बाँजो जमिनमा बहुमुल्य बनस्पती खेती गर्दै कुँवर


भविश्यमा ‘बोटानिकल गार्डेन’ बनाउने योजना 
कृष्ण खनाल
बुटवल, १४ चैत ।


 गत माघमहिनामा बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा कृषि मेला लागिरहेको थियो । पाल्पाको  खस्यौली गाविस–३ का ४० बर्षिय  युवा मेजरजंग कुँबर कृषि मेला अवलोकनको लागि पुगे । मेलामा राखिएको बहुमुल्य बनस्पतीमा उनको ध्यान गयो । बुटवल–१४ बेलबासमा कार्यालय रहेको ग्रीन एन्जल एग्रो एण्ड रिसर्च सेन्टरले राखेको स्टलमा उनको ध्यान अडियो । यस क्षेत्रमा पहिलो पटक बहुमुल्य बनस्पतीको विरुवा उक्त स्टलमा राखिएको थियो । उनी भन्छन्–‘मेलामा गएर बहुमुल्य बनस्पतीको विषयमा बुझ्ने मौका पाए ।’ तत्काल मेलामा उनी ग्रीन एन्जल एग्रो  एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक हरि गैरेबाट परामर्स लिए । अहिले तिनै ४० बर्षीय युवा मेजरजंग कुँवरले अहिले आफ्नो जन्मथलो पाल्पाको खस्यौली गाविस–३ हार्थोकमा व्यवसायिक रुपमा बहुमुल्य बनस्पती खेती सुरु गरेका छन् । उनी भन्छन्–‘नेपालमै बहुमुल्य बनस्पतीको खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा थाहा पाएपछि अहिले आफ्नै बारीमा विरुवा रोपेको हुँ ।’ आईतबार जन्मस्थान खस्यौली–३ हार्थोकमा भेटिएका कुँवरले भने–‘हामी सबै जना गाउ छाडेर जाने हो भने गाउको हेरचाहा कस्ले गर्ने त्यहि भएर अहिले यस क्षेत्रमा पहिलो पटक बहुमुल्य बनस्पतीहरु रोपेको हुँ ।’

केही समय पहिला देखि बाँजो रहेको बारीलाई खनजोत गरी उनले बोधिचित्त (बौद्धधर्माबलम्बीहरुले मालाको रुपमा प्रयोग गर्ने), श्रीखण्ड्, अगरउड, रक्त चन्दन, केशर, रुद्राक्ष, मेकाडोमेन नामका बहुमुल्य बनस्पती रोपेका छन् ।  ग्रीन एन्जल एग्रो फर्म एण्ड रिसर्च सेन्टरबाट विरुवाहरु लगेर उनले रापेको करिव १ महिना पुग्न थालेको छ । करिव १ लाख लागानीमा उनले ति बहुमुल्य  बनस्पती विरुवाहरु रापेका हुन । अहिले उनले बोधिचित्त १ सय वटा, श्रीखण्ड २० वटा, अगरउड ५ वटा, रक्तचन्दन १ वटा, रुदाक्ष ३ वटा, केशर १ वटा र  मेकाडोमेन २ वटा विरुवा रोपेका छन् । यसरी रोपेका बहुमुल्य बनस्पतीले विरुवा रोपेको २ देखि ३ बर्षमा बोधिचित्तले फलदिन थाल्ने उनको भनाई रहेको छ । 
बनस्पतीको हेरचाहको लागि उनका बुबा छविलाल कुँवर र आमा तुलसादेवी कुँवरले सहयोग गरेका छन् भने अन्य काम आफै गर्दै आएको मेजरजंग कुबँरको भनाई रहेको छ । भविश्यमा बोटानिकल गार्डेनको रुपमा नेपालमा लोपहुन लागेका विभिन्न प्रकृतिका जडीबुडीहरु उत्पादन गरी रिसर्च सेन्टरको रुपमा समेत विकास गर्ने उदेश्य अनुरुप योजना अगाडी बढाएको उनको भनाई रहेको छ । अहिले ३ रोपनी क्षेत्रफलमा उनले बहुमुल्य बनस्पती रापेका छन् । जस्लाई विस्तार गर्ने योजना उनको रहेको छ । उनी भन्छन्–‘भविश्यमा कृषि अनुसन्धानको लागि यहा आउनुपर्ने गरी बोडानिकल गार्डेन तथा एग्रो रिसर्च सेन्टरको रुपमा विकास गर्ने योजना रहेको छ ।’ कृषि अध्यायन गर्ने विद्यार्थीहरुको लागि अध्ययन केन्द्रको रुपमा समेत विकसा गर्ने योजना अगाडी बढाइएको भन्दै उनले भने–‘विद्यार्थी तथा अन्य कृषि क्षेत्रका सम्बन्धीत व्यक्तिहरुको लागि अध्ययन केन्द्रको रुपमा विकास गर्ने गरि दिर्घकालिन योजना अगाडी बढाएको छु ।’  यातायात व्यवसायीको रुपमा रहेका उनका अहिले २ वटा बस सञ्चालनमा छन् । कृषि क्षेत्रको लागि युवाहरु नलागेमा कृषिको विकास नहुने भन्दै उनले युवाहरुले गाउँको विकासका लागि केही गर्नुेपर्ने बताउछन् । ‘युवाजनशक्तिजती सबै सहर र विदेश पस्नेहो भने गाउको विकास  कस्ले गर्ने ?’ उनले प्रश्न गरे । कसैको पेरेणा भन्दा पनि भित्री मनदेखि नै कृषि क्षेत्रमा केही गर्नुपर्दछ भन्ने धारणा विकास गरी लागेको उनको भनाई छ । अहिले  विरुवा रोपीएको स्थान देखि केही माथी माउन्टेन भ्यु टावर स्थापना गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको र यसको लागि पर्यटन बोड संग सहकार्य गर्ने योजना अगाडी बढाएका छन् । 
विगत लामो समय देखि उनलेको बगैचामा १ सय भन्दा बढि  बोट सुन्तला रहेका छन् । भने नास्पातीमा हरियो, खैरो र सेतो प्रजातीका रहेका छन् । यस्तै अनार, लिची, ओखर, अमिलो, कागती, मेवा लगायतका सबै प्रजातिका फलफुल रापेका छन् । उनले नयाँ अवधारण समेत अगाडी बढाएका छन् । यदि कसैको बच्चा जन्मीयो भने उसको नाममा दुई÷चार वटा बहुमुल्य बनस्पती रोप्न सकियो भने उसले प्रवेशिका पछिको उच्च शिक्षाको लागि आर्थिक अभावमा कोही पनि भौतिारिन नपर्ने उनको धारणा छ । भविश्यमा ओलिभ खेती र अलैची खेती समेत सुरु गर्ने योजना अगाडी बढाएका छन् । लोप हुन लागेका बनस्पतीहरु हुर्काउने योजना उनको रहेको छ  । स्नातक स्तरको अध्ययन पुरा गरेका उनले बार्षिक ५०÷६० हजार रुपैया बराबरको सुन्तला बेच्दै आएका छन् । बजार समस्याको विषयमा उनी भन्छन् –‘उत्पादन गर्नुप¥यो बजारको कुनै समस्या छैन । बोधिचित्त फलको बजार मुल्य एक दानको देखि १ सय देखि ४ लाख रुपैया पर्दछ । जसको आकार र प्रकारमा भर पर्दछ भने श्रीखण्डको   एक चुरोको मुल्य १२ हजार रुपैया पर्दछ । गाउ छाडेर बाहिर बजारमा गएर बस्ने व्याक्तिहरुलाई उनको सुझाव केही प्रतिशत मात्र भएपनि  गाउको लागि लगानी गर्नुुपर्ने भन्छन् । गाउमा कामदारको अभाव रहेको भन्दै सहरबाट गाउलाई मायाँ गर्ने परिपाटीको विकास गर्नुपर्ने उनको थप सुझाव छ 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै