चैते धानको लागि अहिलेसम्म कुनै योजना र कार्यक्रम नआउ“दा चैते धान खेतीका लागि उपयुक्त स्थान भए पनि किसान अलमलमा छन् । रुपन्देही धान खेतीका लागि नेपालकै दोस्रो उत्कृष्ठ जिल्लामा पर्छ ।
उता, रुपन्देहीमा पहिलोपटक चैते धान खेती सुरु गरेका ‘सामुहिक बहुउदेश्यि कृषि उपज तथा वितरण समुह’ का अध्यक्ष प्रकाश खनालले खाद्यान्नमा परनिर्भरता हटाउनको लागि आफुहरुले चैते धान खेती सुरु गरेको बताउछन् । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा उनले यस बर्ष करिव ३ विघा क्षेत्रफलमा चैते धान खेती गरिएको बताउछन् । उनी भन्छन्–‘कृषिमा देशलाई आत्मनिर्भर बनाउने हो भने बेमौसी खेती अबलम्बन गर्नुपर्दछ, सोही अनुसार हामीले पनि यो अभियायन सुरु ग¥यो ।’ समुहका उपाध्यक्ष नवराज फुल्लेले फरक सोचको साथ समुह स्थापना गरि अहिले विभिन्न प्रकृतीको कार्य गर्दैै आएको बताउछन् । उनी भन्छन्–‘फरक सोचका साथ विद्यालयको जग्गा भाडामा लिएर व्यवसायीक कृषि कर्म गर्दै आएका छौ ।’
ण्ण्ण्ण्ण्ण्ण्
