यातायतमा सेवाग्राहीलाई सधै सास्ती ‘सर्भर खराबी आएको’ भन्दै सेबा बन्द

कृष्ण खनाल
बुटवल, २३  फागुन ।
 यातायात व्यवस्था कार्यालय लुम्बिनी
मा आईतवार विहान १० बजे नै कार्यालय पुगेका राम बहादुर शाहीले लु.१ ज ३००७ नम्बरको आफ्नो जीपको राजश्व बुझाउन पाएनन् । शुक्रबार देखि नै  ईन्टरनेट सर्भरमा खराबी आएको भन्दै सेवा सञ्चालनमा  नआएको सेवा आईतबार कार्यालय समय आउँदा समेत बन्न सकेन् । दिउँसो २ बजे सम्म सर्भर ठिक होला र काम बन्ला भनेर आशा गरेका सेवाग्राहीहरु जस्तै साही पनि विना काम घर फर्के । विहान करिव १२ बजे मात्र कार्यालयले  सूचना टाँस  गरी सेवा बन्द भएको जानकारी दिएको सेवाग्राही साहीको भनाई छ । बुटवल यातायात समितिका कोषा्रध्यक्ष समेत रहेका शाहीले भने–‘आज मात्र होईन, यातायतामा पटक पटक यस्तो प्रकृतीको काम भैरहेकोछ, ईन्टरनेट विग्रीयो भन्दै सेवाग्राहीहरुमाथि खेलवाड गर्नुभएन नी ? ’
शनिवार कार्यालय बन्द हुने र आईतबार राजश्व बुझाउन, गाडी पास गर्नका लागि यातायात व्यवस्था कार्यालय(सवारी)मा आएका कुनै पनि सेवाग्राहीहरुले सर्भरमा खराबी आएको भन्दै राजश्व शाखा बन्द भएको कारण सेवा लिनबाट बञ्चित भए । ‘जनतालाई दुख  िदने बाहेक अन्य केही काम भएन, के विग्रीएको हो त्यो बनाएर या बैकल्पीक व्यवस्था गरेर भएपनि ता सेवा दिनुप¥यो नी जनताको कामको लागि सेवा गछौं भनेर बसेका कर्मचारीहरुले ।’–सेवा ग्राही शाहीले भने । 
आईतबार मात्र होईन उक्त कार्यालयमा यो महिनामा करिव ५ देखि ७ पटक सम्म यसरी  सर्भरमा आएको खरावीको कारण सेवा प्रभावित भएको  उक्त कार्यालयका एक कर्मचारी बताउछन् ।  सैनामैना नगरपालिका–९ दुधराक्षबाट मोटरसाईकल पास र राजश्व तिर्नका लागि आएका अर्का सेवा ग्राही पञ्चराम यादवले दिउसो १२ बजे सुचना टाँस गरेपछि मात्र काम नहुने थाहा पाए । उनी भन्छन्–‘पहिला थाहा भएको भा, आउने थिईन्, तर दिउसो मात्र थाहा, भयो, आज राजश्व नतिर्नेहो भने अव तिन दिन विदा छ, दण्ड झनै बढ्ने भयो ।’   सेवा ग्राही यादवले गुनासो गरे–‘आज काम भएन भनेर फर्काउछ, पछि पैसा तिर्न आउदा दण्ड, जरिमाना समेत लिन्छ, यो ता सरासार लापरवाही भयो । ’

शनिवार कार्यालय बन्द भएपछि आईतबार राजश्वको अन्तीम म्याद भएकाहरुले राजश्व तिर्न नपाउदा ट्राफिक प्रहरीले चेकिङ्ग गर्दा जरिमाना तिनाउने निश्चित छ भने लगातार विदा परेको कारण पनि सेवा ग्राहीहरुले तिर्ने जरिमाना अझ बढ्ने देखिएको छ । 
यता,  नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात  मन्त्रालय, यातायात व्यस्था विभाग यातायात व्यवस्था कार्यालय(सवारी) लुम्बिनीका शाखा अधिकृत दुर्गासिंह थापाले आफुहरु‘हली भएको’ र गाई र गोरु भएमा मात्र जोत्न सक्ने र गाई गोरु नभएकोमा जोत्न नसक्ने भन्दै कोड भाषा मार्फत  उम्कीए । कार्यालय समयमा प्रतिक्रिया लिन गएका संवाददातासंग उनले केन्द्रबाट सर्भरमा समस्या नआएमात्र आफुहरुले काम गर्न सक्ने र समस्या आएमा यसरी नै कार्यालय बन्द गर्ने गरेको बताए । उनले काठमाण्डौबाट सर्भरमा समस्या आएको हुन सक्ने  र यसको समाधानको पहल काठमाण्डौले मात्र गर्न सक्ने बताए । यस विषयमा आफुलाई विस्तृत जानकारी नभएको भन्दै उनले केन्द्रीय कार्यालय बागमतीले अन्यमा भन्दा बढि काम हुँदा यताको सर्भर डाउन गरेर उता प्रयोग गर्ने गरेको उनको दावि थियो ।’
कार्यालय प्रमुख देवीराम भण्डारी विरामी भएर दिउसो नै डेरामा गएको कर्मचारीहरुले बताएका थिए  । एक महिनामा पटक पटक यस्तो समस्या आएर सेवाग्राहीहरु मर्कामा पर्दा कार्यालय प्रमुख भण्डारीले कुनै चासो नदेखाएको सेवा ग्राहीहरुले गुनासो गरेका छन् । विलबुक नविकरण गर्न यातायता कार्यालय आउदा सर्भर समस्या भन्द कार्यालय बन्द गर्नु र सडक प्रयोग गर्दा कुनै दुर्घटना भएमा  विमा तथा अन्य कानुनी हिसावबाट समेत सवारीधानी मर्कामा पर्दा कस्ले हेर्ने भन्ने विषयमा केही सेवाग्राहीहरुले गुनासो पोखेका छन् । ‘विल बुक नविकरण  गर्न आउदा कार्यालयकै कारण राजश्व तिर्न नपाउनु अनी बाटोमा जाँदा ट्राफिकले राजश्व नतिरेको भन्दै  जरिमाना काट्छ, अझ तिन दिन विदा छ, कती जरिमानाको दर बढ्ने हो, यो विषयमा हामी जस्ता सेवा ग्राहीलाई कस्ले हेर्छ ।’–सेवाग्राही यावदले भने । 
यता, पत्र संख्या, चलानी नम्बर विना यातायात व्यस्था कार्यालय(सवारी)ले आईतबार दिउसो करिव १२ बजे टास गरेको ‘सेवा ग्राहीमा अनुरोध’ शिर्षकको सुचनामा ‘व्यवस्था विभागबाट नयाँ सर्भर डाटा टन्फर गर्ने कार्य भईरहेको कारण कार्यालयमा सञ्चालन हुने सरभरमा खराबी आएले कम्प्युटरबाट हुने सबै कार्य स्थगीत गरिएको छ ’भन्दै सूचना टास गरेको छ । स्मरण रहोस एक अमुर्त व्याक्तिको हस्ताक्षर रहेको उक्त सुचनमा कुन व्याक्ति, दर्जाको व्याक्तिले हस्ताक्षर गरि सूचना प्रकाशित गरेको हो भन्ने विषयमा कुनै पनि खुलाइएको छैन । 
..
तस्वीर विवरण
कार्यालयले सेवा बन्द भएको भन्दै टासेको सूचना (दायाँ), राजश्व शाखा दिउसै बन्द गरिएपछि सुनसान राजश्व काउन्टर (बायाँ) । तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै