अवैध ‘बैठकी कर’ले हाटबजार व्यवसायी आजित

कृष्ण खनाल
 बुटवल, २५ फागुन ।
रुपन्देहीमा सञ्चालनमा आएका हाटबजारबाट उठाउने अवैध ‘बैठकी कर’को कारण व्यवसायीहरु आजीत बनेका छन् । जिल्लाका विभिन्न १ सय २० स्थानमा लाग्ने हाटबजारहरुबाट हाटबजारको ठेक्का लिएका  विभिन्न व्याक्ति, संघ सस्था, मन्दिर तथा समुहका पदाधिकारीहरुले अवैध रुपमा व्यवसायीहरुबाट  प्रत्येक पटक उठाउने ‘बैठकी कर’को कारण व्यवसायीहरु आजित बनेको  रुपन्देही हाटबजार व्यवसायी समितिका अध्यक्ष भिमलाल ज्ञवाली बताउछन् । 
अहिलेपनि रुपन्देही धेरै स्थानमा स्थानिय निकाय, गाविस, जिविस, नगरपालिका र  उपमहानगरपालिकाबाट स्वीकृत विना नै हाटबजारहरु सञ्चालन भएको र यसरी सञ्चालनमा आएका हाटबजारहरुका ठकेदारहरुले अवैध रुपमा विभिन्न बाहनामा हाट बजार व्यवसायीहरुबाट अवैधरुपमा रकम उठाउदै आएको  रुपन्देही हाटबजार व्यवसायी समितिका अध्यक्ष भिमलाल ज्ञवाली बताउछन् । उनी भन्छन्–‘जिविस, गाविस र नपाबाट हाटबजार सञ्चालनको लागि स्वीकृती नै नलिई संरचना विना नै हाटबजारहरु सञ्चालन भएका छन्, ति हाटबजारमा व्यवसाय गर्ने  व्यवसायीबाट बैठकी करको रुपमा रकम असुल्ने काम रोकीएको छैन ।’
आफुखुसी रुपमा विभिन्न क्वल, व्याक्ति, संघ संस्था, विद्यालय तथा मन्दिरका नामबाट यसरी सञ्चालन भएका हाटबजारहरुले हाटबजारको लागि चाहिने आधारभुत भौतिक संरचना समेत निर्माण भएको पाईदैन । आधारभुत भौतिक संरचना विना नै अवैध रुपमा हाटबजार सञ्चालन गर्ने  व्याक्ति  तथा संघ संस्थाहरुले सानो लगानीहरुबाट हाटबजारमा व्यवसाय गरिरहेका व्याक्तिहरुबाट रकम असुल्ने गरेको भन्दै हाटबजार व्यवसायी समितिले यस्कोलागि स्थानिय निकायबाट गम्भिर हुनुपर्ने बताएको छ । 
बुटवल उपमहानगर पालिका भित्र सञ्चालनमा आएका अवैध हाटबजार बन्द गराउनको लागि सम्बन्धीत निकायले चासो देखाएको छैन । एक पटकमा लाखौ रुपैयाको कारोवार गर्ने  यस्ता हाटबजार बुटवल नगरपालिकाबाट स्वीकृत नै नलिई आफुखुसी रुपमा सडक क्षेत्र धिकार र सरकारी जग्गा हड्पेर सञ्चालन हुदँै आएका छन् । 

बुटवल उप–महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ वटा हाटबजारलाई आधिकारिक रुपमा भौतिक पुर्वाधार निर्माण गरी सञ्चालनमा ल्याएको भएपनि करिब आधा दर्जन बढि हाटबजार अवैध रुपमा क्लव, विभिन्न समिति  र संघ संस्थाहरुले सञ्चालन गर्दै आएका छन् । जसको कारण लाखौ रुपैया राजश्व संकलन गर्ने बुटवल उप–महानगरपालिकालाई घाटा लागेको छ भने सवारीसाधान आवत जावतमा समेत यस्ता हाटबजारले अवरोध पु¥याउने गरेका छन् । 
बुटवल–७ मा रहेको हाटबजार, बुटवल–९ दीपनगरमा रहेको हाटबजार र बुटवल–१३  देवीनगरमा रहेको हाटबजार बाहेक अन्य स्थानमा हाटबजार सञ्चालनको लागि बुटवल उप–महानगरपालिकाले स्वीकृती प्रदान गरेको छैन ।  तर ति हाटबजारहरु बर्षौ देखि सञ्चालनमा आईरहेका छन् । बुटवलको पुरानो बसपार्कमा प्रत्येक शुक्रवार लाग्ने हाटबजार,  बुटवल–१४ मझुवामा लाग्ने हाटबजार र बुटवल–१३ माझँगाउमा लाग्ने हाटबजार केहीमात्र उदाहरण हुन । यस्ता अवैध हाटबजारहरुको संख्या जिल्लामा सयौँ रहेका छन् । 
कयौ पटक बुटवल उपमहानगर पालिकाले प्रशासन लगाएर त्यस्तो हाटबजार सञ्चालनमा रोक लगाउनको लागि हटाउने प्रयास गरेपनि  पुर्णरुपमा सफल हुन नसकेको बुटवल उपमहानगर पालिकाका अधिकृत विजयदेव भुर्तेल बताउँछन् । अहिले बुटवल उपमहानगर पालिकाले ठेक्कामा दिएको बुटवलका ३ स्थानका हाटबजार बाट २ बर्षमा ६० लाख रुपैया भन्दा बढि राजश्व उठ्ने गरेको छ ।   बष्ठि अधिृत भुर्तेल भन्छन्–‘ कुनै हाटबजार सडक मापदण्ड भित्र सञ्चालन भएका छन् भने कुनै सर्वाजनिक जग्गामा सञ्चालन भईरहेका छन्, जसको पुर्वाधार पनि पुग्दैन, कानुनःत पनि सञ्चालन गर्न मिल्दैन जुन अवैध हो ।’
उनले यसरी अवैध रुपमा सञ्चालन भईरहेका हाटबजारबाट बुटवल उपमहानगर पालिकालाई कुनै राजश्व प्राप्त नहुने भन्दै कानुनी हिसाबले समेत पुर्वाधार निर्माणको लागि नमिल्ने भएको कारण नगरपालिकाले काम नगरेको प्रष्ट पारे ।  जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारहरुबाट बैठकी करको रुपमा बार्षिक ५० हजार देखि ३० लाख रुपैया सम्म आम्दानी गर्दे आएको हाटबजार व्यवसायी समितिको भनाई रहेको छ । बार्षिक रुपमा लाखौं रुपैया आम्दानी गरेपनि हाटबजारको लागि चाहिने आवश्यक आधारभुत भौतिक संरचनाहरु निर्माणमा ध्यान नदिदा उक्त हाटबजारमा व्यवसाय गर्ने व्यावसायीक व्याक्तिहरु मर्कामा पर्ने गरेको रुपन्देही हाटबजार व्यवसायी समितिका महासचिव छविलाल चापागाईं बताउछन् । 
उनी भन्छन्–‘अधिकांस हाटबजार अवैध रुपमा सञ्चालित छन् भने ति हाटबजारहरुबाट हचुवाको भरमा बैठकी कर उठाउदै आइएको छ, जसको कारण सानो लगानीबाट व्यवसाय गर्ने हामी मार्कामा परेका छौं ।’
दैनिक सञ्चालनमा आउन कठिनाई
बुटवल अनुसार उपमहानगर पालिका र  हाटबजार व्यवसायी संघबीच  वि.स.२०६९ जेठ १२ गते बुटवल–७ मा रहेको हाटबजारलाई  ‘दैैनिक हाटबजार’को रुपमा सञ्चालनमा ल्याउने गरी गरिएको सम्झौता पुर्णरुपमा कार्यान्वयन नहुदै तुहिएको छ ।  
नेपालकै दास्रो ठुलो हाटबजारको रुपमा रहेको उक्त हाटबजारलाई बुटवल उप–महानगरपालिकाले अन्य स्थाना अवैध रुपमा सञ्चालनमा आएका हाटबजारहरुलाई बन्द गरी एकै स्थानमा दैनिक हाटबजार सञ्चालन गर्ने गरि योजना थालिएपनि अहिले  सञ्चालन हुन सकेको छैन । 
केही समय पहिला भौतिक पुर्वाधारको अभाव देखाउदै दैनिक रुपमा सञ्चालनमा आउन नसकेको हाटबजार सम्झौता भएको २ बर्ष वितीसक्दा बुटवल उपमहानगर पालिकाले राजश्व नउठाउने अवैध रुपमा सञ्चालनमा आएका हाटबजार बन्द गराउन नसक्दा अहिले आएर उक्त सम्झैता काार्यन्वयन हुन नसकेको हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवाली बताउछन् ।  बुटवल–७ मा रहेको हाटबजार हप्तामा दुई दिन शनिवार र बुधवार सञ्चालन हुदै आएकोमा केही समय पहिला केही दिनको लागि मात्र थोरै संख्यामा हाटबजार सञ्चालन भएको भएपनि अहिले दैनिकन रुपमा हाटबजार सञ्चालन हुन सकेको छैन ।
अध्यक्ष ज्ञवाली भन्छन्–‘पहिला भौतिक पुर्वाधारको अभाव थियो, पछि नगरपालिकाले अन्य क्लव, संस्थाले सञ्चालन गरेको हाटबजार बन्द नगराउन सक्दा दैनिक सञ्चालन हुन सकेन ।’मुलुककै नमूना हाटबजार बनाउने उद्देश्यका साथ सुरु गरिएको हाटबजार कुरामा मात्रै सिमिति भएको छ । एक हाटबजारमा १ करोडसम्मको कारोबार हुने गरेको उक्त हाटबजार करीब ३ बिघा Ôेत्रफलमा फैलिएको  छ  । रुपन्देही जिल्लामा करिव १ सय २० स्थानमा हाटबजार सञ्चालन हुदै आएको छ । जुन तथ्यांक हाटबजार व्यवसायी संघ सम्बन्धीत मात्र हो । हाटबजार व्यवयी समिति रुपन्देहीसंग ४ हजार ५ सय व्यवसायीहरु आवद्व रहेकोमा ६० प्रतिशत महिला मजुर रहेको पाईन्छ । हाटबजारमा रहेर खाद्यान्न, लत्ताकपडा तथा अन्य कृषि जन्य बस्तु विक्रीमा अधिकांस मजदुर महिला प्रयोग हुने गरेको पाईन्छ ।  रुपन्देही जिल्लामा जिल्लामा वि.स.२०२७ सालमा हाटबजारको रुपमा समेरा र सुर्यपुरामा व्यापार हुने गरेको तथ्याङ्कमा पाईन्छ । हाटबजार व्यवसायी संघ भन्दा बाहिर अझै करिव ८ देखि १० हजार मानिस बाहिर रहेका छन् । 
४० प्रतिशत हाटबजार शौचालय विहिन
सन् २०१७ सम्म रुपन्देही जिल्लालाई खुला दिशा मुक्त जिल्ला बनाउने अभियान रुपन्देहीमा  जारी छ । सार्वाजजिनक  सौचालय निर्माण नगरी खुला दिशा मुक्त अभियान बनाउनु खोज्दा  अपुरो हुने सरोकारवालाहरुको भनाई रहेको छ । खुला दिशा मुक्त क्षेत्र बनाउने अभियानमा सर्वजनिक स्थान खासगरी साप्ताहिक र अर्धसाप्ताहिक रुपमा रुपमा लाग्ने हाटबजारमा  सौचालय निर्माण नहँुदा  खुला दिशा मुक्त अभियान बाधक बन्न सक्ने प्रष्ट देखिन्छ । 
 जिल्लामा अहिले ४ हजार ५ सय संगठीतरुपमा हाटबाजार व्यवसायीहरु रहेका छन भने अशंगठीत रुपमा करिव १० हजार  व्यवसायीहरु छन् ।  हाटबजार व्यवसायी समितिका अनुसार जिल्लामा रहेका  १ सय १९ वटा साप्ताहिक , अर्ध साप्ताहिक र  पाक्षिक रुपमा लाग्ने हाटबजारहरु मध्ये  जम्मा ४० प्रतिशत हाटबजारहरुमा मात्र सार्वजनिक सौचालय रहेको छ । भने अन्य ६० प्रतिशत हाटबजारहरुमा सार्वजनिक सौचालय छैन । सार्वजनिक सौचालयको अभाव संगै स्थायी भौतिक सरचनाको अभाव रहेको हाटबजारसंग सम्बन्धीत व्याक्तिहरुको भनाई रहेको छ ।  जसको कारण हाट बजार व्यवसायीहरुले पटक पटक विभिन्न समस्याहरु झेल्दै आएका छन । हावा हुरी  आउदा, चर्को घाम लागाउदा र पानी  पर्दा व्यवसाय नै बन्द गर्ने अवस्था आएको एक व्यवसायी ले बताए ।   जिल्लामा सञ्चालनमा आएका करिव २ सय स्थानका  हाटबजारबाट दैनिक रुपमा करिव ३ करोड बराबरको कारोबार हुने गरेको छ । 
त्यसमा सबैभन्दा बढी बुटवल–७ हाटबजार लाइनमा बुधबार र शनिबार सञ्चालन हुने बजारबाट मात्र एक करोड मूल्य बराबरको कारोवार हुने बताइएको छ । त्यस्तै दीपनगर र देविनगरमा हाटबजारमा २५÷२५ लाखको कारोवार हुने हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यÔ ज्ञवालीले जानकारी दिए ।  हाटबजार व्यवसायी संघका बरिष्ठ उपाध्यÔ टेकबहादुर जिसीले बुटवल नगरपालिका र हाट बजार व्यवसायी संघबीचको संयुक्त पहलमा बजारका सबै Ôेत्रमा व्यवस्थित रुपमा छाना राख्ने, शौचालय निमार्ण गर्ने, ढल निकासीको राम्रो  व्यवस्था मिलाउने योजनाका साथ अगाडि बढे पनि नगरपालिकाले काममा तत्परता नदेखाउँदा व्यवसायीहरुले खुला आकाशमुनी आफ्नो व्यवसाय सञ्चालन गर्न बाध्य भएको बताउँछन् 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै