सन्र्दभः५१ औं अन्र्तराष्ट्रिय विभेद विरुद्वको दिवस ...‘जो विभेदविरुद्व लडेर न्याय पाए’


कृष्ण खनाल
बुटवल, ७ चैत । 
बुटवल नगरपालिका–४ मैनाबगर  १८ बर्षिय स
बिता बिश्वकर्मा लाई अहिले कुनै विभेद छैन ।  श्रीमान्, सासु–ससुरा सहित बस्ने २०७१ बैशाख ३१ गते उनको जीवनमा एउटा घटना घट्यो । राती करिव ८ बजे धारामा पानी भर्दा जाँदा ‘कमिनी भएर पहिला पानी भर्न पाइन्छ भन्दै मैनावगर श्रीराम टोलकी बिष्णु क्षेत्री सहित उनकी दुई छोरीले सबितालाई कुटपिट गर्दा उनी बेहोस भइन् । सबिता बिश्वकर्मा गर्भबती पनि थिइन् । बेहोस भइसकेपछि तत्काल सबितालाई भैरहवा मेडिकल कलेजमा लगियो । यता प्रहरीलाई खबर गरी पिडितको सासु सहित दुइजना पिडकलाई एकरात भरी इलाका प्रहरी कार्यालयमा राखियो । अर्को दिन सामान्य कुटपिट भन्दै दुबै पक्षलाई तारेखमा छोडिएको थियो । 

उक्त घटना स्थानीय दलित अगुवा मार्फत आफुले थाहा पाएको समुदाय सहजकर्ता सुदिप पहाडीले घटनाबारे भन्छन्–‘पिडकको घम्कीका कारण पिडितले घटनालाइ बाहिर लैजान सकेका थिएनन्’ । पछि उत्त घटना सार्वजनिक भयो पिडकललाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अनुसार कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि छुवाछुत गरेवापत २५ हजार रुपैया जरिवाना गर्ने गरि सबै पक्षको रोहवरमा मिलापत्र गरियो । अहिले सवितालाई कुनै पनि भेदभाव छैन । 


उनी जस्तै रुपन्देहीको मानपकडी वाड नं. ३ मधुवनीकी  महिला  ६२ वर्षिय अनारी हरिजनले अहिने केही हद सम्म न्याय पाएकी छिन् । २०७१ असार ८ गते खोलामा वालुवा चालेर घर फर्कने क्रममा घर नजिकै रहेको सार्वजनिक धारा (हेण्ड पाईप) मा  हात खुट्टा धुन पुगेकी उनलाई स्थानिय फुला केवटलेशरिरमा पानीको छिटा प¥यो भन्दै “त दलित चमार यो धारामा पानी लिन नआ भन्दै अप शब्द प्रयोग गरेर अपहेलना गरिन् । यति मात्र होईन बिपत केवटले बासको लठ्ठी लिएर आमा छोरा मिलेर अनारीलाई मरणासन्ना सन्न हुने गरि कुटपिट गरे । स्थानियको सहयोगमा उनलाई एम्बुलेन्स बोलाएर हस्पिटल भर्ना गर्नु प¥यो । 

बिभिन्न संघसंस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जातिय भेदभाव कसुर सजाय ऐन २०६८ अनुसार मुद्धा दर्ता गरि मुदा अगाडि बढाईएको थियो  । 

जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायधिश बालचन्द्र शर्माको ईजलासले २०७१ मंसिर ९ गते जातिय छुवाछुत तथा बिभेदको मुद्धा लागेका मानमटेरीया ३ बस्ने फुला केवट र उनका छोरा बिपत केवललाई दावी बमोजिमको कसुर गरेको ठहर गर्दै जरिवाना र क्षतिपुति सुनाए ।  बिपतलाई ३ हजार र फुलालाई २ हजार जरिवाना सहित अनारि हरिजनलाई २५ हजार क्षतिपुर्तिको आदेश दिएको छ । केवटलाई अहिले कुनै भेदभाव छैन  । 
बुटवल–१३ देवीनगरका ज्वोति प्रसाद अर्याल मगर समुदायको  महिला विवाह गरेको भन्दै अपहेलित भए । वि.स.२०३५ सालमा सुस्माकुमारी पाडेमगरसंग विवाह गरेका उनी तत्कालिन स्या्ङ्जा जिल्लाको पिडीखोलाको सत्यशिला प्राविका प्रध्यानाध्यापक थिए । तिनबर्ष पहिलाको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

अहिले बुटवल–१३ टोल विकास संस्थाका अध्यक्ष समेत रहेका अर्याल भन्छन्–‘तत्काल मलाई घर परिवारमा स्वीकार गरिएन, म अपाध्यबाहुनको छोरो थिए त्यहि भएर होला ।’ स्थानिय नरोदया विद्यालयमा कक्षा ८ मा पढ्दै गरेकी सुस्मालाई अर्यालले विवाह गरेका थिए । वि.स.२०४२ सालमा बुटवल झरेका उनी बाल संरक्षण वडा नम्बर १३को अध्यक्ष समेत छन् भने जनजागरण आमा समुहकी अध्यक्ष उनीकी श्रीमती सुस्मा मगरअर्याल छिन् ।

