अस्पतालको चरम लापरबाही,, पिलो चिर्न दुई लाख !


कृष्ण खनाल
बुटवल, ३ चैत ।
सामान्य तया मानिसको  शरिरमा आएको पिलो चिर्न खती खर्च लाग्छ होला ? सबैको अनुमान हुन्छ बढिमा ५ हजार । तर यो अनुमान अहिले आएर फेल खाएको छ । बुटवलको एक नीजी अस्पतालमा शरिरको नितम्ब आएको पिलोको उपचार गर्न गएका एक जना विरामीले करिव २ लाख रुपैया तिरेर फर्किएका छन् ।
गुल्मी जिल्लाको हसारा गाविस–१ खैरनी घर भई हाल बुटवल–१२ कालिकानगरमा बस्दै आएका बैकुण्ठ भण्डारीले सामान्य पिलोको उपचारको लागि करिव २ लाख रुपैया तिर्नुपरेको छ । गत माघ २६ गते‘ नितम्ब आएको पिलोको उपचारको लागि उनी अञ्चल अस्पताल पुगेका थिए । सोही दिन सार्वजनिक विदा परेको कारण पर्सिपल्ट मात्र अस्पतालमा खुल्ने जानकारी उनले पाए । उपचारको लागि गएका भण्डारीले नजिकै रहेका सुरक्षा गार्डलाई पिलोको उपचार कहा हुन्छ भनेर सोधे । सुरक्षा गार्डले भने–‘अव तिन दिन अस्पताल बन्द छ, तिन दिन पछि आउनुस्, नभए डा. नविन श्रेष्ठलाई उपचार गराउनस् ।’ डा. नविन श्रेष्ठलाई कहा भेट्ने भन्ने भण्डारीको  जिज्ञासमा सुरक्षा गार्डले भने–‘डाक्टर साव जनसेवा मेडिकल हलमा हुनुहुन्छ त्यहा जानुस् भेटिन्छ ।’
ततपश्चात उनी बुटवलको अस्पताल लाईनमा रहेको जनसेवा मेडिकल हलमा पुगे । त्यहा रहेका कर्मचारीले उनको नाममा जनसेवा मेडिकल हलको पुर्जीमा बैकुण्ड भण्डारीको नाम लेखेर मर्सि सिटी हस्पिटल बुटवल–८ मैत्री पथमा पठाए । त्यहा गएका भण्डारीलाई  डा. नविन  श्रेष्ठले २६ गते साँझ ६ बजे पिलोको अप्रेशनका लागि अप्रेशनमा कक्षमा लगे ।  अप्रेशनका लागि डा. नविनले कम्मर मुनिको भागमा नदुख्ने सुई लगाएपछि भण्डारी रात १२ बजे मात्र होसमा आएका थिए । “डाक्टरले भोली डिष्चार्ज हुन्छ भनेका थिए, अर्को दिन बेडमा सा¥यो तर डिष्चार्ज गरेन ।” पिडित भण्डारी पत्रकार सम्मेलनमा भने ।
डिष्चार्ज नभएपछि अस्पतालमै रहेका भण्डारीलाई २८ गते झाडावान्ता लाग्यो । उनी भन्छन्–‘अप्रेसन भएको दिन साझ दालको झोल खाएको थिए, तर झाडाबान्ता भयो ।’ उनले थपे–‘“औषधि खाएपछि मलाई झन गाल्यो,पछि झाडावान्ता भयो साँझ त मलाई सार्स फेर्नै ग्राहो भयो’ ।
साँझ सास फेर्न समेत अफठारो भएका भण्डारी बेहोस भएपछि आफन्तहरुले उपचारमा गडबढ भएको भन्दै त्यहाबाट अन्त लैजाने सुझाव दिए ।

बेहोस भएपछि भण्डारीलाई मार्सिसिटी अस्पतालले तिलोत्तमा ५ मा मणिग्राममा रहेको  क्रिमशन अस्पतालमा रिफर ग¥यो । एउटा पिलोको उपचारको लागि अस्पताल गएका उनी होसमा आउदा  मणिग्राममा रहेको क्रिमशन अस्पतालको  आईसियू कक्षमा थिए ।
पिडित भण्डारी भन्छन्–‘औषधि चलाउदा नै गलत चलाएपछि आफु बेहोस भए जस्तो मलाई लाग्यो, आईसियूमा राखेपछि होस खुल्यो ।’“किन यस्तो भयो भनेर अस्पतालका डा.लाई सोध्दा अस्पतालले फुटपोईजन भन्दै टारेको थिए ।’ उनले थपे–‘विरामी अस्पतालको बेडमा छ, घरको खाना केही खाएको छैन, कसरी फुडपोईन भयो ? ’
उनले आफ्नो औषधि तथा उपचारका विलहरु देखाउँदै मर्सिसिटी र क्रिमशनमा गरी १ लाख ७० हजार बढि खर्च भएको बताए । उनलाई ५ दिन मात्र क्रिमशनको आईसियू कक्षमा राखिएको थियो । पिडीत विरामी भण्डारीले अस्पतालले पैसाको लोभमा आफुलाई नानाथरी रोग देखाएर विरामी बनाएको दावि गरेका छन् । बुटवलको मर्सिसिटी अस्पताल र मणिग्रामा  रहेको क्रिमशन अस्पतालको मिलेमातोमा आफुमाथी अन्याय भएको उनको भनाई छ । अहिले पिडीत भण्डारीको पिलो केही हदसम्म निको भएको छ भने शरिरका सबैभागहरु छुदा दुख्ने समस्या आएको छ ।
पिडीत भण्डारी भन्छन्–‘म पिलोको उपचार गर्न गएको थिए, एउटा मेडिकलको पुर्जा काटेर मर्सिसिटीमा अप्रेसन गर्नु, अस्पतालको बाहेक अन्य खान खाएको छैन, फुडपोईजन भयो भनेर भन्नु, अनी फेरी बेहोस भएपछि मणिग्रामको क्रिमशनमा रिफर गर्नुले कतै मिलेमतो देखिन्छ ।’
यता, उनको अप्रेसन गरेका चिकित्सक डा. नविन श्रेष्ठले पिलोको उपचारको लागि भनेर आएका भण्डारीको सफल अप्रेसन आफुले गरेको बताउछन् । उनी भन्छन्–‘उपचार सफल भएको थियो, तर छातिमा निमोनिया देखेपछि मैले  क्रिमशनमा रिफर गरेको हु ।’
संवाददाता संगको टेलीफोन कुराकानीमा उनले भने–‘पिलोको उपचार ठिक भयो तर, छातिमा निमोनिया देखेपछि हामीले उहाँलाई क्रिमशन रिफर ग¥यौ, त्यहाँ उपचार गर्दा बढि खर्च आएको हुन सक्छ ।” उनले पिलोको उपचार गर्दा मात्र ५ हजार भन्दा बढि खर्च नभएको दावि गरेका छन् । पिडीत भण्डारी बुटवल–१२ राजमार्ग चौडाहामा रहेको वि.वि डिष्ट्रिव्युटर्स सञ्चालक समेत हुन ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
ब्रेकरः
म पिलोको उपचार गर्न गएको थिए, एउटा मेडिकलको पुर्जा काटेर मर्सिसिटीमा अप्रेसन गर्नु, अस्पतालको बाहेक अन्य खान खाएको छैन, फुडपोईजन भयो भनेर भन्नु, अनी फेरी बेहोस भएपछि मणिग्रामको क्रिमशनमा रिफर गर्नुले कतै मिलेमतो देखिन्छ ।’
बैकुण्ठ भण्डारी

पिडीत भण्डारीले अफले तिरेको विल देखाउदै ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै