कृषिमा युवाहरुको फरक सोँच

दोस्रो राष्ट्रिय देवदह मेला–२०७२ 


कृष्ण खनाल
बुटवल, १९ फागुन ।

एक पटक प्रयोग गरि फ्याँकीएका जुत्ता, प्लाष्टिकका बोत्तल, गमला, सिसिमा हराभरा गरी   पलाएका तरकारी, छेवैमा परम्परागत पानीबाट चल्ने कुटानी सामाग्री । देवदहमा जारी दोस्रो औद्योगीक प्रर्दशन कृषि तथा पर्यटन महोत्सवमा जाने जो कोहीको मन एक छिन यि दृश्यमा टक्क अडिन्छ ।
 कृषि पेभिलियनको एक स्टलमा ‘देवदह युा कृषक समुह’ देवदह नगरपालिका –७ लक्ष्मीनगरका युवा किसानहरुले प्रयोग भएर  फ्याँकीएका विभिन्न सामग्र्रीहरुबाट विभिन्न तरकारी जन्य उत्पादन र सजावटकाको लागि तरकारी जन्य उत्पादनहरुलाई प्रर्दशनमा राखेका छन् । एक पटक प्रयोग भएर फ्याकिएको पानीको बोटलमा, प्याज, लसुन तथ अन्य   तरकारीका विरुवाहरु उत्पादन  गरेका छन् भने काटेर फालिएको गाजरको डाँढलाई पुन सिसाको गिलासमा उत्पादन गरेका छन् । 
प्याज तथा लसुनको पात तरकारीमा हालेर खानको लागि उनीहरुले सिसाको बोतलमा प्याज र लसुन समेत उत्पादन गरेका छन् । आज भन्दा करिव १ बर्ष पहिला विदेशका विभिन्न भुमिकामा पसिना बगाएर कृषिको विकासमा केही गरौं भन्ने सोचका साथ आएका ७ जना युवा किसानहरुले यस्तो काम अगाडी बढाएका हुन् । 
कृषि समुहमा १५ जना युवा किसानहरुको सहभागीता रहे पनि ७ जना  युवाहरुले व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका छन् भने तरकारीको लागि चाहिने आवश्यक विरुवाहरु समेत उत्पादन गर्दै आएका छन् । दुवईमा ५ बर्ष पसिना बगाएर नेपालको कृषि क्षेत्रमा केही गरौ भनेर आएको बताउने समुहका उपाध्यक्ष  युवराज पाण्डेले  व्यवसायीक कृषि फर्म स्थापना गर्दा धेरै दुःख पाएको बताउछन् । केही महिला युवाहरुको समेत सहभागीता रहेको उनीहरुले २०७१ साल चैत महिनमा १५ कठ्ठा जग्गा लिज(भाडा)मा लिएर व्यवसायीक कृषि खेती सुरु गरेका हुन । 

 उनी भन्छन्–‘पहिला कृषि कर्ममा लाग्छौ भन्दापनि युवाहरु देखेर होला कसैले पत्याएनन्, अहिले भने केही साथ पाएका छौ ।’ व्यवसायीक सिप तथा तालिम परिषद्(सिटीईभिटी)बाट तालिम लिएर  युवाहरुले व्यवसायीक रुपमा कृषि फर्म स्थापना गरेका हुन । मासिक १५ हजार रुपैयाँ जग्गाको भाडा तिर्ने गरी तरकारी जन्य उत्पादन  सुरु गरेका युवाहरुले अहिले सम्म आम्दानीको स्वाद चाख्न पाएका छैनन् । 
कतारमा ४ बर्ष  बसेर आएका समुहका कोषाध्यक्ष कुमार शौरभ विकका अनुसार ७ जना युवाहरुलो २ लाख रुपैयाँ लगानी गरि बाजो जमिन भाडामा लिएका थिए । उनीहरुले टनेल निर्माण गरि थोपा सिंचाही प्राणली, टनेल कृषि खेती  समेत गर्दै आएका छन् । 
समुहका सदस्य सहविर विश्वकर्माले युवाहरुले ल्याएको नयाँ सोच पछिल्लो समयमा केही सफल भएको बताउछन् । फर्म स्थापना गरेको करिव १ बर्ष पुरा भएको अवको योजना व्यवसायीक कृषि उपज केन्द्र समेत निर्माण गर्ने दिर्घकालिन योजना अगाडी बढाइएको समुहका उपाध्यक्ष युवराज पाण्डे बताउछन् । उनी भन्छन्–‘मिडिया र प्रचारमा युवाहरुलाई अनुदानको व्यवस्था छ भनेर सुनिन्छ तर व्यवहार तह केही लागू भएको पाईदैन, ’ । 
दाजुभाई सप्लायर्स देवदह –७ मिलनचोकका युवा किसान प्रेरित सुवेदीले पनि १३ वटा टनेल निर्माण गरी व्यवसायिक च्याउ खेतीमा लागेको बताउछन् । उनले आज भन्दा करिव ३ महिना पहिला व्यवसायीक कृषि फर्म स्थापना गरेको जानकारी दिदै ६ जनाले रोजगारी पाएको बताए । रुपन्देही लगायत, पाल्पा, गुल्मी, चितवन, हेटौडामा समेत कृषि फर्म स्थापना भएको भन्दै उनले मनिहको करिव डेढ लाख जति आम्दानी हुने जानकारी दिए । 
जिल्ला कृषि विकास कार्यालय अन्र्तगतको देवदह कृषि सेवा केन्द्रका प्रमुख रामनारायण चौधरीले पछिल्लो समयमा देवदह नगरमा व्यावसायिक कृषिमा लाग्ने किसानहरुको संख्या विस्तारै बढ्दै गएको जानकारी दिए । केही समय पहिला जिल्ला कृषि विकास कार्यालयले देवदहलाई अर्गानिक गाउको रुपमा पकेट क्षेत्रको रुपमा विकास गरेको भन्दै यसको लगि पछिल्लो समयमा  व्यवसायीक रुपमा कृषिमा युवा किसानहरुको समेत सहभागीता बढ्दै गएको जानाकारी दिए । उनले अहिले देवदह मेलामा विभिन्न प्रजातीमा किसानगत रुपमा प्रतिस्पर्धा गराई पुरस्कार समेत प्रदान गर्ने कार्यक्रम तय गरिएको भन्दै कृषि समुह तर्फ, च्याऊ,  कोशेवाली, जरावाली, फलफुल, मसलावाली लगायतका विभिन्न प्रजातिमा प्रतिस्पर्धा गराई पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिए । उनले प्रथम पुरस्कार १ हजार, द्धितिय ८ सय, तृतिय ६ सय र सान्तव्ना ५ जनालाई ४ सय रुपैयाँ नगद सहि प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।जुन प्रमाणपत्र र पुरस्कारको व्यवस्थापन देवदह उद्योग बाणिज्य संघले गरेको छ । त्यस्तै प्रत्येक सहभागी कृषकहरुलाई नगद २ सय रुपैया र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै