बराजुका गीत गाएका बाबुराम
कृष्ण खनाल
बुटवल, २८ फागुन ।
पाल्पाको भैरवस्थान गाविस–७ मा जन्मीएका बाबु
राम गन्धर्भको दैनिक अहिले परिवर्तन भएको छ । केहीदशक पहिला गाउँमा राजा, महाराजाहरुले दिएको सन्देश, केही घटना विशेष जानकारीलाई गायनको माध्यमबाट गाउ गाउमा गीत र सारङ्गीको धुन संगै सन्देश प्रवाह गर्ने बाबुराम गन्धर्व अहिले मेला महोत्सवमा भेटिन्छन् । वि.स.२०४६ सालमा रुपन्देही झरेका गन्धर्वले लामो समय सम्म बुटवल देखि पुर्व चल्ने बसमा गित गाए । बुटवल देखि नारायणगढ सम्म पुगेर गीत गाएको उनको अनुभव छ ।
विगतका बर्षहरुमा सार्वजनिक यातायातका साधानहरुमा गीत गाउने बाबुराम गन्र्धव अहिले विभिन्न स्थानमा हुने मेला महोत्सवमा सारङ्गी रेट्दै आएका छन् । केही समय दोहोरी साझमा समेत काम गरेका गन्र्धभले वि.स.२०४४ सालबाट औपचारिक रुपमा सारङ्गी रेट्दै गीत गाउदै आम्दानी गर्न थालेका हुन । अहिले बुटवल र यस आसपासमा आयोजना हुने सास्कृतीक कार्यक्रममा सारङ्गीवाधको रुपमा हाजिर हुने उनले आम्दानी पनि रामै्र गर्दै आएका छन् ।
रुपन्देहीको देवदह नगरपालिका सितलनगरका स्थायी बासिन्दा भएका उनी केही बर्ष पहिला सार्वजनिक बसमा गीत गाउदै सारङ्गी रेट्दै दैनिक करिव ५ सय देखि १ हजार सम्म आम्दानी गर्दथे । अहिले भने मेला महोत्सवमा पहिला नै सम्झौता अनुसार दैनिक १ हजार देखि सास्कृतीक कार्यक्रम हेरिकन १५ सय रुपैया पाउदै आएका छन् । उनी भन्छन्–‘पहिला बराजुका गीतहरु पनि गाईयो, पछिल्लो समयमा यो पेशा लोप हुदै गयो, तैपनि पेट पाल्नको लागि सारङ्गी रेट्दै आएको छु ।’
पेशालाई परम्परागत रुपमा अगाडी बढाउनु भन्दा पनि व्यसायीक हुनुपर्दछ भन्ने मान्यता आफ्नो रहेको भन्दै उनले पछिल्लो समयमा आयोजना हुने मेला महोत्सवहरु र सास्कृतीक कार्यक्रमको कारण केही फाईदा भएको बताउछन् । ५ वटा छोरी रहेका उनका रिवारमा अहिल ४ जना मात्र छोरी छन् । १ जना छोरीको उपचारको क्रममा निधन भएको भन्दै उनले भने –‘कान्छी छोरी अहिले ८ मा पढ्दै छिन, एउटी छोरीलाई ८०÷९० हजार खर्च गर्दा पनि बचाउन सकिने, जिवनमा सबैभन्दा ठुलो घतलागेको कुरा यहि हो ।’
‘दोहोरी साझमा पनि सारङ्गी बजाउथे, तर बसाईको समस्या भो, त्यै भएर अहिले छोडीदिए ।’ उनले भने । अहिले आम्दानी सन्तोषजनक रहेको भन्दै उनले भने–‘धेरै कमाउने भन्ने केही छैन, जति कामाअौं सन्तोष जनक छु । ’आधुनिक, लोक दोहोरी, लोकगीतको लागि समेत सारङ्गी बजाउदै आएका गन्र्धवले अहिले सम्म १ सय ६९ वटा गीतमा सारङ्गीबाधकको रुपमा रेकर्डगराएका छन् । उनी भन्छन्–‘तिन, चार वडा सोरठीमा समेत बजाएको छु, अधिकांस सबै लोक दोहोरी गीत हुन ।’ राष्ट्रिय स्तरका कलाकार राजु परियारको गीतमा समेत सारङ्गी बजाएको उनको अनुभव छ ।
तस्वीरः संलग्न छ ।