उनी भन्छन्–‘अन्तरजातिय विवाह गरेकै कारण त्यतिबेला विभेद खेप्न बाध्य भए, अहिलेको जस्तो जमाना थिएन्, सारै दुख्ख पाएको थियो ।’ अहिले अर्याल ६३ बर्षका भए भने उनकी श्रीमती  ५५ बर्षकी भएकी छिन् ।  २ जना छोरा स्थानिय स्तरमा जागिर गर्दछन् भने छोरीको विवाह काठमाण्डौमा गरिदिएका छन् । उनी भन्छन्–‘अहिले सबै राम्रो छ, सरकारी जागिरमा पनि नाम निकालेपछि बल्ल घरमा भित्र्याएकाथिए, अहिले सबै राम्रो छ ।’

यहाँ उल्लेख गरिएका  घटना केही प्रतिनिधी घटना मात्र हुन  । मानिस २१ औं शताब्दीमा प्रवेश गरेको भएपनि विभेदका घटनाहरु अझै पनि रोकीएका छैनन् । दलित भएकै कारण  कोठा नपाउनु एउटा समस्याको विषय बनेको छ भने विभिन्न स्थानमा भेदभाव अझै रोकिएको छैन ।

दलित बर्ग उत्थान जिल्ला संमन्वय समितिका पुर्व जिल्ला उपाध्यक्ष पदमबहादुर विश्वकर्माले मानिसहरुमा जात भात गर्नुहुदैन भनेर मौखिक  प्रतिवद्वता गरेपनि अझै पनि व्यवहार तहपुर्णरुपमा छुवाछुत अन्त्य हुन नसकेको बताउँछन् । उनी भन्छन्–‘हामी आर्थिक, राजनीतिक र शैक्षिक रुपम सफल हुन्छौ त विभेद अन्त्य हुन सफल होला ।’

रुपन्देहीमा दलित आन्दोलनमा विगत लामो समय देखि सक्रियता देखाउदै आएका दलित जिल्ला संमन्व समितिका  पुर्व उपाध्यक्ष समेत रहेका नन्द बहादुर खडकाथोकी विश्वकर्माले पनि जातिय भेदभाव तथा छुवाछुत निवारण कसुर ऐन अनुसार कारवाहीको भागी हुनुपर्ने भएपनि अझै पनि समाजमा विभेदमा कमी नआएको बताउछन् । उनी भन्छन्–‘पहिला भन्दा केही  परिर्वतन आएको छ, अन्तरजातिय विवाहमा बढावा आउनुको साथै नयाँ पुस्तामा विभेदमा केहीकमी आएपनि अझै पुर्णरुपमा व्यवहारतःह कार्यान्वन हुन नसकेको बताउँछन् । 

यता, नेपाल सरकारका उपसचिव तथा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले जातको आधारमा छुवाछुत कसैले पनि गर्न नपाउने भन्दै यदि कसैले छुवाछुत गरेमा कारवाही हुने बताउछन् । उनले पछिल्लो समयमा अन्तरजातीय विवाह गरेका जोडीमा नागरिकता बनाउने सवालमा समस्याहरु देखा पर्ने गरेको बताउँदै आफुहरुले त्यस्ता समस्यामा सहयोगी भूमिका निर्वाह गरेको जानकारी दिए । 
यस्तै, 
बुटवल उपमहानगरका बरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले बुटवललाई मानवताको सहर बनाउने योजना अगाडी बढाइएको भन्दै छुवाछुतजन्य व्यवहारको अन्त्यका लागि उपमहानगरले सहभोजदेखि योजना निर्माणसम्ममा प्राथमिकता दिदै अगाडि बढेको बताउछन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि महेन्द्र खड्काले जातीय विभेद भयो भनेर उजुरी प्रहरीकोमा नआएको तर अन्तरजातीय विवाह भएपछिको समस्या आउने गरेको बताउछन् । उनी भन्छन्–‘कानुनमा कुनैपनि विभेद छैन, यदि कसैले विभेद गर्दछ भने कानुन बमोजिम कारवाहीको लागि हामी तयार छौं ।’

अधिवक्ता तथा राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव जानुका बोहोराले नेपालमा कानुन भएपनि कार्यान्वयन हुन नसकेको भन्दै अझै पनि दबाबको खाँचो रहेको बताउछिन् । उनी भन्छन्–‘विभेद गर्ने समुदायलाई पेलेर अगाडी बढाउनुपर्दछ, अनि मात्र विभेद अन्य हुन्छ ।’मुक्ति समाजका केन्द्रीय परिषद सदस्य एचबी रम्तेलले राजनितिक दलहरुले नै दलित समुदायलाई बालीघरे बनाएको भन्दै अब पार्टीभन्दा माथि उठेर राजनितिक दलहरु पनि सच्चिन जरुरी रहेका बताउछन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै