दोब्बरबढि साजाँय,पिडीत किन बेखबर ?

अपाङ्गता भएका महिलामाथि हिंसा भए

कृष्ण खनाल
बुटवल, ८ चैत । 

 कपिलवस्तु जिल्लाको कुहरिया गाविसकी कुन्ता श्रेष्ठलाई  उनका श्र्रीमान्ले पटक÷पटक शाररिक र मानिसिक हिंसा गरे । वि.स.२०६२ सालमा विवाह बन्धनमा बाँधीएकी उनले  सोही बर्ष नै छोरी जन्माईन् । 
तर श्रीमान्को पटक पटकको शाररिक र मानसिक याताना सहन नसकेपछि उनी अहिले कपिलवस्तु नेत्रहिन संघको संरक्षणमा सोही कार्यत्रलयमा बस्दै आएकी छिन् ।  उनी भन्छीन्–‘न्यायको लागि धेरै ठाउ धाए तर श्रीमान्ले पटक पटक जाड, रक्सी खाएर कुटपीट मात्र होईन यौन हिंसा समेत गरे, अहिले सहन सकेर आश्रयमा बस्दै आएको छु ।’ पुर्णरुपमा दृष्टिविहिन श्रेष्ठका श्रीमान् पनि दृष्टिविहिन नै हुन् । 
धादिङ्ग जिल्ला घर भएका पिडक अहिले काठमाण्डौमा बस्द्रै आएका छन् । वि.स.२०७० सालबाट अपहेलित भएकी श्रेष्ठले नेत्रहिन सं केन्द्रीय कार्यालय लगायत विभिन्न निकायमा उजुर गरिन् तर अहिले सम्म कुनै न्याय पाएकी छैनीन् । उनी भन्छन्–‘मिलापत्र गराएर छोड्नेमात्र काम भएको हुन्छ तर घर आएपछि पुःनहिंसा सहन बाध्य भएर २०७१ असोज महिनादेखि अलग बसेकी छु ।’ प्रहरीसमक्ष उजुरी नगरेकी उनी भन्छन्–‘प्रहरीमा उजुरी ग¥यो भने दोब्बर सजाँय हुन्छ भन्ने थाहा नै थिएन्, अहिले अलग भएर बस्न चाहान्छु । 

उनी एक प्रतिनिधी पात्र मात्र हुन । नेपालको संविधानमा अपाङ्गता भएका महिलामाथि कुनै पनि हिंसा भएमा हिंसा गर्ने व्याक्ति माथि दोब्बर सजायको व्यवस्था गरेको छ । तर अझै पनि अपाङ्गता भएका महिलाहरुलाई यस विषयमा जानकारी नै छैन् । 
ईलाका प्रहरी कार्यालय बुटवलकी महिला सेलकी प्रहरी सहायक निरीक्षक अनिता महतमहरा भन्छीन्–‘अपाङ्गता भएका महिलाहरु माथि कुनै पनि हिंसा भएर दोब्बर सजायको व्यवस्था कानुनले गरेको छ, तर कमै मात्रामा यस्तो प्रकृतीको उजुरी आउने गरेको छ ।’
उनी थप्छीन् –‘हिंसाका प्रकारहरुका हुन्छन्, हिंसा सहेर होईन कुनै पनि व्याक्तिले हिंसाको सामना गर्नुपर्दछ, जतिसको छिटो कानुनी प्रक्रियामा पुगी दण्ड सजाँय दिलाउनुपर्दछ । ’ नेपालमा हिंसाको प्रकृतीलाई शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, सामाजिक तथा सांस्कृतिक हिंसा, आर्थिक हिंसा गरी विभिन्न भागमा वर्गिकरण गरेको छ । 
हिंसा खास गरेर सामाजिक तथा सांस्कृतिक कारणले, कानूनी कारण,नीति तथा व्यवहार, आर्थिक कारण र संस्थागत कारणले हुने  गर्दछ । ईलाका प्रहरी कार्यालय बुटवलकी प्रहरी सहायक निरिक्षक प्रहरी सहायक निरीक्षक अनिता महतमहराका अनुसार हिंसा भन्नाले कुनै एक व्यक्ति वा समूहले अर्को व्यक्ति वा समूहलाई मानसिक,  शारीरिक र सांस्कृतिक रूपमा गर्ने दुव्र्यवहार, हानी नोक्सानी र यातना लगायत यौन दुव्र्यवहार, शक्ति वा बलको दुरुपयोग गरी कसैलाई अधिकारको प्रयोग गर्नबाट बञ्चित गराउनु भन्ने बुझिन्छ । 
नेपालमा महिला तथा बालबालिका माथि हुने अपराधहरुमा घरेलु हिंसा पहिलो नम्बरमा छ भने दोस्रो बाल बिबाह, बहुबिबाह, जबरजस्ती करणी,जबरजस्ती करणी उधोग, मानब बेचबिखन तथा असारपसार,  बैबाहिक बलात्कार, दाईजो लगायतका कारणहरुले हिंसा हुने गरेको छ । 
कुनै पनि व्याक्तिमाथि हिंसा भएमा प्रमाण सहित प्रहरी वा सम्बन्धीत निकाय समक्ष उजुरी दिनुपर्दछ । जसको लागि प्रहरीले  प्रमाण संकलन गर्न सुरक्षित राख्न अपनाउनु पर्ने साबधानी मा पिडकको हुलिया नोट गर्ने,मोबाईल नम्बर राख्ने, म्यासेजहरु सुरक्षितसाथ राख्ने,के कस्ता मानिसहरु थिएँ सो बारेमा जानकारी राख्ने, तत्काल नजिकको प्रहरीलाई खबर गर्ने, लगाएका लुगाहरु सुरक्षितसाथ राख्ने, घाँउ चोटपटकहरुको जाँच गराउने, घटनास्थललाई सुरक्षित साथ राख्ने। प्रत्येक कुरालाई महत्बका साथ राख्ने लगतायका कार्य गर्नुपर्ने बताउछन् जसको करण कानुनी प्रकृयामा सहजता ल्याउछ । 
घरेलु हिंसा गर्ने लाई ३०००देखि २५०००  सम्म जरीवाना वा ६ महिना कैद वा दुवै हुन सक्ने कानुनमा उल्लेख छ । यस्तै घरेलु हिंसाको उद्योग गर्ने वा मतियार हुने र मुख्य कसुरदार र पटके पीडकलाई दोब्बर सजायको व्यवस्था कानुनमा  उल्लेख छ । 
बहुविवाह गरी महिलामाथि हिंसा भएमा ३ – ५ बर्षसम्म कैद र ५ – २५ हजार रुपैंयासम्म जरिवाना हुन्छ भने जानीजानी त्यस्तो बिवाह गर्ने वा श्रीमाती भई बस्ने महिलालाई समेत सोही बमोजिमको दण्ड सजाय हुने ऐनमा उल्लेख छ । तर अधिकांस महिलाहरुले श्रीमान्ले बहुविवाह गरेमा प्रहरी समक्ष उजुरी कमै मात्रमा दिने गरेको पाईन्छ ।
यस्तै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा हदम्याद सम्बन्धी व्यवस्था अनुसार मानिस किन्ने वा बेच्नेलाई २० बर्ष सम्म कैद र दुई लाख जरिमान र कुनै प्रकारको फाईदा लिई वा नलिई बेश्याबृतिमा लगाउने लाई १० देखि १५ बर्ष पचास हजार देखि एक लाख सम्म जरिमाना, कानूनमा व्यवस्था  भए बमोजिम बाहेक मानसिको कुनै अंग झिक्नेलाई १० बर्ष दुई लाख देखि पाँच लाख सम्म जरिमाना हुन्छ । 
यस्तै, जबरजस्ती करणी सजाय को ब्यबस्था अनुसार  दश बर्ष मुनिको बालिकालाई  करणी गर्ने लाई १० देखि १५ बर्ष सम्म कैद सजाय हुन्छ । दश बर्ष भन्दा माथि १६ बर्ष मुनिको बालिकालाई  करणी गर्ने लाई ७ देखि १० बर्ष सम्म कैद सजाय हुन्छ । १६ बर्ष वा सो भन्दा माथिकोको महिलालाई करणी गर्ने लाई ५ देखि ७ बर्ष सम्म कैद सजाय हुन्छ । जबरजस्ती करणी उद्धोगमा जबरजस्ती करणी गर्नेलाई हुने   सजायको आधा सजाय हुन्छ ।करणी गर्न अ¥हाउनेलाई करणी भैसकेको भए करणी गर्नेलाई हुने सरहको सजाय र जबरजस्ती करणी उद्धोग मात्र भएको मा  जबरजस्ती करणी उद्धोगमा हुने सजायको आधा सजाय हुन्छ । जबरजस्ती करणी हुन्छ भन्ने जानेर हुल गरी संगै गई मद्दत प¥याउने लाई ३ बर्ष सम्म कैद सजाय हुन्छ । तर पीडितको उमेर १६ बर्ष भन्दा कम रहेछ भने ६ बर्ष सम्म कैद सजाय  हुन्छ । एचआइभी संक्रमित ब्यक्तिले बलात्कार गरेमा थप १ बर्ष  सम्म कैद सजाय हुन्छ । भने बैबाहिक बलात्कार गर्ने लोग्नेलाई ३ देखि ५ वर्ष सम्म कैद सजाय हुन्छ ।
 गम्भिर प्रकृतिको करणीमा मुद्धामा हुने थप सजाय हुन्छ । सामूहिक बलात्कार भए ५ बर्ष थप कैद सजाय हुन्छ भने  गर्भवती महिला माथी बलात्कार भए ५बर्ष थप कैद सजाय हुन्छ । यस्तै अपांगता भएका महिला माथी बलात्कार भएमा पनि ५ बर्ष थप कैद सजाय हुने कानुनमा प्रवधान हुन्छ । असक्त महिला माथी बलात्कार भएमा  थप ५ बर्ष कैद सजायको व्यवस्था छ । तर  अपाङ्गता भएका महिलाहरुले भने यस विषयमा जानकारी नभएकै कारण उजुरी दिने गरेका छैनन् । यस्तै हिरासतमा बलात्कार भए १ बर्ष थप कैद सजाय र बिभागीए कारबाही हुन्छ ।
यता, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष कल्पना ढकाल ले अपाङ्गता भएका महिलाहरुलाई अफु हिंसामा परेमा खबरगर्नुपर्दछ भन्ने धारणाको अझै विकास हुन नसकेको बताउछिन् । साक्षर अन्य अपाङ्गता भएका व्याक्तिहरु भन्दा अलि सक्षम भएका व्यक्तिहरुले कुनै पनि अपाङ्गता सम्बन्धी हिंसा भएको खड्मा नजिकैको प्रहरी कार्यालयमा तत्काल खबर गर्नको लागि उनले अ्राग्रह गरिन् । उनी भन्छन्–‘अन्य व्याक्तिहरु भन्दा अपाङ्गता भएका महिलाहरु माथि हुने सिंसा जटिल हुन्छ, यसको सामान स्वयम आफै र आफुले नसकेमा अन्य व्यक्तिको सहयोग लिएर भएपनि गर्नुपर्दछ ।’
ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै