ल्यडफिल्ड साइड ‘व्यवस्थिती कम्पोष्ट मल उद्योग’


कृष्ण खनाल
बुटवल, २० फागुन । 

बुटवल उपमहानगर पालिकाको महत्वकाक्षि योजनाको रुपमा रहेको ल्यडफिल्ड सार्ईट(फोहर मैला प्रसोधन केन्द्र)लाई व्यवस्थीत कम्पोष्ट मल उद्योगको रुपमा विकास गरिने गरी कार्य अगाडी बढाइएको छ । बुटवल उपमहानर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले ड्रिम पोजेक्टको रुपमा रहेको यो आयोजनालाई व्यवसायीक रुपमा कम्पोष्ट मल उत्पादन गर्ने उद्योगको रुपमा विकास गर्न लागिएको जानकारी दिए । नेपाल सरकार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगतको शहर एकिकृत शहरी वातावरण सुधार परियोजना अन्र्तगत एशियाल विकास बैंको ऋण स्रम्झौतामा उक्त योजना अगाडी बढाइएको हो । बुटवल–९ शिवनगरको सामुदायिक वन भनभने खेलाको दाया किनारामा ८.८४ हेक्टर जमिनमा फोहर प्रसोधन केन्द्र निर्माण गरिदै छ । जसको लागि २.६ हेक्टर क्षेत्रफल ओगट्ने प्रसोधन केन्द्रको क्षमता ११३५६४.६ घनमिटर रहेको बुटवल उपमहानर पालिकाले जनाएको छ । 
सन् २००१६ बाट सुरु हुने परियोजनाको लागि बुटवल उपमहानरपालिकाले दैनिक रुपमा संकलन गर्ने फोहरलाइ भिन्दा भिन्दै  रङ्गको भाडामा संकलन गरी सानो गाडी मार्फत फोहर प्रसोधन केन्द्रमा लैजाने व्यवस्था गरिएको छ । भौतिक संरचना र ल्याडफिल्ड साइडको लागि  कुल ३७७५९९०२०.७२ लागत रकम छुटइएको छ । यसरी निर्माण गरिएको ल्यडफिल्ड साईड ११.८ बर्ष सम्म हुने उपमहानगरपालिकाले जनाएको छ । 
स्थानिय समुदाय देखि टाढा भएको कारण जनस्वाथ्यमा यसले कुनै पनि प्रकारको असर नपार्ने गरी स्टेमेट डिजाईन गरिएको बुटवल उपमहनगर पालिकाले जनाएको छ । फोहोर प्रसोधन केन्द्रमा १०० जनलाई रोजगारीको समेत व्यवस्था हुने जनाइएको छ ।  उक्त साईट निर्माणको लागि १ करोड २३ लाख १५ हजार ६ सय ९० रुपैयाँ लागत  स्टेमेट गरिएको छ । वातावरणीय प्रभाव नपर्ने गरी निर्माण गर्न लागिएको उक्त परियोजनाको केही समय पहिला स्थानियहरुले विरोध समेत गरेका थिए ।  तर नगरपालिकाले सहरी  वातावरण देखि १ किलोमिटर ८० मिटर टाढा रहेको कारण यसले कुनै पनि असर नपर्ने बताए । गन्धरहित दिगोरुपमा ल्यडफिल्ड साईट निर्माण गर्न लागिएको  नगरपालिकाले जनाएको छ । 

बुटवलमा हाल दैनिक ५३ टन फोहर उत्सर्जन हुने र बनाउन लागिएको प्रशोधन केन्द्रको क्षमता ७० टन छ । जहाँ १५ बर्षभन्दा बढी समयलाई व्यवस्थापन गर्न कुनै कठिनाई नहुने उपमहनागर पालिकाको दाबी छ । संकलित फोहरमध्ये ६४ प्रतिशत कम्पोष्ट प्लान्टमा जाने तथा २८ प्रतिसत पुनः प्रयोग हुनेछ । आयोजनाका प्राविधिक बिषयमा परियोजनाका परामर्शदाताका टिम लिडर केदारमान श्रेष्ठले फोहोर प्रसोधन केन्द्रको काम शुरु भएको जानकारी दिएका छन । 
ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै