सुरक्षा गार्डमा महिला, ‘हामी पनि कम छैनौं ’

कृष्ण खनाल
बुटवल, १५ चैत । 
विगत ३ बर्ष देखि कान्ती उच्च माविमा महिला सेकुरेटी गार्डको रुपमा कार्यरत रहेकी विमला पन्थीको दिनचर्या विहान ५ बजेबाट नै सुरु हुन्छ । विहान  विद्यालय खोल्यो, विद्यार्थी, शिक्षक शिक्षिकाको आगमनमा निगरानी गर्नुको साथै विद्यालय सुरु भएको पहिलो
घण्टी पनि पन्थी आफै बजाउँछिन् । विहान ६ बजे देखि १० बजे सम्म प्रविणता प्रमाणपत्र तहमा अध्ययन गर्ने विद्यार्थीहरुको निगरानी, उनीहरुलाई आवश्यक सहयोग गर्दै उनी दिउसो १० बजे पछि शिसु कक्षा देखि देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई आवश्यक सहयोग र प्रत्येक घण्टाको समय सुचक संकेत दिदैमा उनको दिन वित्ने गर्दछन् ।
आफ्नो पेशाबाट सन्तुष्ट पन्थिी  सबैको सहयोगले सन्तोष  मिलेको बताउछिन् । विद्यालयले गार्डको रुपमा नियुत्ती गरेको र सोही अनुसारको भुमिका निर्वाह गर्दै आएको उनको भनाई रहेको छ । गुल्मी जिल्लाको वाग्ला गाविस घर भएकी पन्थीले विहान ५ बजे देखि साझ ८ बजे सम्म ड्युटीमा खटिनुपर्दछ । उनी भन्छन्–‘काम गर्न अफ्ठारो ता छैन, तर धेरै समय खटीनुपरेको छ ।’ खाजा नास्ता सहित मासिक रुपमा ९ हजार तलब पाउदै गरेकी उनले उनका श्रीमान् पनि सोही विद्यालयको हास्टेलमा परिचरको काम गर्दछन् । २ छोरा, १ छोरी रहेका पन्थीले मात्र कक्षा ३ पास गरेकी छिन् । उनी भन्छन्–‘काम गर्नेलाई जे कुरा पनि ग्राह्रो छैन, काम नगर्नेहरुको लागि मात्र केही अफ्ठारो हो ।’ विद्यालय, प्रशासन, विद्यार्थी र घर परिवारको राम्रो सहयोग पाएको कारण पनि आफुलाई कुनै अफ्ठारो नभएको उनी बताउँछिन् । 

विगत ३ बर्ष देखि बुटवलको लुम्बिनी नसिङ्ग होममा   सेकुरेटी गार्डको रुपमा कार्यरत रहेकी  मिना थाप पनि महिला सेकुरटी  गार्ड हुन ।  व्यवसायीक सीप विकास तालिम केन्द्र बुटवल रामनगरमबाट सिटीईभिटी अन्र्तगतको तालिम लिएर सेकुरेटी क्षेत्रमा लागेको बताउने उनी यो क्षेत्रमा लागेको करिव ४ बर्ष पुरा भयो । 
केही समय पहिला  सिंह कम्लेक्समा काम गरेकी उनी तिन बर्ष देखि नसिङ्ग होममा सेकुरेटी गार्डको रुपमा कार्यरत रहेकी छिन् । उनी भन्छन्–‘चुनौति छ, तर के गर्ने  मामको लागि काम गर्नुप¥यो नी ।’
गौतम बुद्ध सेकुरेटी कम्पनी मार्फत नसिङ्गहोममा कार्यरत रहेकी उनले समाजमा अझै पनि महिलाहरु सुरक्षा जस्तो सम्बेदनशिल क्षेत्रमा काम गर्दछ् भन्ने  धारणाको विकास नभएको बताउछिन् । बुटवल–१० सुख्खानगरमा घर भएकी उनी  दिउसो २ बजे देखि राती ८ बजे सम्म डु्युटीमा खटिने गरेको बताउछिन् । पाकिङ्ग व्यवस्थापन देखि लिएर विरामी र तिनका आफन्तहअरुलाई मार्ग निर्देशन गर्ने काममा उनको  ड्युटी व्यतित हुने गरेको छ । विरामी र विरामीका आफन्तहरुलाई के, कहाँ, कसरी? भन्ने विषयमा जानकारी दिदैमा आफ्नो ड्युटी पुरा हुने उनी बताउँछीन् ।
त्यस्तै, बुटवल–१२ रामनगर स्थायि घर भएकी रिमा नेपालीको दिनचर्या विहान साढे ५ बजेबाट नै सुरु हुन्छ । २२ बर्षिय नेपालीको दैनिक विहान साढे ५ बजे सेकुरेटी गार्डको पोशाक लगायो, अनी काममा खटियो,दिनभर विद्यालयमा आउने सामानहरुको विवरण ‘ईन्ट्री पुस्तीका’मा चढायो, विद्यालयबाट मर्मत संहारको लागि जाने सामानहरुको विवरण पनि सोही अनुसार चढायो, अनी कोही आगन्तुक आएमा विद्यालयको गेट खोल्ने, लगाउने देखि लिएर विद्यार्थीहरुलाई समेत ‘गाईड’ गर्ने उनको काम हो । यति मात्र होईन अव्यवस्थीति रुपमा राखिएका सवारी साधनहरु पाकिङ्गमा मिलाएर राख्नुको अलवा कोही नया आगन्तुक आएमा सम्बन्धीत कामको लागि सहजीकरण गर्ने सम्मको काम उनको दैनिकीमा पर्दछ ।  
पढाई प्रति ईच्छा हुदा हुदै पनि कक्षा ९ सम्म पढेर अन्य पढाई पुरा  गर्न नपाएकी नेपाली अहिले बुटवल–१० सुख्खानगरमा रहेको दिप बोर्डिङ्ग उच्च माविमा सेकुरेटी गार्डको रुपमा आफुलाई उभ्याएकी छिन् । आज भन्दा करिव २ बर्ष पहिला विद्यालयले खोलेको विज्ञापनको आधारमा उक्त उच्च माविमा आएकी उनलाई विद्यालयले अन्य भन्दा अब्बल ठानेर  जागिर दिएको थियो । उनी भन्छन्–‘सेकुरेटी गार्डको काममा चुनैति छ, कहिलेकाही महिला भएको कारण हो, वाहिरी नजर फरक पाउछु ।’ विहान साढे ५ बजे देखि  साझ ६ बजे सम्म उनको दैनिक उक्त उच्च माविमा वित्ने गर्दछ । 
मानवज्ञान उच्च माविमा कक्षा ९ मा पढ्दै गर्दा सुरक्षा सम्बन्धी तालिम लिएकी उनी महिला प्रहरीको लागि समेत आवेदन दिएर सबै प्रक्रिया पुरा भएपनि उनको नाम निस्कीएन । उनी भन्छन्–‘हिम्मत नहारेर यो क्षेत्रमा काम गर्छु भन्ने अठोट लाग्यो र यस क्षेत्रमा आए ।’
विद्यालयमा शिक्षक शिक्षिका तथा प्रशासनक्षेत्रबाट राम्रो सहयोग पाएको  भन्दै उनले महिला भएर सुरक्षा क्षेत्रमा लाग्नुहुदैन भन्ने समाजको भनाईलाई चिर्नको लागि पनि यो पेशामा लागेको उनको भनाई छ ।  ‘महिलाहरु सुरक्षा जस्तो संबेदशिल क्षेत्रमा लाग्नुहुदैन भन्ने धारणा अझै पनि छ, तर त्यसो होईन, अवसर पाएमा महिलाहरु पनि अगाडी बढ्न सक्छन्’ – उनले भनिन् । 
नेपाली जस्तै अर्की महिला सुरक्षा सेकुरेटी गार्ड हुन जमुना श्रीस् । बुटवल–१० सुख्खानगरमा बस्दै आएकी श्रीस  विगत २ बर्ष देखि  मेघा बैंक लिमिटेड बुटवल शाखामा कार्यरत रहेकी छिन् ।  सेकुरेटी पोशामा ‘डिडक्टर’(सुरक्षा जाँच मेसिन) समायोअनी कार्यक्षेत्रमा खटियो उनको दैनिक यसरी नै वित्ने गर्दछ । मानविकी संकायमा स्नातक तह उत्र्तीण गरेकी  श्रीस ले बैंकमा आउने ग्राहक तथा पाहुनाहरुलाई गेटमा चेक जाँज गर्छिन अनी ग्राकहरुरुलाई के कामको लागि हो  सोही काममा मार्ग निर्दिेश गर्दछन् । 
३७ बर्षिय  जमुना पढेलेखेका मान्छेहरु सेकुरेटी क्षेत्रमा लाग्नुहुन्न भन्ने मानसिकता अझै पनि समाज रहेको भन्दै यस्यो मान्तयतालाई चिर्नको लागि पनि आफु यो क्षेत्रमा लागेको उनी बताउछन् ।  विहान ९ः३० बजे देखि साझ ५ः३० बजे सम्म ड्युटी गर्ने उनी सेकुरेटी क्षेत्रमा लागेको करिव ७ बर्ष भयो । मेघा बैंकमा गरुण सेकुरेटी कम्पनीमार्फत आएकी उनी पहिलो पटक गरुणमा आवेदन दिदा १ सय ५० जना महिलाहरु आवेदन दिएका भएपनि उनी  एक मात्र छनोटमा परेकी थिईन् । 
 ‘चुनौतिपुर्ण काम केटा मान्छेले मात्र गर्नुपर्दछ भन्ने मान्यता अझै पनि समाज छ, तर हामी महिलाहरु पनि केही कमी छैनौं ’ उनी भन्छिन्  । पढेलेखेका मान्छेहरुले सेकुरेटी गार्डमा महिलाहरु  बसेको देखेर खासै कुरा नकाट्ने तर महिलाहरु पनि सेकुरेटी हुन्छन् भन्ने ज्ञान नभएका मान्छेहरुले अचम्म मान्ने गरेको उनको भनाई छ । 
सेकुरेटी गार्ड उच्च चुनौतीपुर्ण रहेको भन्दै उनले यस्तो काममा महिलाहरु आउनु आफैमा चुनौतिपुर्ण भएको बताउछन् । बैदेशिक रोजगारमा रहेका श्रीमान् भिम तरामुको राम्रो  सहयोगपाएको कारण पनि यस क्षेत्रमा लाग्न हौसाला मिलेको उनको भनाई रहेको छ । 
वि.स.२०५५ सालमा प्रहरी जवानमा आवेदन दिएर सबै उत्र्तीण भएपनि अन्तमी चरणमा अन्तरवार्तामा  फालिदिएको कारण नेपाल प्रहरीमा सेवा गर्न नपाएको उनको तितो  यथार्थ छ । 
उनी भन्छन्–‘प्रहरी जवानको लागि आवेदन दिएर लिखित, फिजीकल सबै पास गरेकी थिए तर अन्तमीनमा नामा निस्कीएन, जहा पनि घुस खुवाउनुपर्ने त्यै भएर होला ।’ नेपाल प्रहरीमा नामा ननिस्केपनि सुरक्षा  क्षेत्रम  काम गर्ने  भित्री ईच्छाको कारण संघर्षरत रहेको भन्दै उनी भन्छन् –‘जहा संघर्ष त्यहा सफल भईन्छ ।’ 
मानविकी संकायमा नेपाली विषयमा स्नातक तह उत्र्तीण गरेकी श्रीसले विभिन्न सहकारीमा हिसाव किताब गर्ने काम समेत  गर्दै आएकी छिन् ।  ‘पार्ट टाईम’को रुपमा काम गर्दै आएकी छु । उनी भन्छीन्–‘करिव ४÷५ बर्ष सम्म अभियान कृषि सहकारी संस्थामा समेत काम गरे , अहिले पनि केही सहकारी संस्थाहरुमा हिसाव कितावको काम हेर्दै आएको छु ।’ कुनै पनि काम सानो वा ठुलो नहुने भन्दै श्रीसले जस्तो सुकै क्षेत्रमा पनि काम गर्न महिला पछि पर्न नहुने बताउछीन् । 
बुटवलमा शाखा काार्यालय रहेको गण्डकी विकास बैंकमा विगत १९ महिना देखि सेकुरेटी गार्डको रुपमा काम गर्दै आएकी ललिता छन्त्याल आफ्नो पेशाबाट सन्तुष्ट छिन् । महिलाकर्मचारीहरुले चलाएको बैंको शाखामा काम गर्न पाउदा अलि सहज भएको उनको अनुभव रहेको छ । बाग्लुङ्ग जिल्लाको गलकोट स्थायी घर भई अहिले बुटवलमा बस्दै आएकी छन्त्याल महिलाहरु पनि यो पेशामा काम गर्न सक्षम छन् भन्ने हेतुले आफु सेकुरेटी गार्डमा लागेको बताउछिन् । विगत ७ बर्ष देखि विभिन्न बैंकहरुमा सेकुरेटी महिला गार्डको रुपमा काम गरेकी छन्त्याल पहिला मकालु सेकुरेटी सर्भिस र अहिले हिमालयन सेकुरेटीसर्भिस बाट बैंकमा जागिर खाएकी हुन । श्र्रीमान् टिका काउचाको हौसलाको कारण पनि काममा सहज भएको उनको भनाई छ । महिला सेकुरेटी गार्डहरुलाई हेर्ने दृष्टिकोणमा अझै परिर्वतन आउन नसकेको उनको भनाई छ । उनी भन्छन्–‘यि महिलाहरु हुन, चौकीदार हुन, पाल हुन भन्ने मानसिकता अझै पनि समाजमा छ, ताकी हामी एउटा पेशामा छौ ।’ उनले महिला सेकुरेटी लगायत अन्यलाई पनि हेर्ने दृष्टिकोणमा परिर्वतन नआएको बताउछिन् । महिलाहरु पनि सेकुरेटी गार्डमा काम गर्न स्रक्छन् उनीहरुमा पनि त्यो क्षमता छ भन्ने विषयमा अझै समाजले बुझ्न नसकेको उनको भनार्ई छ । कहिलेकाही यस्तै बाक्वंशको कारण मन दुख्ने  गरेको उनले संवाददातालाई बताईन् । विहान ९ बजे देखि साझ ५ बजे सम्म हातमॉस्कानर’ लिएर आगन्तुकहरुलाई चेक जाँज गरी बैंक भित्र प्रवेश गराउने र आवश्यक जानकारी समेत दिदै आएकी उनको तलब मासिक ८ हजार रुपैयाँ मात्र छ । 
केन्द्रिय कार्यालय काठमाण्डौमा रहेको गरुण सेकुरेटी सर्भिसेज बुटवलका ड्युटी अफिसर दधिराम मरासेनीका अनुसार पछिल्लो समयमा महिलाहरुको आर्कषण सेकुरेटी क्षेत्रमा बढ्दै गएको छ । केन्द्रिय कार्यालयमा तालिम प्रदान गरेपछि काम मा खटाउने गरेको छ । काठमाण्डौमा निश्चित मापदण्डमा तालिम प्रदान गरेपछि प्रमाण पत्र दिने र कन्ट्याक्टमा रहेका सेकुरेटीहरुलाई कतैबाट माग आएमा आपुर्ती प्रदान गर्र्दै आएको जानकारी दिए । देशभरमा सेकुरेटी गार्डहरुको व्यवस्थापन मिलाउदै आएको  गरुण सेकुरेटी सर्भेसेजले यस क्षेत्रम शाखाकार्यालय समेत विस्तार गरेको छ । उक्त सेकुरेटी कम्पनीबाट अहिले बैंक अफ काठमाण्डौ र मेघा बैंक लिमिटेडमा महिला सेकुरेटी गार्डहरु कार्यारत रहेका छन् । केन्द्रिय कार्यालयमा तयारी अवस्थामा  सेकुरेटीहरु रहने र शाखा कार्यालयमा डिमाण्ड आएपछि एक हप्ताको तालिम प्रदान गरेर डिमाण्ड आपुर्ती गर्दे आएको उनको भनाई रहेको छ । 
कुनै पनि संघ संस्था तथा कार्यालयमा आउने सम्पूर्ण व्याक्तिहरुको पहिलो जम्काभेट सेकुरेटी गार्ड संग हुन्छ । उनीहरुले गर्ने सेवा र सत्कारकै कारण कतिपय कम्पनी , संघ संस्थमा आउने आगन्तुकहरुले आत्मीयताको आभाष पाउँछन् । संस्थाको ख्याती वृद्धि गर्नको लागि सेकुरेटी गार्डहरुको भुमिका पहिलो चरणमा रहेको छ । तर पनि विभिन्न संघ सस्था, कार्यालय, कम्पनीहरुमा कार्यरत सेकुरेटी गार्डहरुले अझै पनि सम्मान पाउन सकेका छैन । अझै झनै महिला सेकुरेटी गार्डहरुलाई त समाज अझै चुनौति खडा भएको छ । महिला भएर पनि चुनौतिको पेशामा हात हालेका केही प्रतिनिधि महिलाहरुबाट यो समाजले महिला पनि सक्षम छन् उनीहरुको पनि सम्मानजन उपस्थिीति हुनुपर्दछ भन्ने कुरामा ख्याल राख्नुपर्ने बेला आएको छ । 
तस्वीर विवरण 
१– विमला पन्थी
सेकुरेटी गार्ड, कान्ति उमावि बुटवल । 
ण्ण्ण्ण्ण्
२) मिना थापा
सेकुरेटी गार्ड, लुम्बिनी नसिङ्ग होम

ण्ण्ण्ण्ण्ण्ण्
३) रिमा नेपाली
सेकुरेटी गार्ड, दिप बोर्डिङ्ग उमावि, बुटवल 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

४) जमुना श्रीस
सेकुरेटी गार्ड, मेघा बैंक शाखा, बुटवल 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
५) ललिता छन्त्याल
सेकुरेटी गार्ड, गण्डकी विकास बैंक शाखा बुटवल
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै